Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 18, 2015

मातातीर्थमा मातालाई सम्मान

   
सुरुङ्गा (झापा) ५ वैशाख ।  शुक्रवार साँझदेखि नै परेको सिमसिम पानी । पानीसंगै पश्चमवाट चलेको  हावा । लगाताको सिरेटो । बैशाखको सुरुवातसंगै गर्मी बढेपनि हावासंगै आएको पानीले जो कोहीको मन नै शनिवार लुगलुग कमाएको छ झापामा । तर, झापाको शिवशताक्षी नगरपालिका अन्र्तगत पर्ने दुधेका जेष्ठ नागरिकलाई भने त्यो सिरेटोले छोएन ।
 उमेर ढल्कदै जाँदा अलिअलि जाडोमा पनि न्यानो कपडा लगाउनु, आगो ताप्नु, तातो खानेकुरा खानुपर्नेमा शनिवारको लुगलुग कमाउने जाडोपनि  दुधेकी ९२ वर्षीया सलमाया आङ्देम्वेसहित ७५ वर्ष माथिमा जेष्ठ माताका लागि त्यो सामान्य दिन झैं थियो ।
कारण थियो दुधे बजारमा रहेको हाटखोला  आयोजित सम्मान समारोह । जेष्ठ नगरिक ‘जिउँदा तीर्थ’ हुन भन्दै माता तीर्थ औंसीको अवसर पारेर आङ्देव्वेसहित ५ जना ज्येष्ठ मातालार्ई जेष्ठ नागरिक नगर समिति शिवसताक्षीले सम्मान गरेको थियो ।

 यसरी सम्मानित हुनेहरुमा ८६ वर्षीया  टंकमाया गुरागाँईं, ८८ वर्षीया विष्णुमाया भण्डारी, ८५ वर्षीया मनमाया भण्डारी र ७५ वर्षीया जानुका थापा रहनुभएको छ । उहाहरुलाई मिठा मिठा परिकार खुवाउँदै दोसल्ला र फूलमाया पहि¥याई सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिक समनन्वय समितिका  उपाध्यक्ष तथा पूर्व संसद तारा समयाङयाले सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।  कार्यक्रममा महिला अधिकारकर्मी झुमा गुराँगाईं सन्तोषकुमार मैनाली, दिनानाथ गौतम, कपिलमुनी शिवाकोटी, शेरबहादुर मोक्तान, प्रेमप्रसाद ढकाल, यामबहादुर खड्का, दधीराम खनाल लगायतले ज्येष्ठ नागरिक नगर समितिले उदाहरणीय कार्य गरेको भन्दै  प्रशंसा व्यक्त गरेका थिए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।