Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 25, 2015

मोरङ फुटबल क्लवलाई पछि पार्दै झापा ११ पुनः शीर्ष स्थानमा


सुरुङ्गा (झापा)१२ वैशाख ।  झापाको डोमालाल राजबंशी रंगशालामा भइरहेको राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको  खेलमा झापा ११  विजयी बन्दै प्रतियोगिताको पुनः शीर्ष स्थानमा उक्लिएको  छ ।
घरेलु मैदानमा भएको प्रतियोगितामा मोरङ फुटबल क्लवलाई ५– १ को फराकिलो गोल अन्र्तरलेपछि पार्दै झापा ११ पुनः शीर्ष स्थानमा उक्लिएको हो ।  विजयी टिमका लागि जर्सी नम्वर १२ का दिनेश कार्की र योगेश लिम्बूले २÷२ गोल गरेका थिए  भने कर्ण लिम्वूले एक गोल गर्दै खेललाई पुनः शीर्ष स्थानमा पु¥याए ।

  
उता मोरङका टेकवहादुर लिम्बूले खेल शुरु भएको २५ औं मिनेटमा पहिलो गोल गरेपनि अर्काे गोल गर्न नसक्दा मोरङ फुटवल क्लव एक गोलमा नै सिमित बन्न पुग्यो । लिगमा झापा ११ र मोरङ  फूटवल क्लव पहिलो पटक आमने सामने भएका थिए ।
१३ अंकका साथ दोस्रो स्थानमा रहेको झापा ११ विजयी भएसंगै अहिले १६  अंकका साथ शीर्ष स्थानमा पुगेको हो ।  यता मोरङ ४ अंकका साथ आठौं स्थानमा सिमित बनेको छ ।
गत फागुन ९ गते सशस्त्र प्रहरी बल एपीएफले झापा ११ लाई १ – ० को गोल अन्तरले  पराजित गर्दै शीर्ष स्थानमा पुगेको थियो । झापा ११ लाई हराउदै विजयी बनेको  एपीएफ अहिले  १४ अंकमा सिमित बनेको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।