Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, April 28, 2015

भुकम्प जाँदा जसको शल्यक्रिया हुँदै थियो..............


सुरुङ्गा (झापा) १५ वैशाख  ।  श्रीमान साउथ कोरियामा हुनुहुन्छ ।  छुट्टीमा घर आउनु भएको थियो, गएको आठ महिना मात्रै हुँदैछ । हाम्रो पटक –पटक टेलिफोन सम्पर्क भइरहेको थियो । वैशाख ९ गतेको डाक्टरले मलाई बच्चा जन्मने डेट दिएको थियो । ९ गते मलाई व्यथा लाग्ने छाट काट नै थिएन । म श्रीमानको सम्र्पकमा नै थिए । १२ गते विहान सम्मपनि मलाई सुत्केरी व्यथा नलागेपछि अस्पताल आउने तयारी गर्दै थिए । दिउसो अच्चानक भुकम्प आयो मेरो त होसहवास नै उड्यो । बाँच्छु जस्तो लागेकै थिएन ।
यो भनाई हो दक्षिणी झापाको  पथरीया – ९ निवासी २२ वर्षीया रमला लिम्बूको । लिम्बू अहिले मनमोहन अस्पताल बिर्तामोडमा छिन् । उनको सोमवार शल्यक्रिया गरेर बच्चा (छोरी) निकालिएको छ । भुकम्पले अतालिएकी उनको शल्यक्रिया गर्दा पनि भुकम्पनै गएको थियो ।

उनको शल्यक्रिया गरेर म निस्किदै थिए भुकम्प गयो सबैको भागदौड मच्चियो लिम्बूको उपचारमा सम्लग्न डाक्टर एकराज गौतमले भने । भुकम्पका कारण लिम्बूमा अगाडि नै डर पसिसकेको रहेछ अपरेशनपछि पनि उनी डराउँछिन कि भनेर हामीलाई समस्या आयो ।  शनिवार भुकम्प जाँदा भर्खर अपरेसन गरेकी अर्की एक महिला भागेर समस्या निम्त्याएकी थिइन् डा गौतमको भनाई छ ।
यता सुत्केरी अवस्थामा रहेकी रमला पटक – पटक गएको  भुकम्पका कारण मर्ने बाच्ने ठेगान नभएको बताउछिन् । भुकम्प आउदा छेउछाउका सबै भाग्छन् आफूलाई हलचल गर्नपनि हुँदैन आँखा चिम्लिएर छोरीलाई सम्झन्छु रमलालले भनिन् । रमलाको स्याहार सुसार गर्न आएकी फुपु आइतमाया समेत भुकम्प आउदा भगवान सम्झिएर बस्ने गरेको बताउछिन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।