Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 29, 2015

सुनसान बन्दै मेनपावर

         

सुरुङ्गा(झापा) १६ वैशाख ।  कालो जिन्सको पेन्ट,सेतो वाहुला भएको धर्के भेष्ट,टाटेपाटे जुत्ता लगाएर भर्खर जुगाको रेखी बस्तै गरेको एक व्यक्ति  कालो व्याग पछाडि भिरेर  वुधबार बिर्तामोडमा रहेका मेनपावर चाहार्दै थिए । चारैतिर आँखा डुलाउदै हिडेका उनी कुनै बेला मेनपावरले आफ्नो सूचना पाटीमा टासेका ‘डिमान्ड’हेर्थे त कुनै बेला कार्यालयमा रहेका  महिला रिसेवसनिष्टसगं डिमान्ड के – के छन भन्दै सोध्थ्ये  । इलामको नेपालटार उच्च माविमा कक्षा १२ पढ्दै गरेका  साखेजुङ – ४ नेपालटार का १९ वर्षीय दीपक राईलाई मेनपारवरमा रहेका रिसेवसनिष्टले सहजै उत्तर दिन्थे –‘अहिले केही पनि डिमान्ड आएको छैनपछि सम्पर्क गर्नुहोस्  । अँ साची तपाई कुन देश जाने अरे अनि मोवाईल नम्वर चाँही दिएर जानुहोस् न हामीपछि आफैं खवर गछौं ।’



बिर्तामोडमा घरैपिच्छे बग्रेल्ती खुलेका मेनपावरले सधैंजसो त छाड र मछा गर्दै विदेश जाने युवालाई तानतान गर्दै हिड्ने गरेपनि शनिवार गएको भुकम्पका कारण मेनपावर व्यवसायीले वैदेसिक रोजगारीमा जाने युवालाई विदेश पठाउन नसकेपछि उनीहरु  अहिले समस्यामा परेका छन् । दिनहुँ जसो विभिन्न सञ्चारमाध्यममा विभिन्न देशका विभिन्न कम्पनीबाट आफ्ना मेनपावरमा डिमान्ड आएको भन्दै विज्ञापन गरेर विदेश जाने युवा बटुल्ने काम गरेका मेनपावर कम्पनी अहिले डिमान्ड सोध्दै केही आए सुनेको नसुनै गर्छन विराटनगरबाट बिर्तामोड आइपुगेका सुमन रिसालले भने । म पनि एफएममा विज्ञापन सुनेर बिराटनगरबाट यहाँसम्म आए तर कसैले वास्ता गरेनन् उनले दुखेसो पोखे । नेपालमा भनेजस्तो काम पाइँदैन त्यसैले विदेश जाने विचार गरेर उहाँबाट यहाँसम्म आए आउनुको कुनै अर्थ रहेन मेनपावरका मान्छेले बोल्दा पनि पैसा लाग्छ जस्तो गरे दुखिद मुद्रामा उनले भने ।
त्यसो त राईको पनि पीडा रिसालको भन्दा कम छैन । उनी पनि रेडियो सुनेकै भरमा इलामबाट झापासम्म मेनपावरमा डिमान्ड बुझ्न आए । तर उनलाई पनि कसैले चित्त वुझ्दो जवाफ नदिएको उनी बताउँछन् । कुन कुन कम्पनीमा के के डिमाण्ड आएको छ भनेर सोध्दा फेसवुक चलाउन मस्त भएका मेनपावरका मिसहरु भन्छन् –‘अहिले कुनै डिमाण्ड आएको छैन , फोन नम्वर दिएर जानुन पछि हामी आफैं फोन गर्छैं नि सुन्नुभएन ।’
गाउँ घरका सबै साथीहरु विदेश गइसकेका छन् रहेका एकदुई जना साथीले पनि विवाह गरेपछि कुरा नमिल्दा विदेसिनु वाहेका अर्काे विकल्प देखिन त्यसैले  म पनि विदेश जान खोजेको थिए तर पार लागेन  राईले भने –‘भुकम्प आएर उनीहरुकै उठिवास भएको छ अरे अनि हामीलाई किन वास्ता गर्थे त ।’ हातमा केही पनि सिप नभएका राई विदेशमा गएर के गर्ने भन्ने अन्यौलमा नै थिए । तर उनलाई जतिसक्दो चाँडो विदेश जानुथियो । सबैजसो मेनपावर कम्पनीले भनेजस्तो सहजै कुरा नसुन्दा उनी वुधवार खिन्न मन बनाउँदै घर फर्किए ।
 झापामा रहेका सबै मेनपावर कम्पनी काठमाडौंमा रहेका कम्पनीसंग कारोवार गर्ने भएका कारण काठमाडौंका  मेनपावरले भुकम्प गएपछि काम गर्न नसक्दा यस्तो समस्या आएको बताउँछन् वैदेसिक रोजगार व्यवसायीसंघ झापाका एक सदस्य । उनी भन्छन्–‘हामीले जति फुर्ती लगाए पनि के गर्ने विदेसजाने मान्छेलाई हेड अफिसको सरण नपरी उडाउन नसकेपछि ।’
भुकम्पका कारण सवैजसो मेनपावर कम्पनीले काम गर्न नसकेपछि अहिले मेनपावर व्यवसायी फुर्सदिला भएका छन् । अधिकांश मेनपावर व्यवसायी अहिले कोही तास खेलेर दिन बिताउँछन् त कोही दिनभर होटलमा  वसेर उडन्ते गफमा मस्त हुन्छन्  अनि कोही क्यारेम्वोडमा दिन काट्छन् ।
           
           भुकम्पको प्रभाव सञ्चारमाध्यमलाई पनि 
विध्वंशकारी भुकम्पका कारण मेनपावपर व्यवसायीले सहजै काम गर्न नसक्दा त्यसको प्रभाव सञ्चार माध्यमलाई पनि परेको छ ।
वैदेसिक रोजगारिका क्षेत्रमा काम गर्दै आएका मेनपावर व्यवसायीले विदेसिने युवालाई शनिवारदेखि नै विदेश पठाउन नसक्दा त्यसको प्रभाव मेनपावरलाई परेसंगै सञ्चार माध्यमलाई पनि आंसिक प्रभाव परेका बताउँछन् नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ ।
अधिकांश एफएम रेडियो र पत्रपत्रिकामा मेनपारका विज्ञापन अत्याधिक हुने गरेको र भुकम्पपछि मेनपावरले विज्ञापन नदिदा आफ्नो आया श्रोत घटेको बताउँछन् झापाबाट प्रकासित एक दैनिक  व्यवस्थापक । उनी भन्छन् –‘मेनपावरले कहिले यो डिमान्ड त कहिले त्यो डिमान्ड अर्जेन्ट छ भन्दै विज्ञापन छापिरहन्थे , भुकम्प गएपछि त्यो अवस्था छैन । ’एक किसिम त हाम्रो आय श्रोत नै घट्यो नि होइन उनले प्रतिप्रश्न गरे ।
यता वैदेसिक रोजगार व्यवसायी संघका झापा उपाध्यक्ष डम्वर गिरीले  भुकम्प आएपछि युवालाई विदेश पठाउन नसक्दा समस्या उत्पन्न भएको बताएका छन्  । उनले काठमाडौंमा रहेका अधिकंश केन्द्रीय कार्यालय भुकम्पका कारण क्षतिग्रस्त बनेकाले चाहेर पनि व्यवसायीले काम गर्न नसकेको बताए ।


झोले डाक्टर पनि फुर्सदिला 
मेनपावर व्यवसायीको काम प्राभावित भएसंगै झोले डाक्टर पनि र्फुसदिला भएका छन् ।
वैदेसिक रोजगारीमा जाने युवाको स्वास्थ्य जाँच गर्न मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्नुपर्ने प्रावधान रहेपनि अधिकांश मेनपावर सञ्चालले आफ्नै मेनपावरको एउटा कोठामा झोले डाक्टर राखेर मेडिकल रिर्पोट तयार पार्ने गरेका छन् ।  मेनपावर  कम्पनीले नै स्वास्थ्य परीक्षणको रिपोर्टमा युवाको स्वास्थ्य अवस्था ठीक रहेको भन्दै प्रमाणित गरेर रिर्पोट दिने गरेको एक मेनपावर व्यवसायीले बताए । उनले विदेश जान आएका व्यक्तिलाई रगतको परीक्षण ‘व्लड टेष्ट ’गर्नु पर्छ भन्दै रगत लिएपनि त्यो परीक्षण नै नगरी अन्दाजको भरमा फारम भरेर दिइने गरेको बताए । झापाको बिर्तामोडमा सञ्चालित एकद मेनपावर वाहेक अधिकांश मेनपावरले यस्तो कार्य गराउदै आएपनि अहिले मेनपावरको काम नै वन्द भएपछि मेनपावरले डाक्टरको रुपमा राखेका देखावटी डाक्टर र नर्स पनि फुर्सदिला भएको बताउँछन् उनी ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।