Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, April 7, 2015

तीर्थालुको वसमा तोडफोड,तीनजना घाइते,चार पक्राउ



बिर्तामोड,चैत २४  । एकृकीत नेकपा माओवादी सहितको तीस दलीय गठवन्धनले आवह्रान गरेको बन्दको अवज्ञा गरेको भन्दै झापाको दमकमा तीर्थालु बोकेको वस तोडफोड भएको छ ।
ताप्लेजुङमा रहेको  पाथीभरादेवीको दर्शान गरेर फर्कदै गर्दा दमकमा वन्दकर्ताले बा ३ ख २२९९ नम्बरको वसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । वन्दकर्ताले अन्धाधुन्द वसमा ढुङ्गा प्रहार गर्दा दोलखा दानाखर्क– ३ निवासी ६० वर्षीया उर्मिला मुनाकर्मी,सोहीठाउँ निवासी ७० वर्षीया कृष्ण सोरीतोहेना र वसका सहचालक कुमार खड्का घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइते तीनै जनाको दमकस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



यता तीर्थालु बोकेको वसमा तोडफोड गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दमक– १० निवासी ३२ वर्षीय प्रकाश पोखरेल,दमक – १२ निवासी ३३ वर्षीय टंक रोक्का सोही ठाउँका शैलेस खड्गी र सुरज वंजारालाई नियन्त्रणमा लिइको बताइएको छ । वन्दका कारण झापाको जनजीवन प्रभावित बनेको छ ।

              मालपोत कार्यालमा ढुङ्गा प्रहार 
एकृकीत नेकपा माओवादी सहितको गठवन्धनले आवह्रान गरेको बन्दको अवज्ञा गरेको भन्दै झापाको दमकमा रहेको मालपोतमा  कार्यलय बन्द कर्ताले आज तोडफोड गरेका छन् ।
दमक – ९ मा रहेको कार्यलय खुले लगत्तै कार्यालय पुगेका वन्दकर्ताले बन्दको अबज्ञ गरी कार्यलय सञ्चालन गरेको भन्दै ढुङ्गा हान्दा कर्यलयका सूचना अधिकृत सुजन दंगालको टेवल फुटेको कार्यलय प्रमुख बच्चुराम कार्कीले जानकारी दिनुभयो । कार्यलयका अन्य कर्मचारी कार्यलय प्रमुख कार्कीको कार्यकक्षमा हाजिरी गर्न गएकाले मानवीय क्षती नभएकोे र अहिले कार्यलय बन्द गरिएको कार्यलय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

तीस दलीय मोर्चाको बन्दका कारण बिहानैदेखि झापामा यातायत,बजार,कलकारखाना र शैक्षिक संस्था ठप्प रहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।