Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 29, 2015

भुकम्प पीडितलाई जिल्ला शिक्षा कार्यालय झापाले ५० लाख सहयोग गर्ने


सुरुङ्गा (झापा) १६ वैशाख ।  शनिवार गएको विध्वंशकारी भुकम्पबाट पीडित बनेकाहरुका लागि जिल्ला शिक्षा कार्यालय झापाले रु ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी उद्धव विष्टको अध्यक्षतामा आज बसेको  शिक्षा समितिको बैठकले महा भुकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ उक्त रकम प्रदान गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।



 शिक्षक सम्वद्ध संघठनहरुका प्रतिनिधिसहित बसेको बैठकबाट जिल्लामा कार्यरत तीनहजार ५ सय ६० जना शिक्षकको दुई दिनको तलव स्वरुप रु ५० लाख रुपैँया भुकम्प पीडितका लागि पठाइने मधेशी शिक्षक युनियनका अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार शिक्षकको दुई दिनको तलव एक मुष्ठ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।