Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, April 26, 2015

भुकम्पका कारण ५१ जना झापाली सिन्धुपाल्चोकमा अलपत्र



सुरुङ्गा(झापा) १३ वैशाख ।  झापाको दमकस्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाका ५१ जना सदस्य सिन्धुपलाञ्चोक अलपत्र परेका छन् ।
अध्ययन अवलोकन भ्रमणमा गएका उनीहरु हिजो र आज गरी पटक–पटक गएको महाभुकम्पमा परी अलपत्र परेका हुन् ।



अलपत्र परेका ५१ जनाको हेलिकप्टरमार्फत उद्दारका लागि प्रयार भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । गत वैशख ९ गते दैलेख र चरिकोट हुँदै चीनसम्मको भ्रमणका लागि सहकारीका अध्यक्ष तुलाराम न्यौपाने सहित हिडेका उनीहरु सिन्धुपलाञ्चोकको च्यानथानी भन्ने स्थानमा दुवैतफर्कको सडक खण्ड भासिएर सवारी आवागमन वन्द भएपछि हिजोदेखि अलपत्र परेको बताइएको छ ।
सवारी आवागमन बन्द भएपछि बीच वाटैमा अलपत्र परेका उनीहरुको उद्धारका लागि सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत गृहमन्त्रालयलाई आग्रह गरेको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।