Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 22, 2015

दिदी वहिनीलाई बलात्कार गरेको अभियोगमा खवास पक्राउ

 
सुरुङ्गा (झापा) ९ वैशाख  । नावालिका  दिदी वहिनीलाई वलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका – ५ निवासी ३९ वर्षीय शङ्कर भनिने सिंहवहादुर खवास रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।



मादक पदार्थ सेवन गरेका खवासले सोही ठाउँ निवासी नावालिकाद्वयलाई पालैपालो बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक(डीएसपी) सञ्जयवहादुर राउतले जानकारी दिनुभयो । पीडित नावालिकाद्वय दिदी बहिनी हुन् । उनीहरुलाई खवासले हिजो साँझ एक एक रुपैयाँको डलर दिएर घरको कोठामा नै बलात्कार गरेको बताइएको छ ।
 घरमा कोही नभएको मैका छोपी रक्सीले मातेर आएका खवासले पहिला ६ वर्षीया दिदी र त्यस लगत्तै ३ वर्षीया वहिनीलाई जवरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ परिएको डीएसपी राउतले बताउनुभयो । खवासले नावालिकालाई जवरजस्ती गर्ने क्रममा नावालिका चिच्याएपछि स्थानीयवासीले देखेको र खवासलाई पक्राउ गर्न खोज्दा उनी भागेपछि प्रहरीलाई खवर गरेका थिए  । प्रहरीलाई खवर गरेलगत्तै आज विहान खवासलाई पक्राउ गरिएको बताइएको छ ।
यता पीडित दुवै नवालिकाको गएराति नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको डीएसपी राउतले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।