Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 23, 2015

झापाको दमकबाट ३ जुवाडे फक्राउ


सुरुङ्गा (झापा) १० वैशाख ।  झापाको दमकबाट आज अपरान्ह जुवा खेली रहेको अवस्थामा प्रहरीले तीन जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनीहरुलाई दमक – ११ स्थित पुरानो सव्जीमण्डी नजिकै पवन अग्रवालको निर्माणधीन घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएपनि उनीहरुको नाम भने खुलाएको छैन ।


 जुवा खेलमा सम्लग्न अन्य ४ जना भने प्रहरीलाई देखेपछि एक तलामाथिबाट फालहानेर भागेकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको बताइएको छ । पक्राउ परेका उनीहरुका साथबाट प्रहरीले नगद र जुवा खेल्न प्रयोग गरिने कौडा समेत बरामद गरेको छ ।
 पक्राउ परेका तीनैजनालाई अहिले इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।