Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, April 17, 2015

शान्तिको कामना गर्र्दै मेची महाकाली साइकल यात्रा


सुरुङ्गा (झापा) ४ वैशाख ।   नेपलमा स्थायी शान्तिको कामना गर्दै दुई युवा आजवाट मेची महाकाली साइकल यात्रामा निस्किएका छन् ।
इटहरी उपमहानगरपालिका—२ आपगाँछीका १५ वर्षीय अनोमल श्रेष्ठ र १६ वर्षीय गौतम महत आजबाट साइकल यात्रामा निस्किएका हुन् । उनीहरुलाई  मेचीपुलबाट बिदाई गरिएको छ । नेवा समाज समिति मेचीनगरले एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई  विदाई गरेको हो ।


नेवार समुदायका पंण्डित चव्रmबहादुर जोशीले आफ्नै संस्कार अनुसार सुकुण्डामा बत्ती बाल्र्दै संकल्प वाचन गरेर उनीहरुलाई विदा गरेका थिए । २० दिनमा यात्रा सम्पन्न गर्ने लक्ष अनुरुप आफूहरु साइकल यात्रामा निस्किएको श्रेष्ठले बताए ।
  नेवाः समाज समिति मेचीनगरका अध्यक्ष राजु मर्हजन, नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद लक्ष्मी उप्रेती, नेवाः दय देवुका झापा जिल्ला अध्यक्ष कृष्ण उदास, उपाध्यक्ष सुन्दरी श्रेष्ठ, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स पूर्वाञ्चल क्षेत्रीय समिति (नाटा)का महासचिव उदयकुमार श्रेष्ठ, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष दिलीप सुबेदी, महासचिव सुजन प्रधान, सङ्घीय समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, केवलराम राई ईन्द्र श्रेष्ठलगायतले यात्रा सफलताको शुभ कामना सहित फूल अविर टीका तथा खादा लगाएर यात्रीद्वायलाई विदाई गरेका थिए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।