Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 22, 2015

एपिएफले हरायो झापा ११ लाई


सुरुङ्गा (झापा) ९ वैशाख  ।  लक्ष्मी हुन्डाई रेडबुल राष्ट्रिय लिग फुटवल प्रतियोगीता  अन्र्तगत आज झापाको डोमालाल रंगसालामा भएको खेलमा सशस्त्र प्रहरी वल एपिएफ विजयी भएको छ ।
एपीएफले झापा ११ लाई १ – ० को गोल अन्तरले  पराजित गर्दै विजयी भएको हो । खेल सकिन ३ मिनेट बाँकी रहदा विजयी टिमका जर्सी नम्वर १५ का प्रदीप  सेन्ताङले गरेको गोल नै निर्णयक भएको थियो ।

  जितसंगै एपिएफ १४ अंकका साथ शीर्ष स्थानमा पुगेको छ । यस अघि १३ अंकका साथ झापा ११ शीर्ष स्थानमा  थियो ।
घरेलु मैदानमा भएको खेलमा झापा ११ ले गत चैत ३० गते थ्रीस्टारसंग वरावरी र लिगको दावेदार मानिएको मनाङसस्र्यादीलाई बैशाख ६ गते १–० को गोल अन्तरले पराजित गरेको थियो ।
यस अघि एन्फा कपमा झापा ११ ले एपिएफलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।