Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, April 17, 2015

नूनको सही प्रयोग गर्ने प्रतिवद्धता



सुरुङ्गा (झापा) ४ वैशाख ।  झापाको शिवसताक्षी–३ का नागरिकले स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको सही ढंगले प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
   राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रिय समिति र साल्ट ट्रेडिङ कर्पोसनले संयुक्तरुपमा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रमका सहभागिहरुले त्यसतो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
   उनीहरुले अबका दिनदेखि सस्तो पाउने नाममा गुणस्तरहिन भारतीय नून प्रयोग नगर्ने,दुई बालबालिको चिन्ह भएको आयोडिनयुक्त नून त्यो पनि सही समयमा उपयोग गर्ने बताए ।


  राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रिय समितिका अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नून,नूनको महत्व प्रयोगको तरिका तथा उपभोक्ताका अधिकारबारे विस्तृतरुपमा जानकारी गराउनुभएको थियो ।
   कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महर्जनले दुई रुपैयाँको लोभमा नपरी आफ्नो र परिवारको स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै बजारमा स्वादिला खानेकुराका नाममा अखाद्य वस्तु मिसाइएका विष पैसा तिरेर उपभोग गरिरहेको चर्चा गर्नुभयो ।
   कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनका विराटनगरका क्षेत्रीय प्रमुख नवीनचन्द्र झाले आयोडिनको कमिले लुलो,लँगडो,सुस्त मनस्थित,गर्भ तुहिने समस्या हुने बारे जानकारी गराउनुभयो ।
   त्यस्तै गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनीषकुमार दास
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रिय समितिका सदस्य कमल प्रजापति,झापाका कोषाध्यक्ष नवीन कोइराला,स्थानीय वुद्धिजिवी अम्बिकाप्रसाद अधिकारी,चन्द्रडाँगी बजारका अध्यक्ष केन्द्रबहादुर बस्नेतलगायतले आयोडिनयुक्त नूनको प्रयोगमा जोड गरेका थिए ।
   कार्यक्रम स्थानीय अग्रज प्रकाशचन्द्र गौतमको अध्यक्षतामा भएको थियो । साल्ट ट्रेडिङ कर्पोसन बिर्तामोडका प्रमुख देवराज भट्टराईले स्वागत र राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव एकराज गिरीले सञ्चालन गर्नुभएको थियो । स्थानीय १५० बढीको सहभागिता रहेको कार्यक्रममा आयोडिनयुक्त नुन आयोडिन खेर नजाने गरी प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।