Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, April 28, 2015

भुकम्पको प्रभावः अस्पतालमा गर्भवती महिलाको भीड


सुरुङ्गा (झापा) १५ वैशाख  । गत शनिवार गएको विध्वशंकारी भुकम्पका कारण स्वास्थ्य जाँच गराउन
अस्पताल तथा निजी क्लिनिकहरुमा  गर्भवती महिलाको भीड लाग्न थालेको छ ।
भुकम्प गएपछि गर्भमा रहेको बच्चालाई असर गर्ने, गर्भखेर जाने, लगायतका डरका कारण गर्भवती महिला अस्पतालमा स्वास्थ्य जाँच गराउन थालेसँगै अस्पतालमा भीड बढेको पूर्ण टुङ्ग विर्ता सिटी अस्पताल सिर्तामोडका गाइनोलोजिष्ट डा. अमित देवले  बताए ।  शनिवारदेखि पटक पटक गएका स–साना भूकम्पका कारण त्रसित बनेका अधिकांश महिला जिल्लामा रहेका अस्पताल तथा निजी क्लिनिकमा गएर स्वास्थ्य जाँच गराउन थालेपछि अस्पतालमा ह्वात्तै भीड हो ।


  विध्वंशकारी भूकम्पपछि अधिकांश महिला आत्तिएर अस्पताल आउने र बच्चाको स्वास्थ्य अवस्था सोध्ने गरेका छन् डा देवले भने – ‘गर्भवती महिलाको चापका कारण अल्ट्रासाउण्ड गराउनेको संख्यामा पनि बृद्धि भएको छ । ‘अल्ट्रासाउण्ड नगरी सबैकुरा पत्ता लाग्दैन  कतिकति खेर त महिलाहरु  अस्पताल मै त छाड र मछाड गर्छन डा. देवले भने ।  देवका अनुसार आइतवार  एक दुई जना महिलाले मात्र स्वास्थ्य जाँच गराएपनि सोमवार र मंगलवार स्वास्थ्य जाँच गराउनेहरु महिलाको संख्या अत्याधिक रहेको छ । अधिकांश महिला भुकम्प गएपछि पेटमा बच्चा नचलेको,वाकवाकी लाग्ने गरेको,पेट दुख्न थालेको,रक्तश्राव  हुन थालेको भन्दै आउने गरेको उनको भनाई छ ।  भुकम्पका कारण यस्तो समस्या हुँदैन  भनेर सम्झाउदा सम्झाउदा म त थाकी सके डाक्टर देवले अगाडि भने– भुकम्पका कारण गर्भवती महिलालाई मानसिक डर भएर  आतालिदा  जोखिम हुन्छ बरु, कम्पन हुँदैमा केही हुँदैन ।’




यता क्लिनिकमापनि गर्भवती महिलाको चाप उत्तिकै रहेको छ । कतिपय महिलाले टेलिफोनबाट समेत नाम टिपाएर स्वास्थ्य जाँच गराउन आउने गरेको बताइएको छ । भुकम्प गएपछि गर्भमा रहेको बच्चालाई असर गर्छ भन्ने गलत सोचाइका कारण महिलामा त्रास बढेको र अस्पतालमा स्वास्थ्य जाँच गराउन आउने महिलाको संख्यामा वृद्धि भएको हो मनमोहन क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडका गाइनोलोजिष्ट डा. एकराज गौतमले बताए ।  भुकम्प गएपछि मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा दैनिक ४० भन्दा बढी गर्भवती महिलाले स्वास्थ्य जाँच गराउन थालेको डा. गौतमको भनाई छ ।

अरु विरामी भुकम्प जादा अताल्लिएर बाहिर जान्छन् तर गर्भवती महिला अताल्लिएर अस्पताल आएको देखे डा.गौतमले थपे –‘शनिवार दिउसो  एक महिलाको स्वास्थ्य जाच गर्दै थिए भुइचालो आउने वित्तिकै अताल्लिएर उनी वाहिर गइन् के गर्ने के नगर्ने म अकमक्क परे ।’
उनीमात्र होइन अस्पताल आएका  धेरै मानिसमा भुइचालो जादा भागारेभागको अवस्था आयो अस्पताल व्यवस्थापन समितिका सदस्य ढाचाराज कडरियाले बताए । अस्पतालमा भर्ना भएर बसेका केही विरामीले अस्पता नै छाडे डर भन्दा अरु केही हुँदो रहेनछ कडरियाले भने । अस्पतालमा आएका अधिकांश विरामी माथिल्लो तल्लामा बस्न समेत नमान्ने गरेको डा. गौतमको भनाई छ ।
यता मेची अञ्चल अस्पता भद्पुरका सुपरिटेन्डेन डाक्टर पिताम्बर ठाकुरले भुकम्पका कारण प्रसुति महिला तथा पेटमा भएका बच्चाहरुलाई असरनगर्ने  बताएका छन् । उनले भूकम्प आएको समयमा चनाखो भएर बसे केही नहुने बताए । भुकम्प आउदा कम्पन हुन्छ सवारीमा हिड्दा पनि त कम्पन हुन्छ नि भन्दै उनले अगाडि भने गलत सोचका कारण महिला अताल्लिएर भागदैड गर्दा लडेर बरु असर गर्छ सम्यमता अपनाए भुकम्पले गर्भवती महिलालाई केही पनि हुँदैन ।’

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।