Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 8, 2015

तीन वुँदे सहमतिपछि झापा बन्द खुल्यो

               
सुरुङ्गा (झापा) २५ चैत ।  पक्राउ परेका आफ्ना कार्यकताहरुको रिहाईको माग गर्दै एकीकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चाले आवहान गरेको बन्द फिर्ता भएको छ ।
सम्वद समूहको सचिवालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयमा भएको बार्तापछि तीन वुँदे सहमति पश्चात बन्द फिर्ता भएको हो । सहमति अनुसार हिजो र आज विहान पक्राउ परेका एकीकृत नेकपा माओवादी सहित ३० दलीय गठवन्दनका सवै कार्यकर्तालाई रिहाई गर्नै, आम अड्तालका सन्दर्भमा झापाका विभिन्न स्थानमा वन्द कर्ताहरुद्वारा भएका घटनाहरुलाई आन्दोलनरत पक्षले आत्मा समिक्षा सहित अवका दिनमा वन्द हड्ताल लगायतका कार्यक्रमलाई शान्ति पूर्ण, मर्यादित र व्यवस्थित बनाउने, वन्दका समयमा भएका सरकारी तथा सर्वसाधारण जनताका भौतिक सम्पत्तिमा पुग्न गएको क्षति प्रतिसमेत आत्मा समिक्षा गर्दै अबका दिनमा त्यस्ता घटना दोहरिन नदिने रहेका छन् ।



वार्तामा अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ट प्रहरी उपरीक्षक पुष्कलराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारीद्वय कमलबहादुर थापा, रोहितराज पोखरेल, प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मी, शसस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कृष्ण खनाल र  आन्दोलनरत ३० दलीय मोर्चाको तर्फबाट एकीकृत नेकपा माओवादीका राजु आचार्य (अग्नी), ज्योतिसिंह दर्लामी, सिपी कडरिया, कोचिला संघर्ष समितिका त्रिनारायण राजवंशी, सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, संघीय लिम्वुवान पार्टीका अध्यक्ष धनबहादुर पन्दाक, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर, संघीय समाजवाद पार्टीका समरकुमार राई लगायत सहभागी थिए ।  सम्वाद समूह सचिवालका संयोजक दिपेन्द्र भट्टराई र सहजकर्ता खगेन्द्र खरेल सहजिकरण गर्नु भएको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।