Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 18, 2015

झापामा २० प्रतिशत क्षेत्रफलमा चैते धान


सुरुङ्गा (झापा) वैशाख ५ । झापाको  कूल खेति योग्य जमिन मध्ये १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  मात्र यसवर्ष चैते धान लगाइएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार झापाको  ९८ हजार ७ सय १६ हेक्टर क्षेत्रफल मध्ये ९० हजार हेक्टर जमिनमा धान खेति हुँदै आएको छ । जसमध्ये यो वर्ष १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  धान खेति गरिएको  जिल्ला कृषि बिकास कार्यालय झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

  उहाँका अनुसार खेतियोग्य जमिनको ९१ प्रतिशत क्षेत्रफलमा हिउँदे धान र २० प्रतिशत क्षेत्रफलमा मात्र चैते धान खेति हुने गरेको छ । यसवर्ष झापामा ९२ हजार मेट्रिक टन धान उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।



तराईका सिञ्चित क्षेत्रमा फागुन, चैत र बैशाखमा चैते धान खेति हुने गरेको छ ।
कृषकले चैतमा लगाएको धान असार साउनमा पाक्ने गर्छ । सिचाई सुविधा र उत्पादित धानको उचित मूल्य  नपाउँदा झापाका थोरै कृषकले मात्र चैते धान खेति गर्ने गरेको जिल्ला कृषि बिकास कार्यालय झापाका कृषि प्राविधिक भट्टराईले बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।