Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 23, 2015

गुडिरहेको मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु

 
सुरुङ्गा.झापा) ११ वैशाख । गुडिरहेको मोटरसाइकलबाट लडेर दक्षिणी झापाको कुमरखोदमा आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुमरखोद– १ निवासी ३२ वर्षीया हेलेना माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे २ प ६८९६ नम्वरको मोटरसाइकलमा भारतको दीघलवंैक तर्फ जाँदै गरेकी उनी हिजो साझ मोटरसाइकलबाट लडेकी थिइन ।

मोटरसाइकलबाट लडेर गम्भीर घाइते बनेकी उनको आज विहान उपचारको क्रममा बिर्तामोडस्थित कञ्चनजंघा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता प्रहरीले मोटरसाइकल र चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।