Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 30, 2015

विद्युत विस्तारसंगै १५ सय घरपरिवाल लाभान्वित


सुरुङ्गा(झापा) १७ वैशाख । दक्षिणी झापाको राजगढमा एकैसाथ २५ किलोमिटर क्षेत्रभरि विद्युत विस्तार भएको छ ।
६७ लाख ५४ हजार रुपैयाँको लागतमा २०६३ सालबाट  ग्रामीण विद्युतीकरण कार्यक्रम अन्र्तगत शुरु भएको योजना अन्र्तगत  विद्युत विस्तारको कार्य आज सम्पन्न भएको हो । योसंगै सो क्षेत्रका १५ सय घर परिवार  लाभान्वित भएका छन् ।

३६ महिना भित्र काम सक्ने सम्झौता अनुरुप जनमुखी, गोर्खा र मल्ला कन्ट्रकसनले निर्माणको जिम्मा २०६३ सालमा लिएको थियो । तर, कन्ट्रकसनको आन्तरिक विवादका कारण समयमा काम सम्पन्न नहुँदा लामो समयपछि मात्र राजगढमा विद्युत सेवा सञ्चालन भएको बताइएको छ ।



विद्युत विस्तारसंगै राजगढका  २, ३, ४, ५ र ६ नम्बर वडाका सवैजसो स्थानीयले विद्युत जडान गरिसकेको ग्रामीण विद्युतीकरण कार्यक्रमका अध्यक्ष भीम कार्कीले बताउनुभयो । उहाँका अनुसार  २०६३ सालमा मनकामना सामुदायिक वन समितिको अगुवाईमा विद्युत विस्तारको कार्यक्रम शुरु भएको थियो ।
ग्रामीण विद्युतीकरण कार्यक्रम सफल बनाउँदै समयमा नै विजुली बाल्न सामुदायिक वनले  ८ लाख २२ हजार रुपैयाँ र उपभोक्ताले ४ लाख १० हजार रुपैयाँ जम्मा गरेका थिए । योजना अन्तर्गत हाइटेन्सनका लागि १ सय २६ वटा पोल खरिद गरी १० किलोमिटरसम्म फोरफेस लाईन जडान भएको छ भने २ सय ३३ वटा सानो पोल मार्फत १८.१३ किलोमिटर तथा थ्री फेस लाईन चार किलोमिटर विस्तारसँगै एकहजार पाँचसय घरपरिवार लाभान्वित भएको अध्यक्ष कार्कीको भनाई छ । यसैगरी उपभोक्ताले योजना वाहिरपनि १६० वटा पोल खरिद गरेर विद्युत सेवा सुरु  गरिएको कार्कीले बताए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।