Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, April 28, 2015

भुकम्प पीडितलाई ३ लाख ५१ हजार सहयोग


सुरुङ्गा (झापा) १५ वैशाख । शनिबारदेखि आएको विनाशकारी भूकम्प पीडितहरुका लागि झापाबाट राहत संकलन हुने क्रम जारी रहेको छ ।
यसै क्रममा चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाको तर्फबाट रु ३ लाख ५१ हजार रुपैयाँ राहत स्वरुप रकम प्रदान गरेको छ ।

संस्थाको तर्फबाट कर्मचारीहरुको एक दिनको तलब, सञ्चालक समितिका पदाधिकारी तथा सदस्य र संस्थाका तर्फबाट गरी रु ३ लाख ५१ हजार रुपैयाँको चेक आज झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई संस्थाका उपाध्यक्ष हरिप्रसाद निरौलाले हस्तान्तरण गर्नुभयो ।
चेक रकम बुझ्दै प्रमुख जिल्ल अधिकारी  पौडेलले झापा जिल्ला आफैं विपत्तिमा नपरे पनि अन्य जिल्लाका लागि सहयोग जुटिरहेको र हालसम्म प्राप्त रकम मध्ये सहाराद्वारा प्रदान गरिएको रकम सबैभन्दा धेरै भएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।