Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 16, 2015

सुरुङ्गा (झापा) ३ वैशाख । वीरता जेसीजका पूर्व अध्यक्षहरुले प्रत्येक बर्ष गर्दै आएको उत्कृष्ठ नागरिक सम्मान–२०७१ बाट  यसबर्ष गीतकार तथा संगीतकार शिवशंकर थापालाई सम्मान गरिएको छ ।
‘भन्थिन् मेरी उनी......’सहितका दर्जनौं लोकप्रिय गीतका रचनाकार तथा संगीतकार थापा झापाको बिर्तामोड निवासी हुनुहुन्छ । उहाँलाई सम्मान पत्र, दोसल्ला र  नगद रु ११ हजार सहित सम्मान गरिएको हो ।
सो अवसरमा जेसीजका शाखा तथा विभिन्न दुईदर्जन बढी संघसंस्थाले सम्मानप्रति समर्थन जनाउँदै विभिन्न उपहार तथा संयुक्त सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अशोक राईले सम्मानित स्रष्टा  थापालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै सम्मानित प्रतिभा शिवशंकर थापाले  जेसीजसहितका विभिन्न संघसंस्थाको सम्मानले आफूलाई सिर्जनशिलतामा लागिरहन उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।

गीत सिर्जनाको पहिलो आधार शब्दरचना भएको बताउँदै सम्मानित प्रतिभा थापाले शब्दविना संगीत र स्वर सिर्जना नै नहुने बताउनुभयो ।


कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीले सर्जकहरु मुलुक निर्माणका अभियान्ता भएको बताउँदै राजनीतिक दलबाट अपेक्षित परिवर्तन हुन नसकेको धारणा राख्नुभयो ।
कार्यक्रम संयोजक गणेश शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्तित्वको जीवनी लक्ष्मण ढकालले प्रस्तुत गर्नुभएको थियो ।


सम्मानपत्र वाचन विनोद बस्नेतले गर्नुभएको कार्यक्रममा स्वागत वीरता जेसीजका अध्यक्ष भक्तराज भारती र आस्थावाचन वीरता लेडी जेसीजका अध्यक्ष पार्वता विमलीले गर्नुभएको थियो ।
यस अघि सम्मानपछि आयोजित  कार्यक्रममा प्रमुख अतिथि राईले ‘म विष पिउँछु साथी......... , बैशाखी बनमा फूलको श्रृङ्गार पातको क्रन्दन छ....... बोलको गीत गाउनुभएको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।