Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, April 17, 2015

खुदुनावाीबाट भरुवा बन्दुक बरामद


सुरुङ्गा (झापा) ४ बैशाख ।  प्रहरीले झापाको खुदुनावारीबाट आज एक थान भरुवा बन्दुक वरामद गरेको छ ।
सशस्त्र प्रहरी बल वेश क्याम्प खुदुनावारी,प्रहरी चौकी शनिश्चरे र हलुवागढ सामुदायिक वन उपभोक्ता समूह खुदुनावारी–२ ले निकालेको  संयुक्त गस्ती टोलीले स्थानीय नेते खोला किनारमा लोड गरेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



खोला किनारमा रहेका तीन व्यक्ति प्रहरीलाई देखेपछि बन्दुक फालेर भागेको वेश क्याम्प खुदुनावारीका प्रहरी निरीक्षक भोजराज पौड्याले जानकारी दिनुभयो ।  उनीहरु वन क्षेत्रभित्र सिकार खेल्न आएको हुनसक्ने प्रहरी चौकी शनिश्चरेका प्रहरी  सहायक निरीक्षक सार्कीधन राईले जानकारी दिनुभयो ।
वरामद गरिएको वन्दुक इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।