Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, April 5, 2015

रुद्र–गौरी,श्री–अम्बिका ओली पतिष्ठानद्वारा वस्नेत,कुँवर,शर्मा र श्रेष्ठ पुरस्कृत हुँदै



सुरुङ्गा (झापा) २२ चैत ।  रुद्र–गौरी,श्री–अम्बिका ओली प्रतिष्ठान झापाले विभिन्न विधामा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष वैशाक २५ गते झापाबाटै बितरण गर्ने भएको छ ।
ओली परिवारले आफ्ना पितृहरुको सम्झनामा २०६७ सालमा स्थापना गरेको उक्त पुरस्कार भिन्दा भिन्दै चारवटा विधामा हरेक वर्ष वितरण गरिने गरिएको छ । जस अन्र्तगत यसवर्षको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार काठमाडौं निवासी  भोलामान वस्नेतलाई प्रदान गरिने भएको छ । उहाँलाई नेपालमा धानबाली उत्पादन तथा वृद्धिमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गर्न लागिएको प्रतिष्ठानका कोषाध्यक्ष नारायणप्रसाद ओलीले जानकारी दिनुभयो ।



त्यस्तै गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार अछामकी मथुरादेवी कुँवरलाई प्रदान गरिने भएको छ । उहाँलाई एच.आई.भी.÷एड्स सङ्क्रमित महिलाहरूको सशक्तीकरणका क्षेत्रमा पु¥याएको संयोजनकारी  भूमिकाको कदरगर्दै उक्त पुरस्कार प्रदान गर्ने लागिएको बताइएको छ ।  यसैगरी अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार कीर्तिपुरका प्राध्यापक मोहनराज शर्मालाई प्रदान गरिने भएको छ । उहाँलाई समालोचनाको क्षेत्रमा पु¥याएको योगदान स्वरुप उक्त पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ । सवै पुरस्कारको राशी एकलाख रु एक हजार एक सय एघार रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो ।
त्यस्तै यसवर्ष देवीओली स्मृति बाल पुरस्कार बाग्लुङका  रिवाज श्रेष्ठलाई प्रदान गरिने भएको छ । उहाँलाई विज्ञानको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका कोषाध्यक्ष ओलीले बताउनु भयो । पुरस्कारको राशी रु ५१ हजार एक सय एघार रुपैयाँ रहेको छ ।
पुरस्कार बिर्तामोड नगरपालिकास्थित आदर्श टोलमा रहेको ओलीवंंश भवनमा वितरण गरिने र उक्त पुरस्कार नेकपा एमालेका अध्यक्ष केपी शर्माले वितरण गर्ने कार्यक्रम तय भएको बताइएको छ ।  
प्रतिष्ठानले समाजमा अनुकरणीय कार्य गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ । एक करोड रुपैयाँको कोषसहित स्थापित पुरस्कार यस अघि दुई पटक बितरण भइसकेको छ । यस अघि पुरस्कार पाउनेहरुमा रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार सन्तवहादुर गुरुङ वागलुङ,कृष्णवहादुर घिमिरे– पाटन, गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार सीता पोखरेल मोरङ,भद्रकुमारी घले – काठमाडौं, अम्बिकादेवी ओली स्मृति पत्रकारिता ÷ साहित्य पुरस्कार नारायण ढकाल – काठमाडौं, भैरव रिसाल – भक्तपुर त्यस्तै देवीओली स्मृति बाल पुरस्कार एजु श्रेष्ठ – काठमाडौं ,शुभसन्देश गौतम – रुकुम रहेका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।