Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 30, 2015

बहुविवाह गर्दा श्रीमान श्रीमती नै जेल


सुरुङ्गा(झापा) १७ वैशाख ।  पशुपति उच्च माध्यमिक विद्यालय राजगढका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द सुब्बा र उनकी श्रीमती एकै साथ आज जेल चलान भएका छन् ।
वहु विवाहको मुद्धा खेपरिहेका सुब्बा र उनकी श्रीमती मञ्जु न्यौपाने सुब्बा आज जेल चलान भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।

जिल्ला अदालत झापाले सुब्बा दम्पत्तीलाई २०६९ साल जेठ ११ गते एक वर्ष कैद र ५÷५ हजार रुपैयाँ जरिमाना तोकेसंगै उनीहरु फरार रहेका थिए । विशेष सूचनाको आधारमा फरार दम्पत्तीलाई इलाका प्रहरी कार्यालय राजगढको टोलीले आज विहान घरैबाट पक्राउ गरी जिल्ला अदालत झापा बुझाएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी सहायक निरीक्षक मित्रप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
 पशुपति उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा रहदा  सुब्बाले दुई वर्ष अगाडि राजगढ–६ स्थित मञ्जु न्यौपानेसंग दोस्रो विवाह गरेका थिए ।
श्रीमती वैदेसिक रोजगारीका सिलसिलामा कुवेत रहेका बेला उनले  कान्छी श्रीमती भित्र्याएलगत्तै सुब्बाकी छोरीले बुबा विरुद्ध वहुविवाहको मुद्धा लगाएको बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।