Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 25, 2015

झापाली युवामा विदेशी शिक्षाको बढ्दो मोह, साढे ३० हजार विद्यार्थी विदेसिदा ६ करोड राजस्व संकलन

 
सुरुङ्गा (झापा) १२ वैशाख । बिर्तामोड नगरपालिका निवासी कला भण्डारी न्यूजिल्याण्ड जाने दाउमा हुनुहुन्छ ।  काठमाडौंस्थित सेन्जेवियस कलेजबाट मेडिकल माइक्रोवायोलोजीमा ‘मास्टर’ गर्नुभएकी उहाँ अहिले तयारी कक्षा स्वरुप आयल्सको कक्षा लिइरहनुभएको छ ।  नेपालमा भनेजस्तो रोजगारी अवसर नभएको र कुनै व्यवसाय सञ्चालन गर्नुपरेपनि लगानी मैत्री वातावरण नहुँदा आफू विदेसिन लागेको बताउँदै उहाँ भन्नुहुन्छ–‘न्यूजिल्याण्ड गएर  अध्ययनसंगसंगै काम पनि गर्छु ।’
त्यस्तै भद्रपुर – १३ का मनिष नेपालको पनि चाहना उस्तै छ । उहाँपनि न्यूजिल्याण्ड गएर काम गर्न चाहानुहुन्छ ।  अध्ययनको रुची हुँदा हुँदैपनि भविश्य सम्झिएर आफू न्यूजिल्याण्ड जान तयारी कक्षा शुरु गरेको बताउनुहुन्छ । उहाँपनि अहिले आयल्सको कक्षा दैनिक रुपमा लिइरहनुभएको छ ।  भद्रपुरमा रहेको विभूति विद्यामन्दिरबाट एसएलसी र कोहेड कलेज बिर्तामोडबाट प्लसटु सकेका नेपाल न्यूजिल्याण्ड पुगेर अध्ययनसंगै कमाउन चाहानुहुन्छ ।  जसका लागि उहाँहरु दुवैजना अहिले बिर्तामोडमा सञ्चालित ग्लोवलटच इन्टरनेशनल एजुकेशन फाउण्डेशमा आयल्सका तयारी कक्षा लिइरहनुभएको छ ।



एसआइटी कलेज न्यूजिल्याण्डका मार्केटिङ अफिसर खनिन साइकिया सो फाउण्डेशमा आएर कलेजले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी दिइरहद भण्डारी र नेपाल मात्रै होइन परामर्श कक्षामा सहभागी ५० भन्दा बढी युवाको स्वर एउटै थियो–‘कसरी सुरक्षित रुपले न्यूजिल्याण्ड पुग्न सकिन्छ अनि कसरी न्यूजिल्याण्डमा गएर अध्ययन गर्न सकिन्छ ।’
ग्लोवलटच इन्टरनेशनल एजुकेशन फाउण्डेशमा भेटिएका भण्डारी र नेपाल त प्रतिनिधि पात्र मात्र हुन् उनीहरु जस्ता सयै युवा अध्ययनसंगै  सुरक्षित रोजगारीका लागि विदेस जान खोजिरहेका छन् ।
यता न्यूजिल्याण्ड जाने युवाका लागि तयारी कक्षा सहित न्यूजिल्याण्डको सिआइटी कलेजमा पढ्न पठाउने काम गरिरहेको  ग्लोवलटच इन्टरनेशनल एजुकेशन फाउण्डेश अहिले युवालाई परामर्श दिन व्यस्त छ । उक्त फाउण्डेशनमा दैनिक ६० जना भन्दा बढी युवा परामर्श सहित तयारी कक्षा गराइरहेको छ ।  फाउण्डेशले आयोजना गरेको परामर्श कार्यक्रममा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङबाट आएका  युवाको सहभागीता रहेने गरेको छ ।
 ग्लोवलटच इन्टरनेशनल एजुकेशन फाउण्डेशका सञ्चालक दीपक गौतमले  संस्थाले विगतदेखि नै जापान, अस्ट्रेलिया क्यानडा, लगायतका देशमा विद्यार्थी पठाउँदै आएको र न्यूजिल्याण्ड जाने सहज  बातावरण वनाउन विद्यार्थीले नै माग गरेकाले आफूले उनीहरुको माग अनुसार सेवा शुरु गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो –‘विद्यार्थी नै सुरक्षित रुपमा विदेस गएर अध्ययन गर्न चाहान्छन् त्यसैले न्यूजिल्याण्डमा विद्यार्थीलाई पढ्न पठाउने व्यवस्था  हामीले मिलाउन थपेका हौं ।’
त्यस्तै सोही फाउण्डेशनमा अध्यापन गराउदै आएका इन्द्र खनालले न्यूजिल्याण्डको सरकारी कलेज भएकाले पनि उक्त कलेजको माग बढेको बताउनुभयो ।  अहिले उक्त फाउण्डेशनले न्यूजिल्याण्ड सहित जापान, अस्टे«लिया,क्यानेडा सहितका देशमा विद्यार्थी पठाउदै आएको खनालको भनाई छ ।
यता झापामा उक्त फाउण्डेशन सहित दर्जन भन्दा बढी संघ संस्थाले विद्यार्थीलाई अध्ययनकालागि विदेश पढ्न पठाउने गरेपनि कति युवा विदेसिन्छन् त्यसको यकिन तथ्याङ्क भने छैन । तर, दैनिक झापाका सयौं युवा उच्च शिक्षा हासिलका लागि विदेसिरहेका छन् ।
उता एक वर्षको अवधिमा विदेश अध्ययनका लागि ३० हजार चार सय नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार विदेश अध्ययनका लागि जाने विद्यार्थीबाट ६ करोड आठ लाख २१ हजार एक सय ५० रुपैयाँ राजस्व उठेको बताइएको छ ।

सबैभन्दा बढी नौ हजार पाँच सय ४९ जना जापनमा जापानिज भाषा पढ्न जाने विद्यार्थी रहेका छन् । जापानसँगै अस्ट्रेलियाका लागि नो अब्जेक्सन लेटर लिनेको संख्या धेरै छ । अस्ट्रेलियाका लागि नौ हजार पाँचजनाले शिक्षा मन्त्रालयबाट पत्र लगेका छन ।  ०७० मा विदेश अध्ययनका लागि मन्त्रालयबाट २६ हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका थिए । भारतमा जाने विद्यार्थीको भने तथ्याङ्क छैन ।


विदेश अध्ययनका लागि डलर साट्न र सरकारकाबाट औपचारिक रुपमा सहमति लिएर आएको हो कि होइन भन्ने खोजी हुने भएकाले पनि नो अब्जेक्सन लेटर अनिवार्य रहेको छ ।
नेपालीहरुको श्रम गन्तव्य बनेको कतारमा ३१ र दुबईमा २८ नेपालीले पढ्नका लागि नो अब्जेक्सन लेटर लिएका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।