सुरुङ्गा(झापा) १४ वैशाख । भुकम्पको त्रास जताततै थियो । शनिवार र आइतवारसम्ममा पटक – पटक गएको भुइचालोका झड्काले सबैको मन चिन्तित बनाएको थियो । सबै घर बाहिर थिए । कोही सडकमा निस्किएर फेरि भुइचालो जाने हल्ला फैलाई रहेका थिए भने कोही हतारिदै घर बाहिर निस्किदै थिए । तीन तला माथिको कौसीमा बसेर ९३ वर्षको उमेरमा पनि अखवारका पाना पल्टाउदै आफ्नो दैनिकी गुजार्ने बिर्तामोड नगरपालिका– १ निवासी परशुराम ढकाललाई भुकम्पको कुनै परवाह थिएन ।
९० सालको भुकम्प देखेका परशुराम ढकाल
किनभने उनले १९९० सालमा गएको विध्वंशकारी भुकम्पलाई पनि राम्रोसंग अनुभव गरेका थिए । जतिवेला उनी ११ वर्षका थिए रे । ताप्लेजुङस्थित हाङ्देवामा घर नजिकै रहेको वारीको कान्लोमा पत्ताले तरुल खन्दै गर्दा भुइचालो गएको सम्झना ढकालसंग ताजै छ ।
९० सालको भुकम्प देखेका परशुराम ढकाल
नहोस पनि कसरी बस्तै आएको तीनतले घर आँखा कै अगाडि गल्र्याम्म ढलेको थियो ढकालले भने –‘म रुँदै आमाको पछ्यौरी समाउन पुगेछु ।’आमाले मलाई सम्झाउदै भन्नुभएको थियो नानी नडराउ यो भुइचालो हो आउँछ जान्छ । ढकालले थपे –‘ त्यो वेला कत्रो भुइचालो गएको थियो मलाई थाहा थिएन पछि जान्दा ठूलै गएको रहेछ ।’ त्यसपछि साना ठूला भुइचाला गइरहन्थे ।
सबै डराउथे मलाई वास्तै हँुदैनथियो, शनिवार गएको भुइचालोपनि त्यस्तै न हो मलाई डर लागेन । ढकालले भने –‘तीनतला माथि कौसीमा वसेर पत्रिका पढिरहेको थिए । बाहिर जान मन लाग्यो , यसो वाथरुम के छिरेको मात्रै थिए भुइचालो आयो, सबै कराउन र चिच्याउन थाले मलाई डरैलागेन ।’ रेडियो छेउमा राखेर ढल्किएका ढकालले मुसुक्क हास्तै भने ।
ढकाल सुतेको खाट अगाडि सानो टि टेवल । टेवल माथि पत्र पत्रिका । सिरानी तिर गीता चण्डी,रुद्री, महाभारतका पुस्तकका ठेली अनि आमा वुवाको तस्वीर । पश्चिम तर्फ भित्तामा कृपालुजी महाराजको तस्वीर उनी रहेको कक्ष यस्तै थियो । सिरकमा आड लागेर ढल्किएका ढकाल जुरुक्क उठेर भने–‘नानी काठमाडौंमा धेरै मान्छे मरेछन् । पुराना घर भत्किएछन् । जग बलियो भयो भने कहाँ हत्तपत्त घर भत्किन्छ र यस्तो उस्तो भुइचालोले ।’
माघ २ गते औशीको दिन थियो क्यारे ९० सालमा भुइचालो जाँदा । तरुल खन्दै थिए , निक्कै खनी सकेको थिए । भुई नै हल्लियो खन्नै सकिन मलाई त त्यसै के के भएजस्तो भयोपछि घर झ्याप्पै बस्दा पो आत्तिएछु र रोएछु आफ्नो विगत सुनाए ढकाले । हाम्रो तीन तले घर रहेछ । अरुका घर भुइचालोले भत्किएनन् । हाम्रो अग्लो भएर लडेछ क्यारे । हाम्रो घर लडेपछि गाउँभरिका मान्छे फेरि भरे भुइचालो आउँछ होला भनेर घर भित्र बसेनन् । वाहिरै बसे तर भुइचालो आएन । अहिले पनि फेरि भुइचालो आउछ भनेर हल्ला गर्दै छन् नि नानी होइन प्रतिप्रश्न गर्दै उनले भने अव भुइचालो आउदैन ।
भुइचालो आउदा आत्तिनु नहुने बताउदै ढकाल भन्छन्–‘भुइचालो आइहाले हडवडाएर हुँदैन,निक्कै ठूलो भुइचालो आउछकि चनाखो भने हुनुपर्छ । भुइचालो आउदा मानिस डराउनु स्वभाविक हो । किनभने मान्छे चेतनशील प्राणी हो । पशु त डराउछ अनि मान्छे किन नडराउन त । तर डराउनु भन्दैमा होस नै त गुमाउनु भएन नि ।

0 comments:
Post a Comment