Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, April 17, 2015

१० वर्षीया वालिकालाई करणी गरेको अभियोगमा चुडाल पक्राउ


सुरुङ्गा (झापा) ४ बैशाख ।  १० वर्षीया वालिकालाई जवरजस्की करणी गरेको अभियोगमा एक व्यक्ति आज झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका – ६ स्थित ४५ वर्षीया नवीन चुडाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चुडालले दमक नगरपालिका निवासी एक वालिकालाई सानी आमाको घर आएका बेला हिजो साँझ जवरजस्ती करणी गरेको बताइएको छ ।



पीडित वालिकाकी सानीआमा चुडालको घरमा डेरा बस्तै आएको र सानीआमा सव्जी किन्न वजार गएका वेला उनलाई च्याउखेती हेर्न बोलाएर चुडालले च्याउखेती गरिएकै ठाउँमा जवरजस्ती करणी गरेको उजुरीको आधारमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता पीडित वालिकाको आज नै मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।