सुरुङ्गा(झापा) १४,असार । ११ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको सनपाट मजदुर अभावका कारण झापामा यसको खेती विस्तारै घट्दै गएको छ ।
जिल्ला कृषि बिकास कार्यालयले दिएको जानकारी अनुसार उत्पाद खर्चमा महंगो भएको र मजदुरसमेत अभाव भएका कारण झापामा अहिले ६ सय २० हेक्टर क्षेत्रफलमा मात्र सनपाटको खेती हुने गरेको छ । वैदेसिक रोजगारीको सिलसिलामा युवा विदेसिएपछि प्रत्येक वर्ष सनपाटको खेती ५ हेक्टर घट्दै गइरहेको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक शालीकराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा तोषा र तीता पाटाको खेती हुँदैआएको छ ।
झापाको गौरीगञ्ज,वैगुनधुरा,कोरोवारी,राजगढ,घेरावारी लगायत गाविसमा बसोवास गर्ने आदिवासी समुदायले मात्रै यसको खेती गर्ने गरेको भट्टराईले बताउनुभयो ।
कागज उद्योग तथा कुटीर उद्योगमा डाली तथा झोला,डोरी,वोरा आदि बनाउनका लागि यसको प्रयोग गरिने गरेपनि अहिले घरायसी काममा मात्र यसको प्रयोग हुन्छ उहाँले भन्नुभयो ।