सुरुङ्गा(झापा)२३ असार । कृषक र सरकारी स्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिदै आइपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि झापाका विषादीको प्रयोग १५ प्रतिशतले घटेको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्र खरेलका अनुसार झापाली कृषकले विषादीको सट्टा जैविक तथा वनस्पती विषादी उत्पादन गर्दै यसको प्रयोग गर्न थालेसंगै भारतबाट भित्रने विषादीमा कमी आएको छ । गत वर्ष भारत लगायत तेस्रो देशबाट ३० मेट्रिकटन विषदी भित्रिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
जोखम मोलेर विषदी छर्कदै ;
झापाको चकचकीमा रहेको चिया बगानमा विषादी छर्कदै गरेका एक मजदुर । बगानमा काम गर्ने मदुरमा विषदीका कारण श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्गमा नकारात्मक पर्ने गरेपनि वगानमा काम गर्ने मजदुर कुनै सुरक्षा नअपनाई जोखिम मोलेर विषदी छर्कने गरेका छन् ।
बढ्दो विषादीको प्रयोगले श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्ग लगायत मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न थालेसंगै कृषकले वनस्पती जन्य विषादी प्रयोग गर्न सुरु गरेका छन् जिल्ला कृषि विकास कार्यालय झापाका वालि संरक्षण अधिकृत खरेलले भन्नुभयो ।
किटनासक,ढुसीनासक लगायत झोल र धुलो विषादी सबैभन्दा बढी भारतबाट कृषकले चिया तथा तरकारी खेतीका लागि ल्याउने गरेका थिए तर अहिले त्यो अवस्था छैन भन्दै उहाँले भन्नुभयो –‘कृषकले आइपीएम प्रविधिबाट चिया तथा तरकारी खेतीगर्न थालेपछि विषादीको प्रयोगमा कमी आएको छ ।’