झापा, असार २९ । असार सकिन लाग्दा पनि झापामा २३ प्रतिशत मात्र रोपाई भएको छ ।
धन उत्पादनका लागि मुलुककै धेरै धान उत्पादन हुने जिल्लाका रुपमा चिनिएको झापामा हाल सम्म २३ प्रतिशत मात्र रोपाई भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले बताउनुभयो । स्थानीय निर्वाचनका कारण रोपाइँ प्रभावित भएको उहाँको भनाई छ । वीऊ राख्ने समय र रोप्ने समयमा किसान चुनावी कार्यक्रममा सहभागी भएका कारण रोपाई प्रभावित भएको हुनसक्छ डाँगीले भन्नुभयो ।
झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ भने २० हजार ३ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ ।
0 comments:
Post a Comment