Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 12, 2017

नेपालीले बाँझो राखेको जमिनमा लाखौं कमाउँछन् भारतीय नागरिक



झापा,असार २८ । रोजगारीको खोजीमा दैनिक १५ सय भन्दा बढी   युवा विदेसिरहेका बेला कृषि कर्मका लागि नेपाल छिरेका भारतीय नागरिकले तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, झापाका विभिन्न ठाउँमा भारतीय नागरिकले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै मासिक ३० हजार भन्दा बढी बचत गर्ने गरेका छन् ।  मौसमी तथा बेमौसमी तरकारी खेती गरेर झापाकै स्थानीय वजारमा तरकारी विक्री गर्दै उनीहरुले वार्षिक तीन लाख रुपैयाँ भन्दा बढी भारत लाने गरेका छन् ।

विहार राज्यको सितामारी जिल्लाबाट आउनु भएका  राम ज्योति यादवले झापाको बिर्तामोड नगरपालिकामा तरकारी खेती गरेको झण्डै ३२ वर्ष भयो । उहाँले स्थानीय गौरावती राजवंशीको बिर्तामोड नगरपालिका – ३ स्थित बिर्तावजारमा रहेको सात कठ्ठा जग्गा वार्षिक २५ हजार रुपैयाँमा भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ । तरकारी खेतीबाटै मासिक ३० हजार रुपैयाँ बचत गरिरहेको यादवले बताउनुभयो ।



 यादव आफ्ना बुवा रामफल यादवसंग झापामा कृषिकर्म गर्नुहुन्छ ।  उहाँका श्रीमती मीनादेवीसंग रहेका दुई छोरा विशाल र करुण त्यहाँस्थित होस्टलमा वसेर अध्ययन गरिहेका छन् भने दुई छोरी पूजा र रवीना भारतकै स्थानीय विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।  उनीहरुको पढाइखर्च र घर खर्च कटाएर पनि रामज्योतिले झापामा तरकारी खेती गरेर सरदर मासिक ३० हजार रुपैयाँ बचत गर्ने गरेको बताउनुभयो ।

उहाँका भाई सञ्जिव यादवपनि झापाको बिर्तामोडमा नै जग्गा भाडामा लिएर तरकारी खेती गर्नु हुन्छ । तरकारी खेतीवाटै उहाँको परिवारले पनि वार्षिक लाख रुपैयाँ भन्दा बढी बचत गर्ने गरेको यादवले बताउनुभयो ।
भारतबाट तरकारी खेतीका लागि आउने यावद परिवार त प्रतिनिधि पात्र मात्र हो । यादव परिवार जस्ता धेरै भारतीय नागरिकले झापाको बिर्तामोडसहित भद्रपुर, दमक,गरामनी,राजगढ जस्ता बजारका आसपासका जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेका छन् ।
भारतको विहार दरबंगा घर भएका विनोद रायले बिर्तामोडस्थित अन्धुवा खोलाको छेवैमा तरकारी खेती गरेको झण्डै ६ बर्ष भइसकेको छ ।  १७ वर्षअघि आफन्तका साथ नेपाल छिरेका रायले तरकारी खेती गरेरै आफ्नो ६ जनाको परिवार धननुभएको मात्रै छैन् वार्षिक  एक लाख  रुपैयाँ भन्दा बढी बचत गरिरहनुभएको छ ।
युवालाई पनि कृषि कर्ममा सम्लग्न गराई कृषि उत्पादन बढाउन राज्यले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेपनि नेपाली युवा अझैंपनि विदेश पलायत भइरहेका छन् । तर, भारतबाट नेपालमा आएर तरकारी खेती गरिरहेका भारतीय नागरिकले झापाली भूमिमा तरकारी खेती गरेर झापाबाट वर्षेनी लाखौं रुपैयाँ भारत लगेपनि त्यसको लेखा जोखा जिल्ला कृषि विकास कार्यालय झापासंग छैन ।
कति भारतीय नागरिकले झापामा  कृषि कर्म गरिरहेका छन् न त सरकारसंग तथ्याङ्क छ न त कृषकको हक हितका लागि खुलेका संघ संस्थासंग नै । जिल्ला कृषि विकास कार्यालय झापाकी अधिकृत सितल भट्टराई कति भारतीय नागरिक झापामा रहेर खेती पाती गर्छन् त्यसको लेखाजोखा कार्यालयसंग कुनै रेकर्ड नभएको बताउनुहुन्छ ।
भारतका विभिन्न ठाउँबाट झापा आएर जमिन भाडामा लिएर तरकारी खेती गरेरै मनग्य आम्दानी  गर्छन भारतीय नागरिकहरु । तर, झापाका  युवा भने भएको जमिन पनि बाँझो राखेर राम्रो कमाई हुने आशामा विदेसिरहेका छन् । दिनानुदिन झापाली युवा विदेसिने क्रम बढेसंगै झापाको कतिपय खेती योग्य जमिन अहिले बझैं छ  । त्यही जमिन भाडामा लिएर भारतीय नागरिकले तरकारी खेती गर्दै लाखौं रुपैयाँ भारत लगिरहेका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।