अस्पलात, विद्यालय तथा सरकारी कार्यालय परिसर एकसय मिटर भित्र सूर्ती जन्य पदार्थ वेचविखन गर्न नपाइने प्रावधान छ ।
तर झापाको बिर्तामोडमा रहेका अस्पता
ल परिसरबाट ठूलो परिमाणमा सूर्तीजन्य पदार्थ बरामत गरिएको छ । सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले आज बिर्तामोडमा अनुगमन गरी त्यस्ता पदार्थ वरामद गरेको हो । बिर्तामोडको मनमोहन, विएण्डसी, कनकाई, विर्तासिटी, तथा ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालयको एकसय मिटर परिसरमा रहेका पसलहरुमा अनुगमन गरिएको थियो । सो क्रममा एकसय ५० प्याकेट गुड्खा , ६० प्याकेट खैनी, ५० वट्टा चुरोट, एकसय प्याकेट तुलसी र १२ लिटर घरेलु मदिरा वरामद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत व्रजेश मेहताले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा पसलमा देखाएर राखिएका सूर्ती जन्य पदार्थ मात्र चेतावनी स्वरुप नियन्त्रणमा लिइएको र कानूनले वन्देज गरेको त्यस्ता सूर्तीजन्य पदार्थ पुनः बिक्री वितरण गरेको पाइएमा जरिवाना सहित कारवाही गरिने जनाइएको छ । वरामद साम्रगी इलाका प्रहरी कार्यालय बिर्तामोडमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो ।
झापामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले यस अघिपनि भद्रपुर धुलावारी लगायतका स्थानमा अनुगमन गरी सूर्तीजन्य पदार्थ वरामद गरेको थियो । अनुगमनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालय मेचीलाई धुम्रपान तथा सूर्तीजन्य सेवन निषेधित क्षेत्र लेखिएको वोर्ड समेत प्रदान दिइएको थियो । अनुगमनमा समितिका सदस्य जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, जिल्ला विकास समिति झापाका योजना अधिकृत दीपक दाहाल, जिल्ला कृषि विकास कार्यालय झापाका लेखा अधिकृत विरेन्द्र वहादुर वस्नेत , घरेलु कार्यालयका अधिकृत चन्द्र मिश्र, सञ्चारकर्मी तथा प्रहरीको सहभागीता रहेको थियो ।
0 comments:
Post a Comment