Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, May 21, 2018

ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु


झापा,जेठ ८ ।  झापाको कमल गाउँपालिका –  ५ मा गएराति सडकमा राखिएको  ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
मे १ त ४५२८ नम्बरको ट्याक्टर बिगिएपछि कमल गाउँपालिका – ५ स्थित पाडाजुँगी चौकमा सडकमै रोकी राखेको ट्याक्टर को ३३ प १९५१ नम्बरको मोटरसाइकल ठक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक मोरङ उर्लाबारी नगरपालिका – ८ निवासी ३१ वर्षीय राजु लिम्बू र सोही मोटरसाइकलको पछाडि सवार मोरङ पथरी शनिश्चरे – ८ निवासी २५ वर्षीया बिमला लिम्बू रहेका जिल्ला प्हरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिनुभयो ।
 दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई दमकस्थित लाईफ लाईन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।