सुरुङ्गा(झापा) २४ भदौ । संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका जिल्ला शिक्षा समिति झापाले शुक्रवार शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा संघ संस्थालाई सम्मान गर्दै ३८ औ अन्तराष्ट्रिय शिक्षा दिवस मनाएको छ ।
दिवसको अवसरमा उत्कृष्ट स्रोत केन्द्रको रुपमा आदर्श मावि स्रोत केन्द्र मेचीनगर सम्मानित भएको छ । त्यसैगरी उत्कृष्ट माध्यमिक विद्यालय (सामुदायिक तर्फ) हिमालयन मा.वि. दमक र कनकाई मावि सुरुङ्गा, (संस्थागत तर्फ) सिद्धार्थ बोर्डिङ स्कूल दमक, उत्कृष्ट प्राथमिक विद्यालय तर्फ जनता प्रा.वि. कचनकवल, उत्कृष्ट आधारभूत विद्यालय तर्फ कृष्ण आधारभूत विद्यालय मेचीनगर सम्मानित भएका छन् ।
उत्कृष्ट गुरुकुलमा श्री कृष्ण द्घेपायन गुरुकुल वेद विद्याश्रम भद्रपुर , ,उत्कृष्ट मदरसामा श्री मदरसा इस्लामिया फिजुल उलुम सम्मानित भएका छन् । उत्कृष्ट सामुदायिक सिकाई केन्द्र तर्फ राजगढ सामुदायिक सिकाई केन्द्र र उत्कृष्ठ बाल क्लवको रुपमा बाल सुवोधिनी आधारभूत विद्यालयको बाल क्लव सम्मानित भएका छन् ।
यसैबीच कार्यक्रममा २०७३ सालको एसइ परीक्षामा झापामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी सिमरा सुवेदी, सविना भण्डारी, प्रमिला उप्रेती र पूर्णिमा तामाङ्गलाई सम्मान गरिएको थियो । त्यसैगरी २०७३ साल कै कक्षा ८ को जिल्ला स्तरीय परीक्षाबाट झापामा उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरु इसा साउदेन, सुरेश शर्मा, प्रवेश मिश्र, पदम कुमारी राजवंशी, पुष्कर दाहाल र नगेन बोहोरालाई नगद २ हजारसहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख तथा जिल्ला शिक्षा समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौँलागाई लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
0 comments:
Post a Comment