Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, November 6, 2016

‘राधा’ चलचित्रमा देखापर्ने झापा बुधबारेका टंकनाथ

जुवा खेल्दाखेल्दै पैसा सकिएपछि आफ्नै छोरीलाई पनि दाउमा राखेर नामुद जुवाडेको भूमिकामा ‘राधा’ चलचित्रमा देखापर्ने झापा बुधबारेका टंकनाथ काफ्ले ९विकल्प० अभिनयमा पोख्त छन् । २०१८ साल साउन २९ गते आइतबार पाँचथरको सुभाङमा जन्मिएका उनी झापाका चर्चित नाट्यकर्मीका रुपमा स्थापित कलाकार रंगमञ्चमा नाटक प्रदर्शन गरेरै आफूलाई टंकनाथ काफ्लेबाट टंक विकल्पको रुपमा चिनाए । रेडियो नाटक, स्टेज र सडक नाटक गरी उनले अहिलेसम्म पाँच सयभन्दा बढी नाटकमा निर्देशन गरिसकेका छन् भने ठूलो पर्दाको चलचित्र ‘सडक’, ‘आफ्नो विरानो’, ‘वरपिपल’, ‘देश खोज्दै जाँदा’ र ‘राधा’मा पनि उत्कृष्ट अभियन गरेर चर्चाको शिखरमा छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले तयार पारेको परिवार नियोजन सम्बन्धी डकुमेन्ट्रीमा पनि उनको उस्तै भूमिका छ । सानो पर्दाका दुईवटा डकुमेन्ट्री उनैले निर्देशन गरेका छन् । बाल्यकालदेखि अभिनयमा रुची राख्ने उनले रंगमञ्चमा सडक नाटक एक सयभन्दा धेरै ठाउँमा देखाइसकेका छन् । रेडियो नाटक तीन सयभन्दा बढी उत्पादन तथा प्रशारण गरेर चर्चा बटुलेका विकल्पले सानो पर्दाको भिडियो चलचित्र ‘पश्चाताप’, ‘सञ्जोग’ ‘नियती’, ‘गुनासो’ र टेलिसिरियल ‘मञ्जुर’, ‘प्रतिज्ञा’, ‘अन्तिम न्याय’ मा अभिनय गरेका छन् ।
विगत दश वर्षदेखि साहित्य लेखनमा रुची राखेका उनले एकसय ५० बढी कविता लेखेका छन् भने एक सयभन्दा बढी नाटक एकसय बढी गीत, गजल र पन्ध्र वटा कथा लेखिसकेका छन् । दुई डकुमेन्ट्री तयार पारेका उनले निबन्ध, मुक्तक र धेरै कृतिको समिक्षासमेत गरिसकेका छन् । उनले २०६९ सालमा ‘घडीका सुइराहरु’ नाटक संग्रह प्रकाशन गरेका छन् भने कविता संग्रहको प्रकाशन गर्ने तयारी गरिरहेका छन् । प्रकासोन्मुख उनको अर्को कृति हो नाटक संग्रह । उनले एकैपटक चार वटा नाटक संग्रह प्रकाशन गर्ने तयारी गरिरहेका छन् भने एक कथा संग्रह र संस्मरण संग्रह दुई वटा प्रकाशनको तयारी गरिरहेका छन् ।

पत्रकारिता र उद्घोषण एवम् अभिनयमा पोख्त उनी हाल साहित्य चौतारी झापाका अध्यक्ष पनि हुन् ।
फुटबल, अभिनय, साहित्य सिर्जना र अध्ययनमा रुची राख्ने उनी बाल्यकालदेखि नै पढाइमा तिक्ष्ण स्वभावका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसबाट आइए र मेची बहुमुखी क्याम्पस भद्रपुरबाट बिएसम्मको अध्ययन गरेका छन् । उनी रंगमञ्चको माध्यमबाट अहिले जनचेतना अभिवृद्धि गर्ने कार्यमा अगाडि छन् । २०१९ साल वैशाखदेखि झापाको बुधबारेको होक्सेलाई स्थाई बसोबासको थलो बनाएका काफ्लेकी श्रीमती तुलसा खतिवडा काफ्ले, छोरा सुव्रत र छोरी स्वेच्छा छन् । उनी नाट्य कला यात्रा झापाका अध्यक्ष, प्रतिभा यात्रा बुधबारे, कञ्चनजंघा सामुदायिक पुस्तकालय बुधबारे, काफ्ले समाज पूर्वाञ्चल कार्य समिति र रामजानकी मन्दिर बुधबारेमा आबद्ध छन् । रामजानकी मन्दिर बुधबारेका आजीवन सदस्य हुन् उनी त्यस्तै आनन्देश्वर शिव मन्दिर बुधबारेका पनि आजीवन सदस्य हुन् । धर्मप्रति औधि विश्वास राख्ने उनी अचलेश्वर शिव मन्दिर इरौटार इलामका पनि आजीवन सदस्य बनेका छन् । उनी शंकराचार्य पीठ खुदुनाबारी, नेपाल रेडक्रस सोसाइटी बुधबारे, वातावरण संरक्षण तथा सरसफाई बुधबारे, महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे, काफ्ले समाज, पूर्वाञ्चल गजल मञ्च, त्रिभुवन मावि होक्सेमा समेत आबद्ध छन् । सामाजिक क्षेत्रमा पनि उत्तिक सक्रिय उनलाई साहित्य कला, शिक्षा सेवा तथा पत्रकारिताका लागि राष्ट्रिय विकास तथा सम्मान केन्द्र काठमाडौंले सम्मान गरिसकेको छ । प्रतिभा यात्रा बुधबारे, श्रीराम संर्कितन मण्डली बुधबारे, महानन्द शिक्षा सदन बुधबारे, आदर्श उच्च माध्यमिक विद्यालय जयपुर, गणेश निम्न माध्यमिक विद्यालय खुदुनाबारी, लालीगुराँस युवा क्लव लखनपुर, दमक क्याम्पस, साहित्य मञ्च दमक, लेखनाथ पुस्तकालय चन्द्रगढी, उद्योग वाणिज्य संघ बुधबारे, काफ्ले समाज केन्द्रीय समिति काठमाडौं, दलित सशक्तिकरण समन्वयन समिति बुधबारे, बुद्ध शान्ति मिडिया हाउस बुधबारे, त्रिवेणी नाट्य समूह बुधबारे, हातोमालो बचत तथा ऋण सहकारी संस्था बुधबारेद्वारा उनी सम्मानित भइसकेका छन् ।
त्यस्तै झापाली नाट्य महोत्सव २०५८ मा उत्कृष्ट नाटक लेखन पुरस्कार र २०५९ मा पनि उत्कृष्ट नाटक लेखन तथा निर्देशन तथा उत्कृष्ट अभिनेताका रुपमा पुरस्कृति भइसकेका छन् । पूर्वाञ्चल नाटक महोत्सवमा उत्कृष्ट अभिनय पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं, राष्ट्रिय नाच घर काठमाडौं, पूर्वाञ्चल नाटक महोत्सव धरान र सडक नाटक देखाएवापत झापाका धेरै गाविस र नगरपालिकाले समेत उनलाई सम्मान गरेको छ ।
प्रतिभा यात्रा बुधबारेका संस्थापक सचिवको जिम्मेवारी सम्हालेका उनी नाट्यकला यात्रा झापाका पनि संस्थापक अध्यक्ष हुन् । महानन्द शिक्षा सदन बुधबारेका संस्थापक शेयर सदस्य उनी गणेश निमावि खुदुनाबारी–१ साधुटारका संस्थापक प्रधानाध्यापक हुन् । उनी समाजसेवा क्लव बुधबारेका संस्थापक महासचिव, कञ्चनजंघा सामुदायिक पुस्तकालय बुधबारेका संस्थापक अध्यक्ष, यात्रा त्रैमासिक, यात्रा मासिक र नयाँ यात्रा साप्ताहिकका संस्थापक सम्पादक तथा बुद्ध शान्ति मिडिया हाउसका संस्थापक सदस्य हुन् । रेडियो नेपालबाट नाटक प्रशारण क्षेत्रमा प्रवेश गरेका उनले कञ्चनजंघा एफएम बिर्तामोड, पाथीभरा एफएम दमकबाट पनि नाटक प्रस्तुत गरेर उत्कृष्ट नाट्यकर्मीको रुपमा स्थापित हुन पुगे विकल्प ।
साहित्य सम्मेलनमा नेपालका विभिन्न स्थान तथा भारतको डुवर्स, आसाम र सिक्किममा समेत सहभागिता जनाएका छन् । उनले नेपाल भिडियो महोत्सव स्मारिका, बुधबारे हिजोआज र भोलि स्मारिक, यात्रा त्रैमासिक, यात्रा मासिक र नयाँ यात्रा साप्ताहिकको सम्पादन गरेका छन् । उनले पश्चाताप भिडियो फिल्मका दुई वटा गीत रेकर्ड गराएका छन् भने ‘अन्तिम न्याय’ टेलिचलचित्रका आठ गीत, ‘गुनासो’ भिडियो फिल्मको शीर्ष गीत, पुजन अधिकारीद्वारा गाइएको राष्ट्रिय गीत, बाबु बोगटीद्वारा राष्ट्रिय गीत र अन्य थुपै्र गीतहरुसमेत रेकर्ड गराएका छन् । उनका भजन पनि रेकर्ड भइसकेका छन् । सरस्वती प्राविमा तीन वर्ष शिक्षण पेशा उनले गरेका छन् भने गणेश निमाविमा एक वर्ष र महानन्द शिक्षा सदनमा १६ वर्ष शिक्षण पेशामा आबद्ध रही शिक्षा क्षेत्रमा समेत उनको योगदान उच्च छ । उनी हाल पूर्वाञ्चल राष्ट्रिय दैनिकमा कार्यरत छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।