झापा, जेठ ८ । झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो ।
जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते¥ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उहाँले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । फलस्वरुप सो संस्थामा आबद्ध जापानी नागरिकले अहिले झापाका एक दर्जनभन्दा बढी विद्यालयलाई करोडौँ रुपैयाँका भवन निर्माण गरिदिएका छन् । डा राजीव अहिले सो संस्थामा नेपालका लागि ‘कोअर्डिनेटर’का रूपमा अहिले पनि आबद्ध हुनुहुन्छ । भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानमा समेत आबद्ध उहाँ भद्रपुरका शिक्षासेवी घनश्याम खनालका छोरो हुनुहुन्छ । बुबाको निधनपछि स्थापित सो प्रतिष्ठानले सो जापानी संस्थासँग सहकार्य गर्दै झापाका विभिन्न विद्यालयमा भवन निर्माण गर्दै आएको छ ।