[सुरेन्द्र भण्डारी]
बिर्तामोड, कात्तिक १५ । आर्थिक अबस्था कमजोर भएपनि आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सुनिलकुमार राजवंशी ।
मोरङको आपगाछी – ७ मा २०४६ सालमा इन्द्रलाल र उजनीदेवी राजवंशीका जेठा छोराका रुपमा जन्मिएका उनी यतिवेला बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा।लिमा ल्याव टेक्निसियन अध्ययन गर्दैछन् । आर्थिक अबस्था कमजोर भएका राजवंशीले २०६३ सालमा मोरङको वहुवन स्थित जनता माध्यमिक विद्यालयबाट प्रवेसिका परीक्षा ९एसएलसी० उत्तीण गरेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण उनले दैनिक मजदुरी गरेर विराटनगरमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा शिक्षा विषय लिएर प्लसटु सम्मको अध्ययन गरे । तर, त्यो भन्दा अघि अध्ययन गर्न उनलाई आर्थिक समस्याले सतायो र अध्ययनलाई निरन्तरता दिन नसकेको राजवंशी बताउँछन् ।