Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

Friday, June 29, 2018

दश छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

झापा । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।  बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा...

३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

सुरुङ्गा, ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ । वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको तथ्यांक छ । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी...

सामुदायिक विद्यालय : दाताको भरमा २२ शिक्षकलाई तलब !

सुरुङ्गा- कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ । कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो । विद्यालयको क्षमता...

धिमे र बाँसुरी सिक्दै झापाली नेवार

धिमे र बाँसुरी सिक्दै झापाली नेवार सुरुङ्गा, झापा, असार १० गते । जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ ।नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो ।“काठमाडौँ उपत्यका बाहिर नेवार समुदायको जनसंख्या झण्डै...

Monday, June 18, 2018

दाता परिवारले नै मुद्धा हालेपछि विद्यालयलाई समस्या

सुरुङ्गा,झापा ५असार (रासस)  झापाका कतिपय सामुदायिक विद्यालयले आर्थिक श्रोत जुटाउन नसकेर विद्यालयको नाममा रहेको जग्गाको मालपोत समेत बुझाउन सकेका छैनन् । सय विगाह भन्दा बढी जमिन विद्यालयको नाममा भए पनि जग्गा ठेक्कामा लिएर उपभोग गर्नेले ठेक्का नबुझाउँदा विद्यालयलाई अहिले मालपोत तिर्न समेत धौ–धौ छ । तर, झापामा एउटा यस्तो सामुदायिक विद्यालय छ जुन विद्यालयको नाममा दश धुर मात्रै जग्गा छ । जिल्लाकै नमूना विद्यालय मध्येको बिर्तामोड नगरपालिका–२ रामचौकमा...

Monday, May 21, 2018

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

झापा, जेठ ८ ।  झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो । जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते¥ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उहाँले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । फलस्वरुप सो...

ब्लग सेयर गर्नुहोला।