Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, April 12, 2015

जवरजस्ती चन्दा उठाउने दुई पक्राउ


सुरुङ्गा (झापा)  चैत  २९ । पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनलाई  रोकेर जवरजस्ती चन्दा उठाउने दुई जनालाई प्रहरीले झापाको वुट्टावारीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ५ निवासी १९ वर्षीया मुकेश थलाङ र वाहुनडागी– ८ निवासी ३२ वर्षीया  डिल्लीवहादुर पुरी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनीहरुलाई प्रहरीले रसिद सहिद पूर्व पश्चिम राजमार्गको शनिअर्जुन नगरपालिकामा पर्ने वुट्टावारी सडक खण्डबाट फक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।
पक्राउ परेका थलाङ र पुरीले माधक पदार्थ सेवन गरी विभिन्न संघ संस्थाको नाममा चन्दा उठाएको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।