जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजसंग रेडियो सनराइजका लागि अन्र्तरवार्ता लिइसकेपछि प्रसाद ग्रहण गर्दै ।
पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी
सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।
पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी
अफिसमा एक क्लिक
सुरेन्द्र भण्डारी
पत्रकारिता एक चुनौती
सुरेन्द्र भण्डारी
रिपोर्टिंगको सिलसिलामा
सुरेन्द्र भण्डारी
पोखरा घुमघाम एक झलक
Showing posts with label फोटो. Show all posts
Showing posts with label फोटो. Show all posts
Friday, May 5, 2017
Monday, January 16, 2017
उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट राससकर्मी भण्डारी पुरस्कृत

यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ ।
स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी आज पुरस्कृत हुनुभएको हो । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि पाखेरेलले नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
विगत ११ वषदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ झापाका सदस्य हुनुहुन्छ । उहाँलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै विगत अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनुभएका यलम्बर टाइम्सका सम्पादक दिपीन राई पनि पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
उहाँले एक्लो प्रयासमा मात्र शिक्षामा देखिएका समस्याको आमूल परिवर्तन हुन नसक्ने भएकाले शिक्षा ऐन नै संशोधन गर्दै अघि बढेको र यसलाई थप प्रभावकारी बनाउन विद्यार्थीदेखि अभिभावक, शिक्षक र सरकार नै गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।
नीतिगत सुधार भए पनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सकिएन भने त्यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ थियो ।






