Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Showing posts with label विकास. Show all posts
Showing posts with label विकास. Show all posts

Tuesday, February 9, 2016

गाउँलेले बनाए भुतेनी खोलामा पक्की पुल

सुरुङ्गा(झापा) माघ ।
 झापाको गरामनी – ८ बद्रीबाडीका स्थानीयवासीले भुतेनी खोला पक्की पुल निर्माण गरेका छन् ।
सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त स्रोतलाई परिचालन गर्दै स्थानीयस्तरमा आर्थिक सहयोग र जनश्रमदान जुटाएर पक्की पुल निर्माण गरेका हन् । यसअघि भुतेनी खोलामाथि जीर्ण अवस्थामा रहेको काठको पुल भएको स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा पक्की पुल निर्माण गरिएको हो । सरकारीस्तरबाट प्राप्त सहयोगको अलावा स्थानीयस्तरबाट संकलित रकम र स्थानीय बासिन्दाको जनश्रमदानबाट पुल निर्माण सम्पन्न गर्न सफल भएको पुल निर्माण समितिका अध्यक्ष युवराज ओलीले बताउनुभयो ।
 स्थानीय गौरीप्रसाद घिमिरेका अनुसार पुल निर्माणका लागि सरकारीस्तरबाट रु ४ लाख ५० हजार रुपैयाँ, गैरसरकारी निकायहरुबाट रु ५ लाख ७७ हजार रुपैयाँ र स्थानीय बासिन्दाको तर्फबाट रु ३ लाख ४६ हजार रुपैयाँ संकलन भएको थियो ।
गाउँलेको सक्रियतामा गरामनी – ९ विराटपोखरबाट वडा नम्बर ८ हुँदै बद्रीबाडी र सहिद लक्ष्मी प्राथमिक विद्यालयसम्म पुग्ने बाटोमा पुल निर्माण गरिएको हो । 

ब्लग सेयर गर्नुहोला।