Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Showing posts with label झापा. Show all posts
Showing posts with label झापा. Show all posts

Friday, September 8, 2017

शिक्षा दिवसमा सम्मान


सुरुङ्गा(झापा) २४ भदौ ।  संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका जिल्ला शिक्षा समिति झापाले शुक्रवार शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा संघ संस्थालाई सम्मान गर्दै ३८ औ अन्तराष्ट्रिय शिक्षा दिवस मनाएको छ ।
दिवसको अवसरमा  उत्कृष्ट स्रोत केन्द्रको रुपमा आदर्श मावि स्रोत केन्द्र मेचीनगर सम्मानित भएको छ । त्यसैगरी उत्कृष्ट माध्यमिक विद्यालय (सामुदायिक तर्फ) हिमालयन मा.वि. दमक र कनकाई मावि सुरुङ्गा, (संस्थागत तर्फ) सिद्धार्थ बोर्डिङ स्कूल दमक, उत्कृष्ट प्राथमिक विद्यालय तर्फ जनता प्रा.वि. कचनकवल, उत्कृष्ट आधारभूत विद्यालय तर्फ कृष्ण आधारभूत विद्यालय मेचीनगर सम्मानित भएका छन् ।
उत्कृष्ट गुरुकुलमा श्री कृष्ण द्घेपायन गुरुकुल वेद विद्याश्रम भद्रपुर , ,उत्कृष्ट मदरसामा श्री मदरसा इस्लामिया फिजुल उलुम सम्मानित भएका छन् । उत्कृष्ट सामुदायिक सिकाई केन्द्र तर्फ राजगढ सामुदायिक सिकाई केन्द्र र उत्कृष्ठ बाल क्लवको रुपमा बाल सुवोधिनी आधारभूत विद्यालयको बाल क्लव सम्मानित भएका छन् ।
यसैबीच कार्यक्रममा २०७३ सालको एसइ परीक्षामा झापामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी  सिमरा सुवेदी, सविना भण्डारी, प्रमिला उप्रेती र पूर्णिमा तामाङ्गलाई सम्मान गरिएको थियो । त्यसैगरी २०७३ साल कै कक्षा ८ को जिल्ला स्तरीय परीक्षाबाट झापामा उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरु इसा साउदेन, सुरेश शर्मा, प्रवेश मिश्र, पदम कुमारी राजवंशी, पुष्कर दाहाल र नगेन बोहोरालाई नगद २ हजारसहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख तथा जिल्ला शिक्षा समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौँलागाई लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

माओवादी केन्द्रका नेता कार्यकर्ता धमाधम पार्टी परित्याग गर्दै





सुरुङ्गा(झापा) २४ भदौ ।  नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तुलसीप्रसाद ओलीसहित १३ जना  नेता तथा कार्यकर्चाले पार्टी परित्याग गरेका छन् ।
 पार्टी विधान विपरित सञ्चालन भएको भन्दै ओलीसहित १३ जना  ले पार्टी परित्याग गरेका हुन् । उनीहरुले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन ।
पार्टी परित्याग गर्नेहरुमा साविक हल्दिवारी १ का अध्यक्ष जीवन तामाङ, २ का अध्यक्ष भैरव राजवंशी, २ का चुनाव परिचालन आर्थिक संयोजक शेरवहादुर श्रेष्ठ, ३ का भीमवहादुर घिमिरे, ४ का विजय राजवंशी, ४ कै उपाध्यक्ष खड्गवहादुर तामाङ,६ का सचिव रामवहादुर श्रेष्ठ, ८ का अध्यक्ष तेजवहादुर खतिवडा रहनु भएको छ ।
 त्यस्तै साविक हल्दिवारी २ का अखिल नेपाल महिला संघ क्रान्तिकारी सचिव अमिना राजवंशी, साविक हल्दिवारी ९ का अध्यक्ष जगदीश साह, पूर्व हल्दिवारी कोषाध्यक्ष धनवहादुर विष्ट र हल्दिवारी गाउँपालिका दलित मुक्ति मोर्चा अध्यक्ष डिल्ली परियारले पनि पार्टी परित्याग गर्नुभएको छ । 

Wednesday, July 12, 2017

सार सकिन लाग्दा झापामा २३ प्रतिशत मात्र रोपाई


झापा, असार २९ । असार सकिन लाग्दा पनि झापामा २३ प्रतिशत मात्र रोपाई भएको छ ।

धन उत्पादनका लागि मुलुककै धेरै धान उत्पादन हुने जिल्लाका रुपमा चिनिएको झापामा हाल सम्म २३ प्रतिशत मात्र रोपाई भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले बताउनुभयो । स्थानीय निर्वाचनका कारण रोपाइँ प्रभावित भएको उहाँको भनाई छ । वीऊ राख्ने समय र रोप्ने समयमा   किसान चुनावी कार्यक्रममा सहभागी भएका कारण रोपाई प्रभावित भएको हुनसक्छ डाँगीले भन्नुभयो ।
झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ भने २० हजार ३ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती  हुने गरेको छ ।

Monday, January 16, 2017

उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट राससकर्मी भण्डारी पुरस्कृत


यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ ।

स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी आज पुरस्कृत हुनुभएको हो  । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि पाखेरेलले नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्र  प्रदान गर्नुभयो ।
विगत ११ वषदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ  झापाका सदस्य हुनुहुन्छ । उहाँलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै विगत अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनुभएका  यलम्बर टाइम्सका सम्पादक दिपीन राई पनि पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री पोखरेलले  शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
उहाँले एक्लो प्रयासमा मात्र शिक्षामा देखिएका समस्याको आमूल परिवर्तन हुन नसक्ने भएकाले शिक्षा ऐन नै संशोधन गर्दै अघि बढेको र यसलाई थप प्रभावकारी बनाउन विद्यार्थीदेखि अभिभावक, शिक्षक र सरकार नै गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।
नीतिगत सुधार भए पनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सकिएन भने त्यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ थियो ।

Thursday, October 27, 2016

अस्पताल छ , बेड छैन / डेंगू रोगीको भुइँमै उपचार

बिर्तामोड, कात्तिक ११ ।
सरकारले झापाको दमकमा १५ शैयाको दमक अस्पताल सञ्चालनमा ल्याएपनि पूर्वाधार नभएपछि डेंगु रोगी निजी अस्पताल जान बाध्य छन् ।
स्वास्थ्य सेवा विभागबाट रोग नियन्त्रणका लागि डा. यदुचन्द्र घिमिरे नेतृत्वको टोली झापा आएपनि अस्पतालमा आवश्यक पूर्वाधार नभएपछि डेंगूरोगीले सहजै सेवा पाउन सकेका छैनन् । अस्पतालमा वेड नभएका कारण विरामीको भुइँमा राखेर उपचार हुँदै आएको छ । दमक अस्पतालमा एउटापनि वेड नभएका कारण सेवा लिन आएका विरामी निजी अस्पताल धाउन बाध्य छन् । योसंगै डेंगूका अधिकंश विरामी अस्पतालमा रगत परीक्षणका लागि ल्यावसमेत नहुँदा निजी अस्पताल तथा क्लिनक जाने गरेका छन् ।
एक साता अघिदेखि झापाको दमकमा देखा परेको डेंगू रोगीको संख्या अहिले दिनानुदिन बढ्दै गएको छ । हालसम्म दमकमा डेंगू रोगीको संख्या १०९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
तीन वर्ष अघिपनि झापामा डेंगू रोग देखा परेको थियो । झापाको काँकरभिट्टामा यो रोगको संक्रमणबाट दुई जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको  तथ्याङ्कमा उल्लेख छ ।
यता दमक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट वुद्धिवहादुर थापाले अस्पतालमा दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुँनु, इन्भरटर नहुँदा  अस्पतालमा ल्याव सेवा सञ्चालन गर्न नसकिनु, अस्पतालमा एउटा पनि बेडको व्यवस्था नभएपछि अस्पताल अएका विरामीलाई बाहिर पठाउने गरेको बताउनुभयो ।  अस्पतालमा तीन जना चिकित्सकको दरवन्दी रहेको समेत उहाँले बताउनुभएको छ ।
दमक अस्पताल चालू आर्थिक वर्षको साउन १ गतेबाट सञ्चालनमा आएपनि आवश्यक पूर्वाधार भने नभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका देवराज कार्कीले बताउनुभयो ।
उता  दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले अस्पतालमा कर्मचारीसहित आवश्यक पूर्वाधार उपलव्ध गराउन सरकारसंग माग गर्नुभएको छ । उहाँले डेंगूले महामारीको रुप लिदापनि सरकारले अस्पताल  प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभयो ।

Friday, June 24, 2016

झापामा डेढ करोड रुपैयाँको रवर उत्पादन


सुरुङ्गा(झापा)  असार  ।  झापामा पछिल्लो समय रवर खेती फस्टाउँदै गएको छ ।
 धान तथा अन्य वाली भन्दा रवर खेतीमा राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषक रवर खेतीतर्फ आर्कसित भएका हुन् । औद्योगीक वालीका रुपमा चिनिएको रवर खेती  सामुदायिक वनलेसमेत लगाउन शुरु गरेको जिल्ला कन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीले बताउनुभयो । झापामा अहिले २ सय ८० हेक्टर क्षेत्रफलमा रवर खेती हुने गरेको छ । रवर खेतीबाट झापामा आर्थिक २०७२÷०७३ मा रु एक करोड ४४ लाख रुपैयाँ आम्दानी भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । चालू आर्थिक वर्षमा एक हजार विगाह क्षेत्रफलमा रवरका विरुवा लगाइएकाले आम्दानी दोव्वर हुने साना किसान प्राकृतिक रवर उत्पादक संघले जनाएको छ ।


 खाली जमिनमा रवर खेती गर्न यहाँका कृषक बढी इच्छुक छन् जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले भन्नुभयो –‘ थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक रवर खेतीतर्फ आर्कषित भएका हुन् ।
झापाको जामुनवारीसहित तीन वटा सामुदायिकवन वन र वुधवारे, शनिअर्जुन, धाइजन, पृथ्वीनगर, घेरावारी, राजगढ, खुदावारी, सुरुङ्गाका कृषकले व्यवसायिक रवर खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । झापाको सुरुङ्गामा लगाइएको ८ हेक्टर क्षेत्रफलको रवरले मात्रै वार्षिक ६ लाख रुपैयाँ आम्दानी दिने गरेको सामदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो । नेपाली वजारमा रवरको अत्याधिक माग रहेको र पूर्वी नेपालमा यसको खेती हुनेगरेपनि सरकारले रवर उत्पादक कृषकलाई प्राथमिकतामा नराखेको कृषकको गुनासो छ ।
झापा, मोरङ र सुनसरीमा मात्रै १५ हजार हेक्टर क्षेत्रफलमा रवर उत्पादन हुने गरेको साना किसान प्राकृतिक रवर उत्पादक संघले जनाएको छ । २०४८ सालबाट झापामा रवर खेती शुरु गरिएको हो । २०४१ सालमा गोरखामा गोरखकाली रवर उद्योग स्थापना भएसंगै झापामा रवर खेती हुन थालेको संघका वाली उपाध्यक्ष शान्तिराम चिमरियाले बताउनुभयो । उहाँका अनुसार झापामा मासिक १० टन रवर उत्पादन हुने गरेको र यसको वजार मूल्य प्रतिकेजी एकसय ८० रुपैयाँ रहेको छ ।
नेपालमा वार्षिक १५ अर्व रुपैयाँ वरावरको रवर आवश्यक भएपनि नेपालमा उत्पादित रवरले ५ प्रतिशत मात्र हिस्सा ओगटेको छ रवर उत्पादक संघका अध्यक्ष पुष्पप्रसाद रेग्मीले भन्नुभयो ।
रवरको बिरुवा लगाएको सातबर्ष पछिबाट उत्पादन (चोप) दिने गर्छ । यसवाट २५ वर्षसम्म निरन्तर आम्दानी लिन सकिने कृषकले बताएका छन् ।
दक्षिण अमेरिकाको ब्राजिलबाट शुरु भएको मानिने रवर खेती २१ देखि ३५ डिग्री सेन्टिगे्रडसम्मको तापक्रममा राम्ररी फष्टाउने  गरेको छ । रबरबाट टायर, बेलन, कण्डम, इलेजर लगायत ५० हजार किसिमका सामाग्री निर्माण गर्न काम लाग्ने गरेको प्राबिधिक रुद्रप्रसाद पौडेले बताएका छन् । रबर सबैभन्दा बढी अक्सिजन फँयाक्ने र कार्वन सञ्चित गर्ने ५औंं वनस्पति हो ।
रबरको उत्पादन हुन छाडेपछि त्यसको काठबाट गुणस्तर काठ, दाउरा, जैविक तेल निकाल्न सकिने बिज्ञहरु बताउँछन् । अक्सिजनको भण्डारकोरुपमा रहेको रबरलाई स–साना टुक्रा जमिन वा करेसावारीमा पनि रोप्न सके आर्थिक स्तरमा वृद्धिका लागि सहयोगी हुने प्राबिधिक पौडेलले बताएका छन् ।

धुवाँ घर बनाउन ५ कृषकलाई अनुदान
झापाली कृषक रवर खेतीतर्फ आर्कसित भएसंगै जिल्ला कृषि विकास कार्यालयले कृषकलाई रवन प्रशोधन भट्टी(धुवाँ घर)मा अनुदान दिएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाका अनुसार  राष्ट्रिय औद्योगीक वाली विकास कार्यक्रम मार्फत तीन जना र जिल्ला कृषि विकास कार्यालयले दुई जनालाई अनुदान दिएको हो ।
रवन प्रशोधन भट्टी (धुवाँ घर) निर्माणमा अनुदान पाउने कृषकहरुमा वालकृष्ण सापकोटा घेरावारी–९,चन्द्रप्रकाश दाहाल पृथ्वीनगर–४,प्राकृतिक रवर सहकारी संस्था वुधवारे, ओमप्रकाश वास्तोला वुधवारे–७ र शान्तिराम चिमरिया धाइजन रहेका छन् ।
कृषकलाई रवर खेतीमा सहजताका लागि ‘रवर स्मोक हाउस’ निर्माणमा सहयोग पु¥याइरहेको  बताइएको छ ।  जमिन वाँझो रहदै गएको क्रममा चुरे क्षेत्रको तल्लो भूभाग र खाली रहेको सामुदायिक वन क्षेत्रमा समेत रवर खेती गरी आम्दानी बढाउन सकिने  जिल्ला कृषि बिकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत तिम्सिनाले बताउनुभयो । प्रशोधन र रवर जन्य घरेलु वढाउन तर्फ प्राविधिक पक्षलाई सवल वनाई कृषकहरुलाई छिमेकी राष्ट्रको अवलोकन गराई रवरमा औद्योगीक फड्को मान सकिने समेत उहाँको भनाई छ ।

Tuesday, June 7, 2016

अस्पताल परिसरमा नै सूर्तीजन्य पदार्थ


अस्पलात, विद्यालय तथा सरकारी कार्यालय परिसर एकसय मिटर भित्र सूर्ती जन्य पदार्थ वेचविखन गर्न नपाइने प्रावधान छ ।
 तर झापाको बिर्तामोडमा रहेका अस्पता
ल परिसरबाट ठूलो परिमाणमा सूर्तीजन्य पदार्थ बरामत गरिएको छ । सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले आज बिर्तामोडमा अनुगमन गरी त्यस्ता पदार्थ वरामद गरेको हो । बिर्तामोडको मनमोहन, विएण्डसी, कनकाई, विर्तासिटी, तथा ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालयको एकसय मिटर परिसरमा रहेका पसलहरुमा अनुगमन गरिएको थियो । सो क्रममा एकसय ५० प्याकेट गुड्खा , ६० प्याकेट खैनी, ५० वट्टा चुरोट, एकसय प्याकेट तुलसी र १२ लिटर घरेलु मदिरा वरामद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत व्रजेश मेहताले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा पसलमा देखाएर राखिएका सूर्ती जन्य पदार्थ मात्र चेतावनी स्वरुप नियन्त्रणमा लिइएको र कानूनले वन्देज गरेको त्यस्ता सूर्तीजन्य पदार्थ पुनः बिक्री वितरण गरेको पाइएमा जरिवाना सहित कारवाही गरिने जनाइएको छ । वरामद साम्रगी इलाका प्रहरी कार्यालय बिर्तामोडमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो ।
झापामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले यस अघिपनि भद्रपुर धुलावारी लगायतका स्थानमा अनुगमन गरी सूर्तीजन्य पदार्थ वरामद गरेको थियो । अनुगमनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालय मेचीलाई धुम्रपान तथा सूर्तीजन्य सेवन निषेधित क्षेत्र लेखिएको वोर्ड समेत प्रदान दिइएको थियो । अनुगमनमा समितिका सदस्य जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, जिल्ला विकास समिति झापाका योजना अधिकृत दीपक दाहाल, जिल्ला कृषि विकास कार्यालय झापाका लेखा अधिकृत विरेन्द्र वहादुर वस्नेत , घरेलु कार्यालयका अधिकृत चन्द्र  मिश्र, सञ्चारकर्मी तथा प्रहरीको सहभागीता रहेको थियो ।

ब्लग सेयर गर्नुहोला।