Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Showing posts with label प्रेम. Show all posts
Showing posts with label प्रेम. Show all posts

Monday, January 23, 2017

प्रेमीकासंग एउटै डोरीमा झुण्डिएका लोकनाथको बल्ल सुरुभयो काज किरिया



सुरुङ्गा (झापा) ११ माघ ।  नागरिक समाजले दवाव दिएपछि मृत्यु भएको चार दिनपछि वल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई(इश्वरी)को हिन्दू परम्परा अनुसार हिजो अपराह्रानबाट काजकिरिया सुरु भएको छ ।

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका  कनकाई नगरपालिका– ७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो ।  भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काज किरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ । उनको काज किरियाका लागि हिजो सोमवार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्र ३ वजेबाट  उनको काजकिरिया थालिएको हो ।
हिजो अपराह्रबाट मृतकका ठूलोवुवा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा वस्नुभएको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताउनुभयो । भट्टराईको काजकिरिया गराउन गंगा उप्रेती, धनपति चुडाल लगायतले पुरोहित गौतमलाई अनुरोध गरेपनि  उनले आफूले नभ्याउने भन्दै उनको काज किरिया नगराएपछि अर्को पुरोहितको व्यवस्थापन गरिएको खरेलले बताउनुभयो ।
स्थानीय समाजसेवी गोपाल सिवाकोटीले भन्नुभयो  ‘हामी तुरन्तै ‘मन्सापुरे समाज’ गठन गरी एउटा हिन्दुले अर्को हिन्दुलाई उपहास गरेको र  अन्तरजातीयताको नाममा गरिएको विभेदको अन्त्यका लागि  चाँडै हिन्दु महासंघमा समेत छलफल गरी यस्तो सामाजिक अन्योलताको अन्त्यका लागि अभियान चलाइने बताउनुभयो । भट्टराईले पुज्दै आएका पुरोहित गौतमलाई  अब अन्य व्यक्तिले समेत नपुज्ने बताइएको छ ।
गत शुक्रवार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।
मृतकको लास पोष्टमार्टम गरेपछि वैदिक परम्पराअनुसार दाहसस्कार गर्ने समयमा पुजेका पुरेतलाई खवर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोक माथि शोक थपिएको थियो ।

ब्लग सेयर गर्नुहोला।