Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Monday, November 7, 2016

कमिसनखान विरामी भारत रेफर


सुरुङ्गा(झापा) २३ कात्तिक । झापाका केही चिकित्सकले विरामीलाई भारत ‘रेफर’गरी कमिसन मोटो कमिसन लिने गरेको थप रहस्य उजागर भएको छ ।
झापाका चिकित्सक लक्ष्मी मैनालीले विरामीलाई भारतको सिलगढीस्थित जुपिटर एमआरआई सेन्टरमा पठाएर कमिसन लिने गरेको पाइएपछि यस्तो  रहस्य सार्वजनिक  भएको हो । हाड जोर्नी तथा नशारोग विशेषज्ञ डां मैनालीले आफूसंग चिकित्सकीय परामर्श लिन आएका विरामीलाई चेकजाँचका नाममा भारत रेफर गरी मोटो रकम कमिसनको रुपमा अशुल्दै आएका छन् । उनले भारतीय अस्पतालबाट २० प्रतिशतसम्म कमिसन लिने गरेकाछन् ।
झापाका विभिन्न फार्मेसी तथा मेडिकल हलमा घुम्तीसेवा प्रदान गर्दै आएका डा मैनालीले धुलावारीस्थित किरण मेडिकल हलमा स्वास्थ्योपचारका लागि आएका काँकरभिट्टाका ५३ वर्षीय लीलानाथ आङ्दाम्वेलाई सिटी स्क्यान र एमआरआईका लागि भन्दै  सिलगुढीस्थित जुपिटर एमआरआई सेन्टरमा पठाएको पाइएको छ । उनले चिकित्सक आचार संहिता विपरित किरण मेडिकल हलको नामको लेटरप्याडमा जुपिटर एमआरआई सेन्टरको नाम नै तोकेर विरामीलाई रेफर गर्दै आएको पाईको हो ।
चिकित्सक आचार संहिता वमोजिम कुनै पनि चिकित्सकले प्रेसक्रिप्सनमा स्वास्थ्य संस्थाको नाम तोकेर विरामीलाई रेफर गर्न नपाइएने प्रावधान रहेको छ । तर, डा. मैनालीले आचार संहिताको उल्लङ्घन गर्दै खुलेआम विरामीलाई भारत रेफर गर्दै आएका छन् ।
हुन त यस अघिपनि झापाका केही चिकित्सकले उपचारका नाममा विरामीलाई भारत रेफर गरी भारतीय अस्पताल तथा डाइग्नोष्टिक सेन्टर  र सिटीस्क्यान सेन्टरबाट ४० प्रतिशतसम्म  खादै आएको समाचार सार्वजनिक भएको थियो । यस अघि बिर्तामोडको  एक अस्पताल कार्यरत अर्थाेपेडिक डाक्टर आनन्दराज खनालले भारतीय अस्पतालबाट २० प्रतिशतसम्म कमिसन लिने गरेको खुलासा गरेका थिए । तर, उपचारका नाममा भारत रेफर गरी चिकित्सकले कमिसन लिने गरेको कुरा आचार संहिता विपरित भएको  चिकित्सक संघ मेचीका अध्यक्ष तथा मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्वर ठाकुरले बताए । उनले नेपालका सुविधा सम्पन्न अस्पतामा रेफर गर्ने अधिकर भएपनि स्थानीयस्तरमै उक्त सुविधा उपलव्ध भएको अवस्थामा भारतीय अस्पतालमा रेफर गर्न नपाइने बताए ।
 चिकित्सक आचार संहिता अनुसार भारत रेफर गरी कमिसन खादै आएका मैनालीले आफूले विरामीको नाकारीका लागि प्रेसक्रिप्सनमा नै सिटी स्क्यान सेन्टरको नाम उल्लेख गर्ने गरेको बताए । उनले भने –केही डाक्टरहरुले भारतका अस्पतालबाट कमिसन खाने गरेपनि मैले त्यस्का लागि नभई विरामीको सुविधाका लागि भारत रेफर गरेको हुँ ।
उनले झापाका केही चिकित्सकले सिलगुडिका विभिन्न अस्पतालबाट कमिसन लिदै आएको स्विकार गरे । यता श्रोतका अनुसार डा मैनालीले नेपाली मुलका डाक्टर सिद्धीराज शर्माले सञ्चालन गरेको उक्त जुपिटर एमआरआई सेन्टरबाट २० देखि २५ प्रतिशत सम्म कमिसन लिदै आएको जनाएको छ । उनले उपचारका लागि आएका विरामीलाई नेपालकै विभिन्न अस्पतालमा उपलब्ध भएका अत्याधुनिक प्रविधिको सेवाका लागि समेत भारत रेफर गर्दै आएका छन् । तर, यस अघि कमिसन लिदै आएका चिकित्सकलाई अहिलेसम्म मेडिकल काउन्सिलले कारवाही नगरेकाले सम्मानित पेशामा समेत कमाउधन्दाले प्रश्रय पाएको सरोकारवालाको वुझाई छ ।

भारत रेफर गर्न मिल्दैन 
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त वास्कोटाले चिकित्सककले नेपाल वाहिर विरामीलाई रेफर गर्न नमिल्ने बताएका छन् । नेपालमा नै सेवा सुविधा छ भने त्यस्तो अवस्थामा कुनै पनि विरामीलाई भारत लगायतका अन्य देशमा रेफर गर्न नहुने बताए ।
उनले पछिल्लो समय झापामा त्यस्ता  गतिविधि भइरहेको उजुरी परेकाले तत्काल छानविन गरी कारवाही अघि बढाएने बताए । त्यसका लागि छानविन  टोली नै तयार पारेको उनको भनाई छ । 

Thursday, October 27, 2016

अस्पताल छ , बेड छैन / डेंगू रोगीको भुइँमै उपचार

बिर्तामोड, कात्तिक ११ ।
सरकारले झापाको दमकमा १५ शैयाको दमक अस्पताल सञ्चालनमा ल्याएपनि पूर्वाधार नभएपछि डेंगु रोगी निजी अस्पताल जान बाध्य छन् ।
स्वास्थ्य सेवा विभागबाट रोग नियन्त्रणका लागि डा. यदुचन्द्र घिमिरे नेतृत्वको टोली झापा आएपनि अस्पतालमा आवश्यक पूर्वाधार नभएपछि डेंगूरोगीले सहजै सेवा पाउन सकेका छैनन् । अस्पतालमा वेड नभएका कारण विरामीको भुइँमा राखेर उपचार हुँदै आएको छ । दमक अस्पतालमा एउटापनि वेड नभएका कारण सेवा लिन आएका विरामी निजी अस्पताल धाउन बाध्य छन् । योसंगै डेंगूका अधिकंश विरामी अस्पतालमा रगत परीक्षणका लागि ल्यावसमेत नहुँदा निजी अस्पताल तथा क्लिनक जाने गरेका छन् ।
एक साता अघिदेखि झापाको दमकमा देखा परेको डेंगू रोगीको संख्या अहिले दिनानुदिन बढ्दै गएको छ । हालसम्म दमकमा डेंगू रोगीको संख्या १०९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
तीन वर्ष अघिपनि झापामा डेंगू रोग देखा परेको थियो । झापाको काँकरभिट्टामा यो रोगको संक्रमणबाट दुई जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको  तथ्याङ्कमा उल्लेख छ ।
यता दमक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट वुद्धिवहादुर थापाले अस्पतालमा दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुँनु, इन्भरटर नहुँदा  अस्पतालमा ल्याव सेवा सञ्चालन गर्न नसकिनु, अस्पतालमा एउटा पनि बेडको व्यवस्था नभएपछि अस्पताल अएका विरामीलाई बाहिर पठाउने गरेको बताउनुभयो ।  अस्पतालमा तीन जना चिकित्सकको दरवन्दी रहेको समेत उहाँले बताउनुभएको छ ।
दमक अस्पताल चालू आर्थिक वर्षको साउन १ गतेबाट सञ्चालनमा आएपनि आवश्यक पूर्वाधार भने नभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका देवराज कार्कीले बताउनुभयो ।
उता  दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले अस्पतालमा कर्मचारीसहित आवश्यक पूर्वाधार उपलव्ध गराउन सरकारसंग माग गर्नुभएको छ । उहाँले डेंगूले महामारीको रुप लिदापनि सरकारले अस्पताल  प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभयो ।

Tuesday, June 7, 2016

अस्पताल परिसरमा नै सूर्तीजन्य पदार्थ


अस्पलात, विद्यालय तथा सरकारी कार्यालय परिसर एकसय मिटर भित्र सूर्ती जन्य पदार्थ वेचविखन गर्न नपाइने प्रावधान छ ।
 तर झापाको बिर्तामोडमा रहेका अस्पता
ल परिसरबाट ठूलो परिमाणमा सूर्तीजन्य पदार्थ बरामत गरिएको छ । सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले आज बिर्तामोडमा अनुगमन गरी त्यस्ता पदार्थ वरामद गरेको हो । बिर्तामोडको मनमोहन, विएण्डसी, कनकाई, विर्तासिटी, तथा ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालयको एकसय मिटर परिसरमा रहेका पसलहरुमा अनुगमन गरिएको थियो । सो क्रममा एकसय ५० प्याकेट गुड्खा , ६० प्याकेट खैनी, ५० वट्टा चुरोट, एकसय प्याकेट तुलसी र १२ लिटर घरेलु मदिरा वरामद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत व्रजेश मेहताले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा पसलमा देखाएर राखिएका सूर्ती जन्य पदार्थ मात्र चेतावनी स्वरुप नियन्त्रणमा लिइएको र कानूनले वन्देज गरेको त्यस्ता सूर्तीजन्य पदार्थ पुनः बिक्री वितरण गरेको पाइएमा जरिवाना सहित कारवाही गरिने जनाइएको छ । वरामद साम्रगी इलाका प्रहरी कार्यालय बिर्तामोडमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो ।
झापामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले यस अघिपनि भद्रपुर धुलावारी लगायतका स्थानमा अनुगमन गरी सूर्तीजन्य पदार्थ वरामद गरेको थियो । अनुगमनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालय मेचीलाई धुम्रपान तथा सूर्तीजन्य सेवन निषेधित क्षेत्र लेखिएको वोर्ड समेत प्रदान दिइएको थियो । अनुगमनमा समितिका सदस्य जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, जिल्ला विकास समिति झापाका योजना अधिकृत दीपक दाहाल, जिल्ला कृषि विकास कार्यालय झापाका लेखा अधिकृत विरेन्द्र वहादुर वस्नेत , घरेलु कार्यालयका अधिकृत चन्द्र  मिश्र, सञ्चारकर्मी तथा प्रहरीको सहभागीता रहेको थियो ।

Saturday, January 30, 2016

दुईसय ६१ जनाको निःशुल्क आँखा परीक्षण



सुरुङ्गा (झापा) १७ माघ।

जगतवस्ती शान्ति टोल सुधार समिति बिर्तामोडको आयोजनामा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २ सय ६१ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको जगतवस्ती शान्ति टोल सुधार समितिका सचिव प्रेमकुमार खरेलले जानकारी दिनुभयो ।
शिविरमा आँखा परीक्षण गराएका मध्ये १७ जनाको मोतियाविन्दु शल्यक्रिया र ४ जनाको मासु पलाएको शल्यक्रियाका लागि हस्पिटलले पठाइएको बताइएको छ ।
जगतवस्ती शान्ति टोल सुधार समितिका उपाध्यक्ष रवीन बस्नेतको अध्यक्षता तथा समाजसेवी राजकुमार पोखरेलको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको थियो । 

Saturday, December 19, 2015

झापामा ध्वनि प्रदुषण बढ्यो

 झापामा ध्वनि प्रदुषण बढ्यो
ट्राफिक प्रहरीलाई टेर्दैनन् यातायात व्यवसायी 
(सुरेन्द्र भण्डारी )

सुरुङ्गा(झापा) ४ पुस । यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ध्वनि प्रदुषण नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गरेपनि यातायात व्यवसायीले अटेर गरेका कारण ध्वनि प्रदुषण बढ्दै गएको हो । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिँदै गएको बिर्तामोड लगायत काँकरभिट्टा, धुलावारी, चारआली, सुरुङ्गा, झिलझिले, दमकमा ध्वनि प्रदुषणका कारण यस क्षेत्रका स्थानीयवासिन्दा मात्र नभई यात्रा गर्ने यात्रुले समेत सास्ती व्यहोर्ने गरेको बताइएको छ । बढ्दो सवारीसाधनको चापसंँगै अनावश्यक ठाउँमा हर्नको प्रयोग नगर्न र पुराना (थोत्रा) सवारी साधन प्रयोग नगर्न सरकारले आग्रह गरेपनि त्यसलाई बेवास्ता गर्दै सवारीधनीले निर्वाधरुपमा पुराना सवारी साधन सञ्चालन गरिरहेका छन् ।

पुरानो इन्जिनका कारण सवारी साधनको आवाज ठूलो आउने, बढी धँुवा फ्याँक्ने र सवारी चालकले अनावश्यक ठाउँमा हर्नको प्रयोग गर्ने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएपनि अधिकांश सवारी अभैm निर्वाध रुपमा झापामा सञ्चालित रहेका छन् । झापाबाट दैनिक रुपमा सयौंंको संख्यामा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउने गरेका छन् । जसका कारण बिर्तामोड लगायत सुरुङ्गा, दमक, चारआली, धुलावारी, काँकरभिट्टा जस्ता सहर वजारमा ध्वनि प्रदुषण बढेको जनाइएको छ । सवारी साधनबाट निस्किएको विद्युतीय हर्नले ध्वनि प्रदुषणलाई बढावा दिएपनि सम्वन्धित निकायले कडाइका साथ कारवाही नगर्दा आफूहरुलाई समस्या भएको गोविन्द हार्डवेयरका सञ्चालक प्रदीपकुमार देवले बताए । उनले राजमार्गमा गुड्ने सवारी साधनले चर्काे हर्न बजाउँदा आसपासका सवैलाई समस्या हुने गरेको बताए । अनावश्यक स्थानमा हर्नको प्रयोग गर्ने, नीति नियम पालना नगर्ने र अटेर गर्नेमाथि कारवाही नहुने प्रवृत्तिका कारण विर्तामोडमा ध्वनि प्रदुषण बढेको उनको भनाइ छ । विद्यालय, अस्पताल जस्ता अति संवेदनशील र निषेधित क्षेत्रमासमेत चर्को हर्न बजाउने प्रवृति झापामा बढ्दो छ । बढ्दो जनघनत्वका कारण प्रदुषण बढी रहेका बेला ध्वनि प्रदुषणले विकराल रुप लिँदै गएको स्थानीय व्यवसायी युवराज दाहालले बताए । ध्वनि प्रदुषण भएको स्थानमा लगातारको सम्पर्कबाट मनोवैज्ञानिक र मानसिक समस्याहरु देखिने वातावरण विद्हरुको भनाइ छ । जुन ठाउँमा चर्को ध्वनि उत्पन्न हुन्छ, त्यसले स्थानीय क्षेत्रलाई नै कोलाहलमय बनाउने र यसको प्रभावले मानिसको श्रवण शक्तिमा ह्रास आउने, ढिलो सुन्ने, निश्चित डेसिमलको आवाज मात्र सुनिने जस्ता समस्याहरु देखा पर्ने मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले जानकारी दिए । ध्वनि प्रदुषणका कारण मुटुका रोगीहरुको रोग बल्झिने, रगतको चाप असामान्य हुने, कार्य कुशलतामा ह्रास ल्याउने, पहिचान गर्न समस्या हुने, झर्को लाग्ने जस्ता समस्याहरु देखापर्ने पूर्णटुङ्ग विर्ता्सिटी हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर अनिल बस्नेतले बताए । ध्वनि प्रदुषण न्युनीकरणका लागि सडकको अवस्था सुधार गरिनु पर्ने, सवारी अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, सवारी साधनको अवस्थामा सुधार ल्याउनु पर्ने, बढी प्रदुषण फैलाउने इन्जिन भएका सवारी साधनको विस्थापन, सडक अनुशासनलाई कडाईका साथ लागू गर्नुपर्ने कानूनी प्राबधान छ । तर, यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्यले बताए । उनले बढ्दो ध्वनि प्रदुषणलाई नियन्त्रणमा लिन सवारी साधनमा जडान गरिएका हर्न निकाल्ने अभियान नै सञ्चालन गरेपनि पूर्ण रुपमा प्रभावकारी बन्न नसकेपछि अटेर गर्ने सवारीको अभिलेखीकरण गर्दै कारवाही अघि बढाउने बताए । प्रहरी निरीक्षक आचार्यले ट्राफिक प्रहरीले हालसम्म दुई सय १४ सवारी साधनलाई कारवाही गरिसकेको र तीनसय ४२ वटा सवारी साधनबाट पे्रसर हर्न निकाली सकेको जानकारी दिए । बोराका–बोरा सवारी साधनबाट दिनहुँजसो हर्न थुत्छौं, कारवाही गर्छाैं कस्ता अटेरी हुँदा रहेछन् हर्न फेरि जोडिहाल्छन् अब अभियानलाई थप कडाइका साथ अघि बढाउँछौं –आचार्यले भने । यता यातायात व्यवसायी एलपी सिटौलाले आफूहरुपनि ध्वनि प्रदुषणको विरोधी भएपनि सवारी सञ्चालन गर्ने क्रममा सडकमा हिँड्ने कसैले नटेरेका कारण यस्तो समस्या आएको बताए । उनले सडकमा गुड्ने साइकल, रिक्सा, ठेलालाई ट्राफिक प्रहरीले व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

ब्लग सेयर गर्नुहोला।