Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Monday, May 21, 2018

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण



झापा, जेठ ८ ।  झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो ।

जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते¥ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उहाँले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । फलस्वरुप सो संस्थामा आबद्ध जापानी नागरिकले अहिले झापाका एक दर्जनभन्दा बढी विद्यालयलाई करोडौँ रुपैयाँका भवन निर्माण गरिदिएका छन् । डा राजीव अहिले सो संस्थामा नेपालका लागि ‘कोअर्डिनेटर’का रूपमा अहिले पनि आबद्ध हुनुहुन्छ । भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानमा समेत आबद्ध उहाँ भद्रपुरका शिक्षासेवी घनश्याम खनालका छोरो हुनुहुन्छ । बुबाको निधनपछि स्थापित सो प्रतिष्ठानले सो जापानी संस्थासँग सहकार्य गर्दै झापाका विभिन्न विद्यालयमा भवन निर्माण गर्दै आएको छ ।

ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु


झापा,जेठ ८ ।  झापाको कमल गाउँपालिका –  ५ मा गएराति सडकमा राखिएको  ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
मे १ त ४५२८ नम्बरको ट्याक्टर बिगिएपछि कमल गाउँपालिका – ५ स्थित पाडाजुँगी चौकमा सडकमै रोकी राखेको ट्याक्टर को ३३ प १९५१ नम्बरको मोटरसाइकल ठक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

Wednesday, November 29, 2017

तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला झापाको चुनावी चर्चा





सुरुङ्गा (झापा) १२ मंसिर (रासस)  राजनीतिको केन्द्र भागमा रहेर सधैं चर्चामा रहने जिल्ला हो झापा । तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला हुनुसंगै मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुको उम्मेद्वारी रहेकाले यस पटक पनि झापा अझ बढी चर्चामा छ ।

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसहित नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेन्द्रकुमार कार्की (राम कार्की), नेपाली कंग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा पनि चुनावी मैदानमा रहेकाले झापाको चुनावी चर्चा देशभर चुलिएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली झापा क्षेत्र नम्वर ५ बाट चुनाव लड्दै हुनुहुन्छ । उहाँसंग नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्वार डा खगेन्द्र अधिकारीसहित १४ जना प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।
यता नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्वर ३ बाट चुनाव लड्दै हुनुहुन्छ । उहाँसंग राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसहित १२ जना  प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।
झापा क्षेत्र नम्वर १ मा पनि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य राम कार्की चुनाव लड्दै हुनुहुन्छ । पूर्व सञ्चारमन्त्री समेत रहनुभएका कार्कीसंग नेपाली कंग्रेसका केन्द्रीय सदस्य शर्मासहित सात जना प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ । कार्की वाम गठवन्धनकातर्फबाट चुनाव लड्दै हुनुहुन्छ ।
नेपाली कांग्रेस र राप्रपाबीच देशव्यापी चुनावी तालमेल भएपनि झापामा  सिटौला र लिङ्देनबीचको हानथाप र कार्यकर्ताको तानातानले चुनावी तालमेल भङ्ग भएको छ । जसका कारण राप्रपाले वाम गठबन्धनसंग चुनावी तालमेल गरेको छ । लिङ्देन वाम गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएको हो । जसका कारण झापा अझ बढी चर्चामा रहेको छ ।

गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन – थेवे


एकनाथ पोखरेलको राजनीतिक प्ररणाबाट ०४१ सालदेखि नेपाली कंग्रेसको पार्टी  राजनीति सुरु गरेका देउमान थेवे (देउकुमार) अहिले नेपाली कांग्रेसको तर्फबाट झापा क्षेत्र नम्बर–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । पार्टीको आठौँ महाधिवेशनमा क्षेत्रीय सदस्यमा निर्वाचित भएका उनी ०४९ सालमा कुमरखोद गाविसको अध्यक्षमा (५ वडाध्यक्षसहित) निर्वाचित भए ।

०५४ सालमा (८ वडाध्यक्षसहित) दोस्रोपटक कुमरखोद गाविस अध्यक्ष बनेका उनले त्यहीबेला बागी उम्मेदवारको सामनासमेत गरे । नवौँ महाधिवेशनबाट क्षेत्रीय सभापति र पार्टीको जिल्ला सदस्य बनेका थेवेले १२औँ महाधिवेशनपछि झापा कांग्रेसको उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाले । पार्टीभित्र विकासप्रेमी, निडर र स्पष्टवक्ताका रुपमा छवि बनाएका उनले विभिन्न भातृसंस्थाको प्रमुख भएर कार्य गरेका छन्् । १३औँ महाधिवेशनमा महासमिति सदस्य बनेका उनी पार्टीको साह्रोगाह्रो पन्छाउने नेताका रुपमा झापामा चिनिन्छन् ।
०४६ सालमा जनपक्षीय उम्मेदवार बनेर उपप्रधानपञ्चमा चुनाव लडे, कुमरखोदमा । जुनबेला उनले ४३ मतले पराजित हुनुप¥यो । उनीसंग पराजीत हुँदाको समेत अनुभव छ ।  सोही वर्ष नेपाली कांग्रेस कुमरखोदको गाउँ उपसभापति उनी बनेका थिए  ।
आदिबासी जनजाति महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका थेवे ‘रिक्स’ लिएर काम गर्ने नेताका रुपमा स्थापित छन् । जिल्लामा देखापर्ने विभिन्न खाले समस्यामा जुधेर काम गर्ने स्वभावले थेवेलाई कुशल वार्ताकारका रुपमा चिनाएको छ । जनपक्षीय एजेन्डामा सफलता हात पार्ने कौशल भएका थेवे ताप्लेजुङको आम्बेगुदिनमा २०२१ साल मंसीर २९ गते जन्मिएका हुन् । राजनीतिक परिवारमा हुर्किएका उनी जन्मथलो छोडेर झापा कुमरखोदलाई कर्मथलो बनाउदै ०३९ सालमा मधेश झरेका हुन् ।  कृतिमान र दधिमायाका छोरा देउमानको प्रारम्भिक शिक्षा आम्बेगुदिनको ओखरबोटे प्राविबाट सुरु भएको थियो । एसएलसी सम्मको मात्र अध्ययन गरेका उनले  भानु माविमा केही वर्ष अध्ययन गरे र सिनाम माविबाट एसएलसी दिए । ०३६ सालमा एसएलसी दिएका उनी सोही समय पक्राउ परे । नेविसंघको राजनीतिमा सक्रिय उनी चर्चित सिनाम काण्डपछि यातना पाएका व्यक्ति हुन् ।
 मंसीर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वानमा झापा क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसको उम्मेदवार रहेका उनी यतिबेला मतदातालाई घरघरमा पुगेर भेटिरहेका छन् । आदिबासी जनजाती समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा उनले आफ्नो उम्मेदवारीको औचित्य, लक्ष्य र चुनावी एजेन्डाको बारेमा धेरै मतदातालाई बुझाउन भ्याइसकेका छन् ।  जनप्रिय नेताका रुपमा उनी त्यस ठाउमा मात्र होइन जिल्ला भर परिचित छन् ।
विकासप्रेमी नेताका रुपमा समेत परिचित थेवे कुमरखोदको गाविसको अध्यक्ष हुँदा त्यहाँ हेल्थपोष्ट भवन बनाए, विश्व बैंकको पैसाबाट । झापामा सबैभन्दा पहिलो भीएचएफ टेलिफोन भित्र्याउने उनै थेवे हुन् । ०४९ सालमा टेलिफोन लिएर झापा बजार पुग्दा सवै सब्जी बजार नै खाली भएको थियो, टेलिफोन हेर्न सबै भेला भएका थिए । सुरुंगा–झापा सडकको रेखांकन मात्रै थियो । आफैं समितिको संयोजक भएर काम सम्पन्न गराए ।  सुरुङ्गा–झापा सडकलाई दानाबारी हुँदै इलाम–कन्चनजंघा सडकमा परिणत गरेर हरेक साल बजेट छुट्याउने काम उनैले गरे ।
दुधे–महाभारा–कोरोबारी–बघाहाचौधरी सडक , दक्षिणतिरबाट पिच गरेर उनकै पहलमा ल्याएको छ । अहिलसम्म खाली उत्तरबाट सडक बनाउने परिपाटी थियो । त्यसलाई उनले फेरवदल गरिदिए र  दक्षिणबाट काम सुरु भयो  । उत्तर–दक्षिणका हरेक बाटाहरु थेवेकै अगुवाइमा बनेका छन्, अरुको अगुवाइमा होइन थेवेले  गर्वका साथ भने अझैं म यसक्षेत्रको विकासका लागि निरन्तर लागिरहन्छु । थेवे आफैंले नेपालकै सवैभन्दा लामो पुल कनकाई माइको कुमरखोद–महाभारालाई जोड्ने हुलाकीमार्गको पुल शिल्यान्यास गर्न भ्याए ।  ७२४ मिटरको उक्त पुल उनले शिल्यन्यास गरेपछि अहिले सो पुल निर्माणधीन अवस्थामा छ ।
पुल शिलान्यास गर्न पाउनु मेरा लागि शौभाग्य हो उनले भने – मलाई त्यहाँ बोलाइयो, म पुग्दा सबैथोक ठिक्क पारेको रहेछ, शिलान्यास गरेँ । त्यसपछि ठेकेदारले निरन्तर एक वर्षसम्म काम ग¥यो, पुरस्कृत नै गर्नुपर्छ जस्तो गरेर । तर, बीचमा ठेकेदारले फेरि धेरै ढिलासुस्ती गरिदियो । हामी यही विषयमा मन्त्रालयसम्म पनि डेलिगेशन गयौँ । र, ठेकेदारले अहिले फेरि काम सुरु गरेको छ । छिटो काम गराउन सकियो भने अबको दुई–अढाई वर्षमा पुल पूरा हुन्छ ।

पुल निर्माणको काम अहिले जमिनमूनिको पूरा भइसकेको छ । माथि पनि केही पिल्लर बनिसके । यो पुल निर्माण सम्पन्न गराउन मेरो दायित्व छ उनले थपे म यो पलको काम सम्पन्न नहुन्जेल निरन्तर लागिरहेको छु । अहिले मसँग प्रतिष्पर्धा गर्ने उम्मेदवारलाई त्यो पुल कहाँनेर पर्छ भनेर सोध्ने हो भने उहाँलाई ठाउँ पनि थाहा छैन ठट्यौली पारामा उनले भने ।
देशको राजनीतिक अवस्थालाई समेत विश्लेषण गर्दै उनले भने हामी जुन परिस्थितिमा हामी छौँ, मुलुक दुई ध्रुवीकरणमा छ । एकातिर वामपन्थी गठबन्धन छ, उनीहरुले संविधान धरापमा पर्ने हुन् कि भन्ने शंका छ । अर्कोतिर लोकतान्त्रिक गठबन्धन छ । तसर्थ कांग्रेसलाई पक्कै मतदाताले भोट दिनुहुनेछ । लोकतन्त्र, प्रजातन्त्र बचाउनका लागि र संविधान संस्थागत गर्नका लागि पनि सबैले लोकतन्त्रको अगुवाई गर्ने पार्टीका उम्मेदवारलाई मतदान गरेर विजयी गराउनुहुने छ । म यही आग्रह गर्न चाहन्छु ।
आफ्नो रानजीतिक यात्राको स्मरण गर्दै उनले आफू नेपाली कांग्रेसको राजनीतिक धरातलबाटै हुर्किएको बताए । उनले विगत सम्झदै भने – म राजनीतिक परिवारकै सदस्य हुँ । मेरा पिता पनि राजनीति नै गर्नहुन्थ्यो । बुवाले २०१२÷१३ सालदेखि कांग्रेसको राजनीति गर्दै आएको थाहा पाएँ । १७ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको पादुरभाव भएपछि २१ सालदेखि जनपक्षीय प्रधानपञ्च, जिल्ला विकास समितिको सदस्य हुँदै बुवाले ताप्लेजुङमा राजनीतिक भूमिका निर्वाह गर्नुभयो । म त्यही परिवारमा हुर्किएँ । मुलुक बदल्न राजनीति गर्नु पर्दोरहेछ भन्ने कुरा मैले त्यतिबेलै बुझेँ । मैले २०३५÷३६ सालमा विद्यार्थी राजनीति सुरु गरेँ, ताप्लेजुङको सिनाम माविबाट । त्यहाँबाट उत्पादन भएका धेरै विद्यार्थी अहिले राष्ट्रको उपल्लो तहमा पुगेका छन् । मैले पनि त्यही विद्यालयबाट शिक्षा लिएको हुँ । म सानै उमेरदेखि नेविसंघको राजीनितमा सहभागी भएको थिएँ ।
झापा झरेपछि म जुन ठाउँमा बसेँ, यो ठाउँ (कुमरखोद) कुनै समय जिल्लाको सदरमुकामसमेत थियो । यहाँ तराई मुलका बासिन्दाको बसोबास बढी छ । यहाँ विभिन्न जातजाति छन् । यहाँ बस्दा मैले सबै जाति, वर्गको भरपूर सहयोग पाएँ । यहाँ बस्ने मात्र होइन, अरुको खुशीमा रमाउने, आपतमा सघाउने पनि गरेँ । मैले पार्टीको जिम्मेवारी पनि तल्लो तहबाटै निर्वाह गरेको हुँ । एकैपटक माथि आएको होइन म । जिरोबाट राजनीति सुरु गरेको हुँ । २०४९ सालमा मलाई जनताले विश्वास गरेर गाविस अध्यक्ष बनाए । २०५४ मा फेरि दोस्रो पटक गाविस अध्यक्ष भएँ । साह्रै माया र प्रेरणा पाएँ मैले आदिबासी समुदायबाट पनि । मैले झापाको दक्षिणी क्षेत्रका बासिन्दाको औधि माया र प्रेरणा पाएको छु । म निरन्तर उहाँहरुका लागि काम गरिरहेको छु । मेरो निर्वाचन क्षेत्रभरका सबै जातजाति, वर्गबाट धेरै माया र स्नेह पाएको छु । लोकतन्त्रलाई विश्वास गर्ने मतदाता धेरै हुनुहुन्छ । नेपाली कांग्रेस पुरानो पार्टी हो । कांग्रेसको संघर्ष उहाँहरुले राम्ररी बुझ्नुभएको छ । चुनावी माहोल एकदमै राम्रो छ । मलाई भोट दिएर मतदाताले जिताउनेमा म पूर्ण विश्वस्त छु उनले भने –
मैले निरन्तर राजनीतिक जीवनयात्रा गरेँ, गरिरहेको छु । हिजो पञ्चायत कालमा प्रतिबन्धित अवस्थामा पनि पार्टी संगठनमा रहेर काम गरेँ । ४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि म पार्टी संगठनको तल्लो तहबाट संघर्ष गर्दै यो तहसम्म आइपगेको छु । विकास निर्माणकै कुरा गर्ने हो भने म २÷२ पटक गाविस अध्यक्ष भएर कमसेकम विकास निर्माणको पद्धति, प्रक्रियााई राम्ररी बुझेको छु । म निरन्तर जनताका माझमा छु । चाहे बाढी, पहिरो जाँदा होस्, चाहे आपत्–विपद् पर्दा । जन्ती, मलामीमा होस् या ओल्लो घर, पल्लो घरमा पूजापाठ हँुदा किन नहोस्, म जहाँ पनि पुगेकै छु । अहिले उम्मेदवार हुँदा मात्रै म घर–घरमा पुगेको होइन । मैले त जनताको सुख, दुःखमा साथ दिएको छु । अर्को कुरा– मैले निर्वाचनमा खर्च पनि गर्नु परेको छैन । स्वतस्फूर्त रुपमा यहाँका जनता र पार्टीका कार्यकर्ताले आफ्नै गोजीबाट २÷४ रुपैयाँ निकालेर सहयोग गरेर मलाई चुनावमा सघाउँदै हुनुहुन्छ । मलाई त्यतिसम्म सजिलो छ । अरुले चुनावमा धेरै खर्च हुन्छ भन्छन् तर, मैले त्यो खर्चको अनुभूति गर्नै पाएको छैन । मेरा शुभचिन्तकलाई राम्ररी थाहा छ, यो मान्छेले निरन्तर हामीसँग बसेर काम गरेको छ भन्ने कुरा साँच्चै मैले हरेक सुख, दुःखमा जनतालाई साथ दिएको छु, विकास निर्माणका काम गरेको छु । यही नै हो मेरो चुनाव जित्ने आधार र म तीन देखि ५ हजार बढी मतका साथ मेरा प्रतिष्पर्धीलाई जित्छुपनि ।

झण्डै १६ हजार मतले तपाइका प्रतिष्पर्धी अगाडि छन्नि भन्ने प्रश्नमा उनले भने –उहाँहरु स्थानीय तहको मतपरिणामलाई विश्लेषण गरेर खुशीयाली मनाउँदै हुनुहुन्छ । यसरी गणितीय हिसाबले हेर्ने हो भने त पहिलो संविधानसभाको निर्वाचनमा जसरी माओवादीले देशभर जित्यो, दोस्रो संविधानसभा निर्वाचनमा अरु दलले उम्मेदवारी नदिँदा पनि हन्थ्यो नि त ! तर, माओवादीले पहिलो संविधानसभा निर्वाचनमा जसरी देशभर जित्यो, ४ वर्ष नजित्दै परिणाम उल्टियो । त्यसैले म भन्छु– गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन । मैले अघिपनि भनेनि म ३ देखि ५ हजार मतले जित्छु, यो मेरो दाबी हो र जितेर देखाउछुपनि ।

Saturday, September 9, 2017

कञ्चनगढको अस्तित्व संकटमा

सुरुङ्गा (झापा), २५ भदौ । झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ । 


बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो । सो कार्य भने अहिले स्थानीयवासीको चर्काे विरोधपछि रोकिएको छ । तर, निजी जग्गाको माटो कटान गरेर बिक्री गर्दा भूक्षय हुन सक्ने भन्दै स्थानीयवासीले विरोध जनाइरहेका छन् । माटो दिनानुदिन कटान गरेर बिक्री गर्दा अग्लो डाँडो भत्कने भन्दै त्यस्तो कार्य रोकिनुपर्ने गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका अध्यक्ष मधुराम पनेरु बताउनुहुन्छ । 

समुद्री सतहबाट ३०० मिटर उचाइमा रहेको कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको मन्दिरसमेत रहेको छ । यहाँ प्रत्येक वर्ष शिवरात्रि, बालाचतुर्दशीमा मेला लाग्ने गर्छ । अग्लो भूभागमा मठ मन्दिर रहेको र वरिपरिको जमिन कटान गरेर माटो बिक्री गर्दा टापूमा परिणत भएको कञ्चनगढ आसपासको जमिन भत्किन थालेपछि मन्दिर र अन्य पुरातात्विक सम्पदाको विनाश हुने भन्दै बाह्रदशी आसपासको जमिन कटान बन्द गर्नुपर्ने माग गर्दै सर्वसाधारणले बाह्रदशी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । 

Friday, September 8, 2017

वाढी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री

सुरुङ्गा(झापा) २४ भदौ ।  झापा गाँउपालिकाका बाढी पीडित विद्यार्थीका लागि धुमुर्स – सुन्तली फाउण्डेशनले शुक्रवार शैक्षिक समाग्री वितरण गरेको छ ।
फाउण्डेशनले १३ वटा विद्यालयका १ हजार १ सय ५० जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हो । बाढीले पाठ्य पुस्तक, विद्यालय पोशाक लगायतका सामाग्रीहरु बगाएपछि दैनिक पठन –पाठनमा समस्या भोग्दै आएका  बालबालिकाहरुलाई एक थान स्कूल व्याग, कपी, डट, पेन्सिल, टिफिन बक्क लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।
सिमलवाडी, नमूना, लक्ष्मी, भानुभक्त, भृकुटी रामजानकी लगायतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठन – पाठनमा सहज होस् भन्दै फाउण्डेशनले शैक्षिक सामग्री वितरण गरेको फाउण्डेसनका सदस्य विकाशराज पाण्डेले बताउनुभयो ।
साउनको अन्तिम साता आएको वाढीले यहाँका १ हजार २ सय बालबालिकाको शैक्षिक सामाग्रीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष जयनाराण शाहले बताउनुभयो । उनीहरुलाई गाउँपालिकाले पनि शैक्षिक लगायतका सामग्री वितरणको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

ब्लग सेयर गर्नुहोला।