Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Tuesday, September 29, 2015

च्याउका लागि झापा आत्म निर्भर



सुरुङ्गा (झापा) १२ असोज । झापा जिल्ला च्याउ खेतीका लागि आत्म निर्भर भएको छ ।
सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्षित कार्यक्रम मार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालय झापाले तालिमसंगै नगद ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यवसायिक रुपमा च्याउ खेती सुरु गरेसंगै झापा जिल्ला च्याउका लागि आत्म निर्भर बनेको हो । जिल्ला कृषि विकास कार्यालय झापाले युवालाई तालिमसंगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जना युवाले व्यवसायिक फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् भने झण्डै तीनसय  बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीग्राम भट्टराईले बताउनुभयो । उहाँले झापामा सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका युवाले च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो ।

बिर्तामोडसंगै दमक, काँकरभिट्टा, कनकाई,शिवसतासी,भद्रपुर नगरपालिका कृषकले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्ष अघिसम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात आयात गरिदै आएपनि आर्थिक वर्ष २०७१÷०७२ बाट झापाले मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको भट्टराईले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७१÷०७२ सालमा झापामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँचसय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा एक हजार तीन सय मेट्रिक ठनमात्रै च्याउ उत्पादन भएको थियो ।
झापामा सबैभन्दा बढी  कन्ने च्याउ उत्पादन हुने गरेको छ । प्ति केजी दुई सय रुपैयाँका दरले विक्री हुने च्याउ आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै ३६ लाख रुपैयाँको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक भट्टराईले बताउनुभयो ।

च्याउ मानव स्वास्थ्यका लागि अति उपयोगी भएको र कम परिश्रममा पनि उत्पादन गर्न सकिने भएकाले यसप्रति कृषकको झुकाब बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय झापाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताउनुभयो ।

Monday, September 28, 2015

झोलुङ्गे पुलको उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री सिटौलाले भन्नुभयो – अघोषित नाकाबन्दी छिटै समाधान हुन्छ



सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको अघोषित नाकाबन्दी छिटै समाधान हुने बताउनु भएको छ ।
भmापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई मध्यनजर गर्दै मेची नदीमा लगभग रु ३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको झोलङ्गे पुल शिलान्यस गर्नुहुँदै यस्तो बताउनुभएको हो ।  घर परिवारको झगडा त छिमेकीसंग नै हुने गरेको उदाहरण दिदै महामन्त्री सिटौलाले भन्नभुयो– ‘झगडा को संग हुन्छ, छिमेकीसगै तसर्थ भारतले लगाएको अघोषित नाका
वन्दी छिट्टै समाधान हुन्छ ।’

संविधान मस्यौदा समितिका संयोजक समेत रहनु भएका सिटौलाले नेपालमा जारी भएको सविधान भन्दा पनि चित्त नबुझेका दलहरु संघीयता, सिमाङ्कंन, प्रदेश लगायतको बिषय बाहेक अन्य सवै बिषयमा सहमत जनाएको धारणा राख्नु भयो । उहाँले अब एक महिना भित्र सरकार फेरबदल हुने बताउदै  अब बन्ने नयाँ सरकार बहुमत प्रक्रियाबाट नबन्ने निश्चित छ भन्नुभयो ।

जिल्ला विकास समिति झापाका इन्जिनियर सुशील  श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सुधीरकुमार शिवाकोटी, अमृतलाल राजवंशी, मोहन टुडु, नेपाली काँग्रेसका झापा सभापति उद्धव थापा, नेकपा एमालेका क्षेत्रीय सभापति जीवन श्रेष्ठ, एकीकृत नेकपामाओवादीका गगन पुरी लगायतले संविधान पछिको अबको बाटो देश विकास निर्माण तर्फ हुनुपर्नेमा बताउनुभयो ।
 मेचीपारीका स्थानीयले पटक – पटक महेशपुरको मेची नदीमा पुल बन्नु पर्ने आवाज उठाइरहेको बेला झोलङ्गे पुल बन्ने निश्चित भएपछि स्थानीय हर्षित बनेका छन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलव्ध गराएको रकमबाट झोलुङ्गे पुल निर्माण गरिन लागेको बताइएको छ ।
भ्याट सहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निल गिरी सेवा प्रालि बानेश्वर काठमाडौले यही भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो ।  २ सय ८० मिटर लामो र १३ मिटर चौढाई भएको पुलको निर्माण कार्य सोही अनुरुप अघि बढाइएको कार्यक्रममा जानकारी दिइयो । 

फेसबुकको लत वृद्धमा पनि उत्तिकै




सुरुङ्गा (झापा) ११ असोज । सूचना प्रविधिको विकासले नेपालको सञ्चार क्षेत्रमा व्यापक परिर्वतन ल्याएको छ ।
विकासका पूर्वाधारहरु मध्ये सञ्चार क्षेत्रको विकास तराईदेखि हिमालसम्म र मेचीदेखि महाकालीसम्म समान रुपले भएको छ । सञ्चार क्षेत्रको विकासले नेपालीहरुलाई विश्वसंग नजिक बनाएको छ भने त्यससंगै विकास भएको इन्टरनेटको सुविधाले सदृष्य भेट गराएको छ ।
अहिले बोली फुटेका बालबालिकादेखि एकसय वर्ष पुग्न लागेका वृद्धहरुपनि सञ्चारले ल्याएको इन्टरनेट सेवाको उपभोग गरिरहेका छन् । त्यसको माध्यमबाट तत्काल ताजा खबर प्राप्त हुने साथै टाढा टाढाका आफन्तहरुसंग प्रत्यक्ष  भेटघाट हुने हुँदा त्यसको उपयोग बढेर गएको हो ।
प्रत्येक उमेर समूहका लागि फरक – फरक प्रकृतिका खुराक पाइनेभएकाले इन्टरनेट सेवा दुव्र्यसन सरहको अनिर्वाय साधन बन्दै गएको छ । यसका असल पक्षहरुलाई उपयोग गरी विद्यार्थीदेखि अध्योताहरुसम्मले लाभ लिइरहेका छन् । देश विदेशका घटना दुर्घटनाको सूचना प्राप्त गर्ने चाहनेहरुलाई विद्युतीय माध्यमको यो सेवा अत्यान्त प्रभावकारी बन्दै गएको छ । स साना बालबालिकालाई चित्रको माध्यमबाट जिज्ञासु बनाउन होस् वा विश्वका सम्पूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउन किन नहोस् विद्यालयदेखि नै कम्प्युटर शिक्षा लागू गरिएको छ । फलस्वरुप इन्टरनेट सेवाको  प्रयोगकर्ताको सङ्ख्या अहिले ह्वात्तै बढेको छ । विज्ञान जगतमा आएको पछिल्लो उपलव्धि र त्यससंग जोडिएको इन्टरनेट अनि त्यसकै माध्यमबाट सामाजिक सञ्जालमा जोड्ने फेसवुक यतिवला ‘नेपाली संस्कृति’ जस्तै बनिन थालेको छ ।
खासगरी सहर र बजारहरुमा हुर्किएको इन्टरनेट संस्कृतिले यसको पहुँच पुगेसम्मका ठाउँहरुमा प्रभाव पार्दै लगेको छ । बिर्तामोडका पुराना वासिन्दा टुङ्गवहादुर वस्नेत गएको असोज ४ गतेदेखि ९३ वर्ष लाग्नुभएको छ । उहाँलाई विहान उठ्नासाथ स्थानीय पत्रपत्रिकादेखि लिएर काठमाडौबवाट प्रकासित अखबारहरु पढ्नैपर्छ । अखबारसंगै गोजीबाट मोवाइल झिकेर इन्टरनेटको सहायताले अनलाईन समाचार पढ्न थाल्नुहुन्छ उहाँ । अनौठो कुरा छ के छ भने उहाँलाई मोवाइलको अक्षर पढ्न चस्मा लगाउनु पर्दैन  । इलामको ग्रामीण क्षेत्र साँखेजुङ्गमा जन्मनुभएका वस्नेतले ऊ वेला उपलव्ध भएको सामान्य शिक्षा मात्र हासिल गर्नुभएको थियो ।  त्यही आधारमा सामान्य अंग्रेजी बुझ्न  सक्नुहुन्छ उहाँ र सामाजिक सञ्जालमा लेखिएका ‘स्टाटस्’ पढ्न पनि सक्नुहुन्छ ।
सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहेका आफन्तसंग नजिक भइने विचार राख्ने वस्नेत राजनीतिक प्रतिपनि उत्तिकै सचेत हुनुहुन्छ ।  २०१५ सालमा भएको आम निर्वाचनका समयमा नेपाली काँग्रेसको इलाम क्षेत्रबाट प्रचारकसमेत रहनुभएका  वस्नेतसंग नेपाली काँग्रेसका आदर्श पुरुष वीपी कोइरालासंग सहचर्य गरेको अनुभव पनि छ । चेतना आएदेखि राजनीतिमा अबिच्छिन्न सम्लग्नता राख्दै आउनुभएका उहाँ फेसवुकका माध्यमबाट पनि देशको राजनीतिसंग नजिक हुँइने विचार ब्यक्त गर्नुहुन्छ ।
वयोवृद्ध वस्नेत फेसवुक प्रयोगकर्ताका प्रतिक मात्र हुनुहुन्छ ।  उहाँकै उमेर समूह र तहका नेपालीहरुमा पनि  यस्तो सेवाको उपयोग गर्ने प्रवृत्ति बढ्दै  गएको छ ।
 वस्नेत जस्तै झापाको सुरुङ्गा निवासी ७५ वर्षीय कोमलप्रसाद पोखरेलको पनि संसारलाई नजिकबाट नियाल्ने साधन अहिले फेसवुक नै बनेको छ । उहाँपनि वस्नेत जस्तै देश विदेशका खवर थाहा पाउनका लागि फेसवुक प्रयोग गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – रेडियोले भन्दापनि छिटो फेसवुकबाट देश विदेशका घटना थाहा पाइदो रहेछ र मोवाइलबाटै अहिले फेसवुक चलाउछु ।  पोखरेललाई अहिले फेसवुक नशा जस्तै बनेको छ । विहान नृत्य कर्म सकेर चिया खादादेखि वेलुका सुत्नु अघिपनि फेसवुक नचलाई सुत्ने गरेको छुइन उहाँले भन्नुभयो ।
उहाँजस्तै साहित्यकार चुडामणि रेग्मी उमेरले झण्डै ८० वसन्त पार गरिसक्नुभयो । उहाँलाई पनि फेसवुक दैनिक नचलाई चित्तै बुझ्दैन ।   फेसबुकको माध्यमबाट समाचार मात्र होइन साहित्य सृजनापनि पढ्न पाइने भएकाले उहाँ दिनहुँजसो फेसवुक चलाउने गर्नुहुन्छ नेपाली लेखक संघ झापाका सल्लाहकार लक्ष्मण ढकालले भन्नुभयो ।  अहिले फोन भन्दा पनि सजिलो माध्यम फेसवुक भएकाले काही कुनै साहित्यिक कार्यक्रम हुने भए  म पनि उहाँसंग प्राय फेसवुकमै कुरा गर्छु ढकालले भन्नुभयो । फेसवुकबाट भिडियो च्याट पनि गर्न मिल्ने भएकाले हामी प्राय यो सेवाको उपयोग गरिरहेका हुन्छौं ढकालले भन्नुभयो ।
यता नेपाल प्राज्ञ प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाई पनि अहिले ७० को हाराहारीमा हिड्दै हुनुहुन्छ । उहाँको पनि फेसबुक अहिले सञ्चार माध्यमको सबैभन्दा प्रिय साधन बनेको छ । २०४६ सालबाट टेलिफोन सेवाको उपयोग गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ –‘ ऊ बेला टेलिफोन सबैभन्दा सजिलो सञ्चार माध्यम थियो तर अहिले त त्यो भन्दापनि सजिलो साधन फेसबुक भएको छ ।’  फेसवुकमा न त नम्वर चाहियो न त अरु केही एक पटक पोष्ट गरेपछि संसारले हेर्न सक्छन् त्यही भएरपनि यो साधन मेरो मात्रै होइन सबैको प्रिय भएको हुनसक्छ उहाँले भन्नुभयो ।
युवा वर्गले मात्रै फेसवुक सहित अन्य सामाजिक सञ्जाल चलाउछन् भन्ने मान्यतालाई पर राख्न माथिका पत्र नै काफी छन् । युवा वर्गले फेसवुकलाई सूचना लिने र सूचना दिने सञ्चारको सही माध्यम बनाउनु अनि अग्रजहरुको जानकारी प्राप्त गर्ने यस्तो प्रवृत्ति युवाहरुमा पनि आउनसके देशको अनुहार फेर्न धेरैसमय लाग्दैन । तस्विर पनि छ । 

काँकरभिट्टा नाका हुँदै पेट्रोलियम पदार्थ बोकेका १३ वटा टयाङ्कर भित्रिए


सुरुङ्गा (झापा) ११ असोज । भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको  बेला पूर्वी नाका
काँकरभिट्टा भएर इन्धन भित्रन सुरु गरेको छ ।
 जिल्ला प्रशासन कार्यालय झापाका अनुसार भारतको पानी ट्याङ्की हुँदै १३ वटा पेट्रोलिय पदार्थ बोकेका ट्याङकर भित्रिएका छन् ।  भारतीय सुरक्षाकर्मी एसएसवीले माथिको आदेश भन्दै ६ दिनदेखि नाका ठप्प पारेको छ । भारतीय सुरक्षाकर्मीले कुहिने बस्तुलाई भने क्रमिक रुपले भित्रन दिएपनि तरकारी, माछा मासु जस्ता बस्तु भने सहज रुपमा नेपाल भित्रिरहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकृत दिपेन्द्रकुमार झाले बताउनुभयो । उहाँका अनुसार अहिले सम्ममा १३ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल भित्रिएका छन् ।
सहज रुपमा सवारी आवागमनमा भारतले अवरोध पु¥याएपछि राजश्व संकलनमा समेत प्रभाव परेको मेची भन्सार कार्यालयले जनाएको छ । सरदर रु १ करोड ५० लाख राजस्व संकलन गर्ने मेची भन्सार कार्यलयले ३ दिनमा ५४ लाख ९२ हजार ८ सय ७१ मात्र राजस्व संकलन गरेको सूचना अधिकारी झाले बताउनुभयो ।
यता मेची पेट्रोलियम डिलर्स एसोसिएसन झापाका अध्यक्ष लय भण्डारीले भारतको जोगमुनी नाकामा तेल  भरिएका २ सय ८० बटा गाडी त्यहाँ तेल भरेर थन्किएका छन् । ति सवारी दिनहुँ विस्तारै नेपाल प्रवेश गर्न थालेको बताइएको छ । 

डम्बरकुमारी आठ वर्षदेखि साङ्गोमा बाँधिएर बस्न बाध्य






सुरुङ्गा (झापा), ११ असोज । झापाको गरामनी– ४ निवासी २५ वर्षीया डम्बरकुमारी पाण्डेलाई आठ वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ ।

नेपाल प्रहरीको जागिर खाएर अपराधमा संलग्नलाई हत्कडी लगाउने सपना बोकेकी उनी अहिले आफ्नै घरमा विगत आठ वर्षदेखि फलामे साङ्लोले बाँधिएर पशुसरह जीवन बिताउन बाध्य छिन् ।
भद्रपुरस्थित वीरेन्द्र नमुना उच्च माविमा कक्षा ८ मा अध्ययनरत भएकै बेला उनी प्रहरी बन्ने सपना बोकेर साथीहरुसँग
नवलपरासी गएकी थिइन् । त्यहाँ उनी रनिङ गर्ने क्रममा चिप्लिएर लडेपछि उनको सपना चकनाचुर मात्र भएन त्यसकै कारण डम्बरकुमारी अहिलेसम्म पनि साङ्लोमा बाँधिएर नारकीय जीवन बिताउन बाध्य छिन् ।

लडेपछि उनी सोही समयदेखि बिरामी परेको उनको परिवारले बताएको छ । सुरुमा मानसिक सन्तुलन नगुमेकी उनको विस्तारै मानसिक सन्तुलन गुमेसँगै यो अवस्थामा आएकी हुन् ।



बुबाको निधनपश्चात ७४ वर्षीय वृद्धा आमा हरिमाया, दाजु कमल र भाउजु मैना पाण्डेले विगत आठ वर्षदेखि उनलाई फलामे साङ्गोले घरको एउटा कोठामा बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे चेनले बाँधिएकी डम्बरकुमारीलाई उनका आमा र भाउजुले अहिले हेरचाह गरिरहेका छन् ।

महिला प्रहरीमा जागिर खाने रहर बोकेकी मेरी छोरी साथीहरुसँग त्यही खेलकुद गर्ने क्रममा लडेकी थिइन र लड्दा उसको टाउकोमा चोट लागेपछि नवलपरासीबाट घर ल्याएका थियाँै उनकी आमा हरिमायाले भन्नुभयो ।

छोरीको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि झापाका विभिन्न धामीझाँक्रीलाई देखायौँ तर पनि डम्बरकुमारी सञ्चो नभएपछि उपचारका लागि काठमाडौँ लगियो आमाले विगत सम्झँदै भन्नुभयो– “काठमाडाँै लगेर मानसिक रोग विशेषज्ञलाई देखायाँै तर पनि उसको शारीरिक अवस्था ठीक भएन ।

डम्बरकुमारीकी भाउजु मैनाले नन्दको उपचारका लागि जग्गा जमिन बेचेर रु चार लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको बताउनुभयो । रासस 

विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदैछन् गजेन्द्र



सुरुङ्गा (झापा) ११ असोज । झापाको शरणामति – ५ वालुवथानका ५४ वर्षीय गजेन्द्रवहादुर लिम्बू १५ वर्ष विदेश बस्नुभयो । दुई छोरा र दुई छोरीका वुवा उहाँ सन १९९४ मा पहिलो पटक रोजगारीको सिलसिलामा सिङ्गापुर पुग्नुभएको थियो । त्यहाँ भनेजस्तो काम नभएपछि उहाँ ५ महिना नपुग्दै स्वदेश फर्किनुभयो । चर्काे व्याजदरमा ऋण काढेर विदेश जानुभएका लिम्बूले घर फर्किपछि पनि साहुको ऋण तिर्ने बाटो नभएर उहाँ पुन स्वदेश फर्किए लगत्तै  रोजगारीकै लागि मलेसिया जानुभयो । मलेसियामा पनि भनेजस्तो काम नपाएपछि उहाँले त्यहाँ साढे १४ वर्ष मलेसियन सरकारसंग (इलिगल)  लुकेर कामको खोजीमा विभिन्न कम्पनी चाहार्दै जसोतसो साहुँको ऋण त तिर्नुभयो तर घर फकिर्दा उहाँ खाली हात आउनुप¥यो ।



 लामो समयसम्म पनि विदेशमा दुःख गर्दा भनेजस्तो कमाई नभएपछि अहिले लिम्बू आफ्नै बुवाले जोडेको जमिनमा कृषि पेशा गर्दै आउनुभएको छ । विदेशमा पाएको दुःख सम्झिएर लिम्बू यतिवेला दिनरात आफ्नै खेतमा श्रम र पसिना बगाउदै हुनुहुन्छ । उहाँले विदेसिले गरेजस्तो दुःख नेपालमा पनि गरिए त्यो भन्दा राम्रो कमाई गर्न सकिने जनाउदै अहिले आफ्नै खेतमा अदुवा खेती सुरु गर्नु भएको छ । मलेसियामा बस्ता पनि केही वर्ष खेती गरेको बताउँदै उहाँले भन्नुभयो – मलेसियाको वालुवामाथि पनि अन्न उत्पादन गरेको थिए कसो यहाँ अन्न नफल्ला त त्यही भएर यो वर्षबाट अदुवा खेती सुरु गरेको हुँ ।
झण्डै १२ कठ्ठा क्षेत्रफलमा उहाँले यो वर्ष ५ क्विन्टल भन्दा बढी अदुवाको वीऊ  रोप्नु भएको छ । धान खेतीले नपोसाएकाले  यो वर्षबाट व्यवसायिक रुपमा अदुवा खेती सुरु गरेको छु लिम्बूले भन्नुभयो । झण्डै दुई लाख रुपैयाँ लगानी गरेर सुरु गरेको अदुवाखेती पाक्न नपाउँदै आफूले लगानी गरेको  रकम उठाएसकेको उहाँले बताउनुभयो । अदुवा रोपेर उर्मिरपछि केही महिनामा त्यसको वीऊ झिक्न मिल्ने भएकाले  आफूले गरेको लगानी नडुब्नेमा म ढुक्क थिए उहाँले हामीसंगको कुराकानीमा भन्नुभयो । लगाएको वाली पाक्न नपाउदै आफूले गरेको लगानी उठिसकेकाले लिम्वूले अदुवा खेतीबाट मात्रै यो वर्ष पाँचलाख भन्दा बढी मुनाफा गर्ने लक्ष्य लिएको बताउनुभयो । विदेशमा १५ वर्ष बस्ता ५ लाख कमाउनसकिन होला यहाँ एक वालीमा खर्चकटाएर पाँचलाख भन्दा बढी कमाउन सकिदोरहेछ अब किन जानुप¥यो र विदेश उहाँ उल्टै प्रतिप्रश्न गर्नुहुन्छ ।
लिम्बूले गरेको अदुवाखेती अहिले गाउँकै लागि नमूना बनेको छ । १२ कठ्ठा क्षेत्रफलमा वर्षेनी २० मन धान उत्पादन गर्दै आउनुभएका उहाँले धान खेतीले नपोसाएको जनाउदै वाली परिवर्तन गरेर सुरु गरेको अदुवाखेतीले पाक्न नपाउदै लगानी उठेकाले उहाँको कमाई देखेर अहिले उहाँसंग अदुवाको बीऊ माग्न आउनेको कमी छैन । उहाँसंग अदुवा नबिक्लाकी भन्ने चिन्ता नभएकाले शरणामती मात्र होइन अर्काे सालबाट कुमरखोद, टाघनडुव्वा, चकचकी लगायतका कृषकले अदुवाको बीऊ माग गरेकाले अदुवाको बजार राम्रो रहेको लिब्बूले बताउनुभयो । लिब्वूले आफ्नो अदुवावारीमा अदुवासंगै खुर्सानी लगाएकाले खुसार्नीले समेत उत्तिकै फाइदा दिइरहेको बताउनुभयो ।
दिनानुदिन नेपाली युवा विदेसिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो –हामीले काम गर्न नजानेर रहेछ जाने यही सुन फल्छ भन्थे बुढापाकाले हो रहेछ । विदेशबाट फर्किएर अदुवाखेती सुरु गर्नुभएका उहाँअहिले गाउँकै नमूना योग्य कृषक बन्नुभएको स्थानीय हिमवहादु सापकोटाले भन्नुभयो । खेतालापनि कम लाग्ने भएकाले यो वाली लगाउदा मनन्य आम्दानी गर्न सकिदो रहेछ हामीपनि अर्काेबर्षबाट अदुवा खेती गछौं उहाँले भन्नुभयो ।
विदेशमा गरेको दुःख भूलाउन मलाई माध्यम बनेको छ अदुवा खेती कहिल्यौ एक्लो हुनुपरेको छैन लिम्बूले भन्नुभयो– अकोसालपनि यही वाली लगाउछु । ठाउँ ठाउँमा अदुवा मरेको छ यहाँ भनेको वेला विदेशमा जस्तो कृषि प्राविधिक नआउदा रहेछन् मलाई पनि खासै अनुभव नभएकाले यो वर्ष उत्पादन सोचे अनुरुप नभएपनि अर्काे वर्षबाट एकसिजनमा दश लाखको अदुवा बच्नेगरी अदुवा रोप्छु लिम्बूले भन्नुभयो ।

यता झापामा गत आर्थिक वर्षमा झापाका कृषकले अदुवा बेचेरमात्रै ३९ करोड ५६लाख ७५ हजार रुपैयाँ भित्र्याएका थिए ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार ४ हजार ६ सय ५५ मेट्रिकटन अदुवा निर्यात भएसंगै उक्त रकम भित्रिएको थियो ।  जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा कृषकले उत्पादन गरेको अदुवा पूर्वी नाका काँकरभिट्टा हुँदै भारत निर्यात भएसंगै अदुवा बिक्रीबाट ३९ करोड रुपैयाँ नेपाल भित्रिएको जिल्ला कृषि बिकास कार्यालय झापाका शालीकराम भट्टराईले जानकारी दिनुभयो ।  
अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले  झापाको धुलावारीमा अदुवा प्रशोधन केन्द्रको निर्माण कार्य सुरु भएपछि लिम्बू मात्र होइन झापाका धेरै कृषक अदुवा खेतीमा आर्कषित भएका छन् । सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार सञ्चालनमा आउन लागेको अदुवा प्रशोधन केन्द्र (परियोजना) का लागि डब्ल्यूटीओले ११ लाख ७३ हजार ६ सय ९४ डलर खर्च गर्ने बताइएको छ । तीन वर्ष भित्रमा परियोजनाको काम सम्पन्न गरी यहाँका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्वी बनाउने अवधारणा अनुसार अहिले काम भई रहेको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले पनि अदुवा उत्पादनमा जोड दिदै जिल्लाका ७ ठाउँमा अशल कृषि उत्पादन कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई वीऊ विजनसमेत निःशुल्क उपलब्ध गराएसंगै अदुवा खेतीमा कृषकले जोड दिएको भट्टराईले बताउनुभयो । जिल्लाका खुदुनावारी,डाँगीवारी,शान्तिनगर, वुधवारे,वाहुनडाँगी, मेचीनगर र पृथ्वीनगरमा सञ्चालित पाठशालाबाट तीनसय जना प्रशिक्षक समेत तयार पारिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।  

ब्लग सेयर गर्नुहोला।