Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Wednesday, September 16, 2015

च्याउ खाँदा दुई लाख गुम्यो



सुरुङ्गा (झापा) ३० भदौ ।  आफ्नै बारिमा उम्रिएको च्याउँको तरकारी बनाएर खादा इलामको शान्तिडाँडा–६ का ४८ वर्षीय माजीमान राईले दुई लाख रुपैयाँ गुमाउनु प¥यो । उहाँले च्याउको तरकारी खाएकै कारण दुई लाख रुपैयाँ त  गुमाउनुभयो नै उहाँले आफूसंगै  आफ्नी श्रीमती तथा  दुई छोरा छोरीपनि झण्डै गुमाउनुप¥यो ।
 
गत असोज २५ गते विहानको खानासंग च्याउको तरकारी खाए लगत्तै सिकिस्त विरामी हुनुभएका राई र उहाँकी श्रीमती ४७ वर्षीय फूलमाया राई , १८ वर्षीय छोरा सञ्जिव राई र १२ वर्षीय छोरी सञ्जिताको उपचारमा दुई लाख रुपैयाँ खर्च भएसंगै उहाँको सम्पत्ती त गुम्योगुम्यो परिवारका सबै सदस्यको  झण्डै ज्यान गयो काजीमानका दाजु कुमार राईले भन्नुभयो । उहाँले ६ दिनसम्म झापाको बिर्तामोडमा रहेको पूर्ण तुङ्ग विर्ता सिटी हस्पिटलमा उपचार गराएर काजीमानको परिवारका सबै सदस्यलाई स्वास्थ्य बनाएपछि आज सञ्चाकर्मीहरुसंग कुराकानी गर्दै भन्नुभयो –‘ मिठाको लोभले च्याउ सेवन गर्दा झण्डै सबैले  ज्यान गुमाउनु परेन ।’
४ दिनसम्म आइसीयू र दुई दिन एचडीयूमा राखेर उपचार पछि  सबैको स्वास्थ्य अवस्था सामान्य भएसंगै अस्पतालले आज उनीहरुलाई डिस्चार्ज  गरेको छ । अस्पतालबाट डिस्र्चाज भएलगत्तै काजीमानले उपचारका लागि ल्याउने आफन्त र उपचारमा सम्लग्न डाक्टरलाई आफू र आफ्नो परिवारका सबै सदस्यलाई  नयाँ जीवन दिएको भन्दै धन्यवाद दिनुभयो । उहाँले डाक्टरलाई धन्यवाद मात्र दिनुभएन वारीमा उम्रिएको च्याउँ कसैलाई पनि नखान अनुरोध समेत गर्नुभयो ।
जंगली च्याउ खाएर सिकिस्त विरामी भएका सबैलाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि २५ गते नै झापामा रहेको बितासिटी हस्पिटल ल्याइएको थियो । हस्पिटलमा डा. प्रकाश उप्रेती, डा. पुस्पक रेग्मी, डा. रामभक्त सुवेदी, डा. अनिल रेग्मी, कौशल श्रेष्ठ लगायतको ५ सदस्यीय विषेशषको टोलीले उपचार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल वस्नेतले बताउनुभयो ।  उहाँले विषत्त च्याउ सेवनका मानिसमा  ८ प्रकारका लक्ष्यण देखा पर्ने गरेको र उनीहरुमा मुटु र दिमागमा असर देखिएको बताउनुभयो ।  उनीहरुले सेवन गरेको च्याउ अनानिरिया मसाकारिया प्रजातिको भएको र उक्त च्याउ ज्यादै विषात्त भएकाले उपचारमा समेत निक्कै समस्या भएको उहाँले बताउनुभयो ।
विषात्त च्याउ सेवनका कारण नेपालमा वर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् र अझैं पनि धेरैलाई जंगली च्याउँ खान हुँदैन भन्ने चेतना आइ नसकेको अस्पतालका अध्यक्ष गोपाल बस्नेतले बताउनुभयो । उहाँले जथाभावी च्याउँको सेवनले तत्काल मानिसको मृत्यु हुने भएकाले जंगली च्याउ कसैलाई पनि सेवन नगर्न आग्रह गर्नुभयो ।

सुन तस्करीमा ‘तीब्बतीयन’ नागरिकको प्रयोग


सुरुङ्गा (झापा) ३० भदौ । भारतको पश्चिम बंगालको सिलगढीबाट झापाको पूर्वी नाका काँकरभिट्टा हँुदै नेपालमा सुन तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको छ ।
झापाको भद्रपुर विमानस्थलबाट एक तिब्बतीयन नागरिक हिजो पक्राउ परेसंगै यस्तो रहस्य खुलेको हो ।  पक्राउ परेका नागरिक आफैंले आफू चिनिया भएको जनाएपनि  ललितपुरबाट आफूले नागरिकता लिएको प्रहरी समक्ष बताएका छन् । १० किलो सुन सहित पक्राउ परेका तेञ्जिङ्ग सिरुप नाम बताउने १९ वर्षीय युवकलाई आज जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेसंगै सुन तस्करीमा पूर्वी नाका काँकरभिट्टा प्रयोग हुने गरेको खुलेको हो । पक्राउ परेका उनको साथबाट वरामद गरिएको सुनको मूल्य रु ४ करोड ८१ लाख रहेको प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

Tuesday, September 15, 2015

वितीय संङ्कटका कारण झापाका ११ बटा सहकारीबीच एकीकरण


सुरुङ्गा (झापा) २९ भदौ । झापाका एघारवटा सहकारी संस्थाबीच एकीकरण (मर्च) भएको छ ।
डिभिजन सहकारी कार्यालय झापाले दिएको जानकारी अनुसार कार्य क्षेत्र एउटै, कारोवार उस्तै र वितीय संकटका कारण  जिल्लाका वटा सहकारी कार्यालय संस्थाहरु एकीकरण  भएका हुन् । यसरी एकीकरण हुने सहकारी संस्थाहरुमा सयपत्री वचत तथा ऋण हरकारी संस्था र व्यपापारी कल्याण  बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था भएको छ ।

त्यस्तै सतासी महिला कृषि सहकारी र सतासी महुरी पालन सहकारी संस्थाबीच एकीकरण हुँदै सतासी महुरीपालन सहकारी संस्था भएको छ । भरोसा महिला बचत तथा ऋण सहकारी संस्थामेची नगर र परिचय महिला वचत तथा ऋण सहकारी संस्था एकीकरण भएर परिचय महिला बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख माधवप्रुाद पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै नगवेली कृषि सहकारी र अनमोल सुपारी सहकारी बीच एकीकरण भएर नागवेली सुपारी उत्पादन सहकारी संस्था तथा पतञ्जलि ,मकालु र चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।
त्यस्तै १० बटा सहकारी संस्थाको एकीकरणको तयारीमा रहेको डिभिजन सहकारी कार्यालय झापाका प्रमुख पोखरेलले बताउनुभयो । 

दश किलो सुनसहित झापामा एक व्यक्ति पक्राउ


सुरुङ्गा (झापा) २९ भदौ । झण्डै दश किलो सुन सहित एक व्यक्ति झापाको चन्द्रगढीबाट आज दिउसो पक्राउ परेका छन् ।
 पक्राउ पर्नेमा ललितपुर निवासी २२ वर्षीय सोनम गुरुङ रहेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ ।
चन्द्रगढी विमानस्थलबाट यति एयरलाईन्सको २ ः ३० को उडान भएर  काठमाडौं तर्फ जान लागेको समयमा उनलाई चेकजाँचको क्रममा अञ्चल प्रहरी कार्यालय मेचीको प्रहरी टोलीले सुन सहित पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक पुस्कल रेग्मीले जानकारी दिनुभयो । गुरुङले भारतबाट सुन ल्याएको र काठमाडौं लान लागेको बताइएको छ ।

सुन सहित पक्रउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

चर्चको मूल गेटमा राखिएको सकेट बम नेपाली सोनाद्वारा निष्क्रिय


सुरुङ्गा(झापा) २९ भदौ । पश्चिम दक्षिण झापाको गौरादह – ४ स्थित वेर लहेरोही चर्चको मूल गेटमा राखिएको सकेट बम नेपाली सोनाले आज १२ बजे निस्कृय पारेको छ ।
हिन्दू मोर्चा नेपालको पर्चा सहित राखिएको सकेट बम कालिवहादुर गण चारआलीको सेनाको टोलीले अहिले १२ बजे निष्कृय पारेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइनु नहुँने जनाउदै उक्त मोर्चाले आफ्ना पर्चा छाडेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक इश्वर कार्कीले बताउनुभयो । उहाँले पर्चामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने उल्लेख भएको बताउनुभयो ।

यता झापाको कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्मा प्रहरी हाता भित्रै सकेट बम विष्पोट भएको छ । कनकाई नगरपालिका–३ स्थित बत्तीसा चर्चमा राखिएको बम निस्कृय जस्तो ठानेर इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रज्जवल मर्हजनको निर्देशनमा इलाका प्रहरी कार्यालय पु¥याए लगत्तै सो बम प्रहरी सहायक निरीक्षक देवनारायण यादवको हातमा विष्पोट भएको थियो । बम विष्पोटका कारण इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी मर्हजनलाई छर्राले लागेको थियो भने प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका छन् । घाइते सबैको बिर्तामोडस्थित वीण्डसी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले बताउनुभयो । घाइते सबै प्रहरीको अवस्था खतरा मुक्त रहेपनि यादवको दुबै हात खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।

Monday, September 14, 2015

समयमा सूचना नदिदा सामाजिक सुरक्षा भत्ता बापतको १६ लाख ४५ हजार रुपैयाँ फ्रिज



सुरुङ्गा(झापा) २८ भदौ ।  बिर्तामोड नगरपालिकाको लापरवाहीका कारण यहाँका धेरै जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिनबाट वन्चित हुनु परेको रहस्य बाहिर आएको छ ।

सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरणका लागि नगरपालिकाले समयमा सूचना जारी नगर्दा १६ लाख ४५ हजार रुपैयाँ फ्रिज भएसंगै यस्तो रहस्य वाहिर आएको हो । सरकारद्वारा जेष्ठ नागरिक, जेष्ठ नागरिक उपचार खर्च, एकल महिला, लोपोन्मुख अशक्त अपाङ्ग र वाल संरक्षणका लागि उपलव्ध गराउदै आएको  रकमको ठूलो हिस्सा फ्रिज भएसंगै नगरपालिकाको लापरवाही देखिएको स्थानीय शंकर रिजालले बताउनुभयो ।

ब्लग सेयर गर्नुहोला।