Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Tuesday, June 7, 2016

च्याउ खाएकामध्ये तीनजनाले नयाँ जीवन पाए



 पाँचथरमा जङ्गलबाट ल्याएको च्याउ खाएर सिकिस्त भएकामध्ये तीनजनाले नयाँ जीवन पाएका छन् ।

च्याउ खाएर १० जनाको मृत्यु भएको समाचार आइरहेका बेला बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार गराएका तीन जनाले भने नयाँ जीवन पाएका हुन् ।

पाँचथर याङ्नाम–२ का ५३ वर्षीय टीकाराम मगर, २० वर्षीय गणेश मगर र १८ वर्षीय रमेश मगर सफल उपचारपछि घर फर्किएका छन् । उनीहरूसँगै सिकिस्त भएका अन्य बिरामीको भने मृत्यु भएको थियो । बिएन्डसीमा डा भूगोल प्रसाईं, डा पेन्चा नेम्वाङ, डा सुमित यादव, डा विकास थापा, डा आश्विनी यादवसहितको टोलीले उनीहरूको उपचार गरेको थियो ।

च्याउ खाएर सिकिस्त भएका आठ जनालाई उपचारका लागि बिएन्डसीमै ल्याइए पनि अन्य पाँच जनाका आफन्तले भने स्वेच्छाले बिरामीलाई उपचारका लागि दमकको अस्पतालमा लगेका थिए । त्यहाँ उपचारका लागि लगिएका पाँचै जनाको मृत्यु भएको जनाइएको छ 

लगातार ५४ औं पटक रक्तदान गर्ने ओमप्रकाश


रगतको अभाव टार्न नेपाल रेडक्रस सोसाइटी सहित विभिन्न संघ–संस्थाले समय– समयमा रक्तदान कार्यक्रमको आयोजना गर्छन् । त्यसरी आयोजना गरिएको रक्तदान कार्यक्रममा अझैं पनि धेरै मानिस रक्तदान गर्न डराउँछन् ।
तर, झापाको बिर्तामोडका एक व्यक्ति त्यस्ता छन्– जसले अहिलेसम्म ५४ पटक रक्तदान गरिसकेका छन् । शनिअर्जुन–६ स्थानी घर भएका ओमप्रकाश लुइँटेल पेशाले व्यवसायी हुन् । उनले अहिलेसम्म ५४ पटक रक्तदान गरिसकेका छन् । २२ वर्षको उमेर हुँदादेखि रक्तदान गर्न शुरु गरेका उनी ४० वर्षको हुँदा सम्ममा ५४ पटक रक्तदान गरिसकेका हुन् । मानवको सर्वाेत्तम कार्य नै सेवा सम्झने उनी रक्तदानलाई नै प्रमुख ठान्छन् र निरन्तर रक्तदान कार्यक्रममा सहभागिता जनाइरहन्छन् । स्वास्थ्य शरीर रहुञ्जेल निरन्तर रक्तदान गरिरहने उनको लक्ष्य सयपटक रक्तदान गर्नु रहेको छ । लुइँटेलले २०५५ सालमा पहिलो पटक रक्तदान गरेका थिए । उनको रक्त समूह ओ पोजेटिभ हो । पहिलोपटक रक्तदान गर्दा आफू कमजोर भएका कारण अलिअलि रिंगटा लागेको सुनाउँदै उनले भने– ‘शरीर स्वास्थ्य राख्नु छ भने निरन्तर रक्तदान गरिरहनुपर्छ, अहिले म पूर्णरुपमा स्वस्थ छु ।’ रक्तदान गर्न मानसिक रुपमा त्यो वेला म तयार थिइन क्यारे त्यही भएर मलाई रिंगटा लागेको रहेछ विगत सम्झँदै उनले भने– ‘अहिले मेरो एक पाउण्ड व्लड ४ मिनेटमा तयार हुन्छ ।’ जतिधेरै रक्तदान ग¥यो उनी नै स्वास्थ्यलाई फाइदा पुग्दो रहेछ, म अहिले हट्टाकट्टा छु, अनि निरोगी पनि लुइँटेलले भने ।  
तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्ने लुइँटेलले पछिल्लो समय २०६२ सालबाट निरन्तर रक्तदान गरिरहेका छन् । २०६२÷०६३ सालको जनआन्दोलनका समयमा झापामा रगतको धेरै अभाव भएको थियो । सो समयमा समेत उनले रक्तदान गरेर मृत्युको मुखमा पुगेकालाई नयाँ जीवन दिएका छन् । उनले अस्पतालमा रगत अभाव भएर मृत्युको मुखमा पुगेकालाई पनि रगत दिएर बचाएका छन् । नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर लुइँटेलले निरन्तर रक्तदान गर्न थालेपछि अहिले उनलाई रेडक्रसले मात्र होइन जसलाई रगत अभाव भएको हो उनीहरुका आफन्तलेसम्म सिँधै फोन गर्ने गरेका छन् । उनलाई सवैभन्दा बढी फोन जब सवारी दुर्घटना हुन्छ, त्यो समयमा आउने गरेको छ ।
रगत अभाव हुँदा नेपाल रेडक्रस सोसाइटी, अस्पताल र विरामीका आफन्तले पनि फोन गर्ने गरेको बताउँछन् उनी । पछिल्लो समय २०७२ साल असार २४ गते उनले एक सुत्केरीको जीवन बचाएको बताए । सुत्केरी महिलालाई ‘फ्रेस व्लड’ चाहिएको रहेछ कतै नपाएपछि मलाई वीएण्डसी हस्पिटल बिर्तामोडबाट  फोन आयो मैले त्यो समय तुरुन्त ‘व्लड’ दिएर उनको ज्यान बचाए लुइँटेलले भने ।
झापाको बिर्तामोडमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको व्लड वैंक भवनको उद्घाटन हुँदा आयोजना गरिएको रक्तदान कार्यक्रममा आफूले एक महिना २९ दिनको अन्तरालमा पनि रक्तदान गरेको छु भने ।
निरन्तर रक्तदान गर्न रुची राख्ने उनको रक्तदान गरेको प्रमाण स्वरुप नेपाल रेडक्रस सोसाइटीले दिएको सानो कार्ड मात्रै छ । उनी जतिपटक रक्तदान गर्छन् त्यही कार्डमा रेडक्रसका कर्मचारीले विवरण भरेर हस्ताक्षर गरिदिन्छन् । रक्तदान गरेको प्रमाण उनीसँग त्यति मात्रै छ । त्यो भन्दा धेरै उनीसँग अरु केही प्रमाण छैन । समाजका लागि आफूले केही गर्न नसकेको बताउँदै लुइँटेलले भने– म पेशाले व्यवसायी हुँ, अरु समय व्यवसाय हेर्नु पर्ने हुन्छ कसैलाई रगत नपाएर आपत परे दौडिएर रगत दिन जान्छु ।’ समाजसेवामा रुची राख्ने उनी आफ्नो कार्यव्यस्तताले केही गर्न नपाएको बताउँदै उनी भन्छन् – म सजिलो बचत तथा ऋण सहकारी संस्थामा पनि आवद्ध छु । त्यही सहकारीबाट वार्षिक रुपमा आफ्नै अगुवाईमा रक्तदान कार्यक्रमको आयोजना गराउँछु । अरुलाई पनि रक्तदान गर्न प्रोत्साहन गर्ने उनी नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न संघ–संस्थाले आयोजना गरेका कार्यक्रममा रक्तदान गर्न शुरुमा नै पुग्छन् । नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्य समेत रहेका उनी कसैलाई कुनै समूहको रगतको अभाव भएको सुने भने पनि आफैं रगत खोजी दिने काम गर्छन् । रक्तदान नै जीवन दान हो भन्ने मर्मलाई उनले राम्ररी बुझेका छन् । उनीसँग अरु–अरु रक्त समूहका रक्तदाता मानिसको सम्पर्क छ । जसलाई जुन व्लड चाहिएको हो तुरुन्त त्यसको जोहो गर्न उनलाई समय लाग्दैन । उनी चनाखो पनि छन्– नेगेटिभ व्लड ग्रुपसँग । त्यही भएर उनी सँधै डायरीमा त्यस्ता रक्तदाता  व्यक्तिको सम्पर्क नम्बर लिएर हिंड्छन् । जस्तो नाम त्यस्तै काम बिर्तामोडका औषधि व्यवसायी रणदेव हजामले भने– उनी अत्यन्त समाजसेवी व्यक्ति हुन् । त्यस्ता मानिसको सँधै हामीले सम्मान गर्न जान्नुपर्छ । उनको नामको शुरुवात नै ओमबाट शुरु भएको र अन्त्य पनि प्रकाशमा पुगेर हुन्छ हजामले भने– ओमप्रकाशले अहिलसम्म रक्तदान गरेर धेरैको जीवनमा प्रकाश छरेका छन् ।
यता नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीले यस्ता दातालाई सम्मान गर्नुपर्छ भने । उनले यस्ता दाताको सम्मान गर्नु पनि आफूहरुको प्रमुख दायित्व रहेको बताउँदै रक्तदाता दिवसका दिन लुइँटेलसहित दिपेश वैधलाई हामीले केही गर्ने सोच बनाएका छौं भने । समाजसेवामा अग्रपंक्तिमा रहेका लुइँटेल आफू मात्रै रक्तदान गर्दैनन् जुन संस्थामा आवद्ध छन् त्यही संस्थालाई रक्तदान गर्न लगाएर नेपाल रेडक्रस सोसाइटीलाई पनि महत्वपूर्ण सहयोग पु¥याएको शिवाकोटीले बताए । बिर्तामोडमा निर्माण भएको व्लड वैंक स्थापना गर्न पनि महत्वपूर्ण सहयोग लुइँटेलको छ भन्दै भने– लुइँटेल जस्तै रक्तदान गरिरहने बिर्तामोडका दिपेश वैध र सन्तोष अग्रवाल पनि अग्रपंक्तिमा हुनुहुन्छ । उहाँहरुले पनि ५० पटक भन्दामाथि रक्तदान गरेको मैले सुनेको छु शिवाकोटीले भने । रक्तदाताको पहिचान खुल्ने गरी हामी अब तथ्याङ्क संकलन गरेर अघि बढ्ने रेडक्रसको भावी योजना रहेको शिवकोटीले बताए । 

लुकी–लुकी वजारमा


मधु न्यौपाने र सम्पदा बानियाँको अभिनयमा तयार पारिएको सुन्दर सपना एल्बम्को लुकी–लुकी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुन्दर पन्तको शब्द र तारावीर पाण्डेको स्वर तथा संगीतमा सजिएको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् । योदिन एमएलको निर्देशनमा उक्त म्युजिक भिडियो तयारी गरिएको हो । अभिनयकर्ता न्यौपाने झापाको डाँगीवारीका वासिन्दा हुन् भने सम्पदा काठमाडौंकी स्थायी बासिन्दा हुन् । गायक तारावीर पनि झापाली हुन् ।

Monday, June 6, 2016

विद्यालयलाई प्रोजेक्टर र मासिक सातहजार दिने


 झापाको शनिअर्जुन नगरपालिकामा – ६ मा रहेको नवज्योति प्राथकिम विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय एक दाताले प्रोजेक्टर प्रदान गर्ने उद्घोष गर्नुभएको छ ।
शनिअर्जुन–६ निवासी कञ्चन सापकोटाले प्रोजेक्टरको माध्यमबाट वालवालिकालाई अध्ययन गराउदा सिकाई बढी प्रभावकारी हुने भन्दै विद्यालयलाई प्रोजेक्टर प्रदान गर्ने बताउनुभयो । उहाँले प्रोजेक्टरको माध्ययमबाट वालवालिकालाई पठान पाठन गराउने शिक्षक नियुक्ति गर्न आग्रह गर्दै उक्त शिक्षकलाई आफूले मासिक  सात हजार रुपैयाँ प्रदान गर्ने बिद्यालयमा आज आयोजित कार्यक्रममा उद्घोष गर्नुभयो ।
त्यस्तै सोही ठाउँ निवासी चन्द्रकला थापाले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिदिने घोषणा गर्नुभएको छ । उहाँले विद्यालयमा अध्ययनरत वालवालिकालाई पूजा गर्न सरस्वतीको मन्दिर अति आवश्यक रहेछ केही महिनाभित्रै म यस विद्यालयमा मन्दिर निर्माण गरिदिन्छु भन्नुभयो ।
सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको संयोजनमा भएको रक्तदान कार्यक्रममा स्थानीयदाताले विद्यालयलाई सहयोग गर्ने उद्घोष गरेका थिए ।

सवा दुईलाख पर्यटक आउँदा साढे सत्तरीलाख संकलन



झापाको कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको यस वर्ष २ लाख ३५ हजार ३ सय आन्तरिक तथा वाह्रय पर्यटकले अबलोकन गरेका छन् ।

यो गत वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष

२ लाख २१ हजार ३ सय ८८ जना पर्यटकले मात्रै सिमसार क्षेत्रको अवलोकन गरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका कार्यालय सचिव अमर चौहानले बताउनुभयो । चालू आर्थिक वर्ष २०७२÷०७३ को साउनदेखि वैशाखसम्म सिमसार क्षेत्र आएका पर्यटकका कारण रु ७० लाख ५९ हजार रुपैयाँ आर्थिक संकलन भएको कार्यालय सचिव चौहानले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष सो समयमा ४७ लाख ४७ हजार ७ सय ६० रुपैयाँ मात्रै आर्थिक संकलन भएको थियो ।
असुरक्षित बन्य जन्तुलाई संरक्षण गरेर राखिएको र सिमसार क्षेत्रलाई व्यवस्थित गर्दै लगिएका कारण यहाँ पर्यटक आवागमनमा वृद्धि भएको हो सामुदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो । उहाँका अनुसार सिमसार क्षेत्र २६.५४ हेक्टर क्षेत्रफलमा फैंलिएको छ । जहाँ दुर्लव बन्य जन्तु(अजिङ्गर,गिद्ध,वन हुचिल, चितल,मृग,भालू,दुम्सी, कछुवा, चरी वाघ, पानीऔत लगायत २२ प्रजाति) संरक्षण गरिएर राखिएको छ । त्यस्तै सिमसार क्षेत्रमा नौका विहार, वाल उद्यान, मृगस्थली, झोलुङ्गे पुल, आर्कषक वनभोजस्थल भएका कारण पनि यहाँ पर्यटकको संख्यामा वृद्धि भएको समूहका अध्यक्ष गिरीले बताउनुभयो ।
जामुनखाडी सामुदायिक वन ४३४ हेक्टर क्षेत्रफलमा फैंलिएको छ । जसलाई समूहले ५ वटा व्लकमा विभाजन गरेको र १ नम्वर ब्लकमा सिमसार क्षेत्र रहेको बताइएको छ । पछिल्लो समय जामुनखाडी सिमसार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय स्थालका रुपमा विकास हुँदै गएको छ ।

कोच सङ्ग्राहलय निर्माणका लागि रु ४० लाखको निःशुल्क जग्गा प्रदान


 तत्कालीन घैलाडुब्बा गाविसका प्रधानपञ्च टेकनारायण राजवंशीको स्मृतिमा उहाँका छोरा तथा नातेदारले आठ कठ्ठा जमिन निःशुल्क प्रदान गरेका छन् ।
कनकाई नगरपालिका – ९ घैलाडुब्बामा कोच सङ्ग्राहलय, सूचना केन्द्र र सभाहल निर्माणका लागि रु ४० लाख मूल्य बराबरको जग्गा कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रलाई प्रदान गरेका हुन् । स्थानीय प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा पर्यटन प्रवद्र्धन केन्द्रको स्थापना गर्दै उक्त मूल्य बराबरको जग्गा राजवंशीका छोरा तथा आफन्तले निःशुल्क प्रदान गरेका हुन् । जग्गा प्रदान गर्ने छोरा तथा नातेदारहरुमा रतनलाल, खगेन्द्रप्रसाद, प्रेमप्रसाद, राजेन्द्रप्रसाद, सूर्यप्रसाद, सीताराम, विमल, विष्णुप्रसाद र दलबहादुर राजवंशी रहेको स्थानीय समाजसेवी राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यो संगै घैलाडुब्बामा पूर्वमै ठूलो र सुविधा सम्पन्न कोच संग्राहलय निर्माण गरिने भएको छ ।

ब्लग सेयर गर्नुहोला।