Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Thursday, January 21, 2016

महारानीगञ्ज माविमा ५७ बर्षपछि जिशिअ पुग्दा...



सुरुङ्गा,झापा ७ माघ ।  चारैतिर पर्खाल । उत्तरतर्फ फर्किएको प्रवेशद्वार । प्रवेशद्वारको दुवैतर्फ लामवद्ध हातमा पुष्पगुच्छा र माला लिएर बसेका मानिस ।  गोल आकारमा केही पर खुल्ला चौरमा मिलाएर राखिएका खाली कुर्सी । हेर्दा लाग्थ्यो त्यस ठाउँमा निक्कै ठूलो कुनै उत्सव वा कुनै विशेष कार्यक्रमको आयोजना भइरहेको छ । 

तर, शनिअर्जुन नगरपालिका–९ स्थित सालवारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयमा देखिएको दृष्य अड्कल गरेभन्दा धेरै फरक थियो । २०१५ सालमा स्थानीय दाताको सहयोगमा निर्माण गरिएको सो विद्यालयमा ५७ वर्षपछि पहिलोपटक जिल्ला शिक्षा अधिकारी पुगेका थिए ।

Thursday, January 14, 2016

झापाका एक हजार दुई सय निरक्षरलाई यसवर्ष साक्षर बनाइने



सुरुङ्गा (झापा) ३० पुस । यस वर्ष झापाका एक हजार दुई सय निरक्षरलाई साक्षर बनाइने भएको छ ।
अनौपचारिक शिक्षा कार्यक्रम अन्र्तगत यस वर्ष जिल्लाका २९ वटा सामुदायिक सेवा केन्द्र मार्फत ५८ वटा कक्षा सञ्चालन गर्दै एक हजार दुई सय निरक्षरलाई साक्षर बनाउन लागिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो । गतवर्ष झापाका ५० हजार दुई सय २२ जना निरक्षरलाई साक्षर बनाइएको थियो ।
जिल्ला शिक्षा कार्यालय झापाले सञ्चालन गरेको आधारभूत साक्षरता कक्षाबाट  गत वर्ष दलित महिला तीन हजार ७ सय ९०, पुरुष ७ सय ७५, आदिवासी महिलातर्फ १८ हजार १ सय १६ , पुरुष तीन हजार ३ सय ६ र अन्य महिला २० हजार ७ सय ६५ तथा तीन हजार ५ तथा २९ जना पुरुष साक्षर भएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो । जिल्लाका कुल ५८ हजार ४ सय ४६ निरक्षर मध्ये उनीहरु गतवर्ष साक्षर भएको र यस वर्ष १२ सय निरक्षरलाई साक्षर बनाउदै साक्षरता दर ९५ प्रतिशत पु¥याइने जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो ।

Sunday, January 3, 2016

झापामा आलू उत्पालनमा वृद्धि


सुरुङ्गा (झापा) २० पुस । यस वर्ष झापामा आलूको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार गत बर्षको तुलनामा यस वर्ष शून्य दशमलब दुई प्रतिशतले आलूको उत्पादनामा वृद्धि भएको हो ।
 झापामा गत आर्थिक वर्ष २०७१ र ०७२ मा ४४ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको आलू उत्पादन भएको बताइएको छ । खेतीयोग्य जमिन मध्ये झापामा  १४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा गतवर्ष आलू खेती गरिएको र  २ लाख २१ हजार २५० मेट्रिक टन आलू उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका सूचना अधिकारी शितल भट्टराईले जानकारी दिनुभयो ।
यस वर्ष झापामा १४ हजार दुईसय हेक्टर क्षेत्रफलमा आलू खेती गरिएको  कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष आलू उत्पादनको क्षेत्रफल घटेपनि उत्पादकत्वमा भने कमी नआउने सूचना अधिकारी भट्टराईको भनाई छ । क्रव कटिङको आधारलाई हेर्दा  आलू उत्पादनमा वृद्धि भएको देखिएकाले यस वर्ष आलूको उत्पादन अनुमान गरेभन्दा बढी हुन्छ – सूचना अधिकारी भट्टराईले भन्नुभयो । आलू खेतीका लागि झापालाई आत्मनिर्भर बनाउन जिल्ला कृषि विकास कार्यालयले तोपगाछी र शान्तिनगरका कृषकलाई आलूको बीऊ अनुदान दिएको कार्यालयले जनाएको छ । उन्नत जातको आलूको बीऊ कृषकलाई  अनुदान वितरण गरेको र यस वर्ष हुस्सेका कारण आलू नमरेकाले पनि झापामा आलूको उत्पादन बढ्छ – सूचना अधिकारी भट्टराईले भन्नुभयो ।
झापामा कुफे्र ज्योति, कुफे्र सिन्दुली, टीपीएस, पीपीएस , जनकदेब तथा लोकल जातका आलू खेती हुने गरेको छ । झापाका महारानी झोडा, लखनपुर, शनिअर्जुन नगरपालिका, चारपाने, दमक, बुधबारेलगायतका क्षेत्रमा बढी आलू खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत आवश्यक नपर्ने तथा बजारमा उच्च माग भएकाले जिल्लामा व्यावसायिक आलू खेतीतर्फ कृषकको आलू खेतीमा आकर्षण बढेको छ – जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनथ तिमल्सिनाले भन्नुभयो ।
झापामा उत्पादित आलू  भण्डारणमा समस्याका कारण लामो समय नरहने हुदाँ यहाँ आलूको माग उच्च छ । मेची अञ्चलको इलाम, पाँचथर लगायतका जिल्लाबाट आलू आउने हुदाँ झापामा भारतबाट आएको आलू  कमै खपत हुने गरेको बताइएको छ । सरकारले यहाँका कृषकलाई आलूमा आत्म निर्भर बनाउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपनि झापा अझैं आलू उत्पादनमा आत्म निर्भर बन्न सकेको छैन । 

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस



सुरुङ्गा (झापा), २० पुस । पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा पर्ने मैनपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रिक्टरको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा,मोरङ,सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ ।
सो भूकम्पले भारतको पश्चिम बङ्गालको केही भूभागमा भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । रासस 

उच्च शिक्षा सुधार परियोजनाका लागि मेची अञ्चलबाट दुई वटा क्याम्पस छानिए


सुरुङ्गा(झापा) २० पुस । विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना (एचइआरपी) मा मेची अञ्चलबाट कनकाई बहुमखी क्याम्पस सुरुङ्गा र  दमक वहुमुखी क्याम्पस छनौट भएका छन् ।
 विश्व बैंकको सहयोगमा आयोगद्वारा कार्यान्वयन भइरहेको उक्त परियोजनाका लागि आयोगद्वारा गठित सुधार व्यवस्थापन समितिको निर्णय अनुसार यि दुई क्याम्पस छनौट भएको आयोगले जनाएको छ ।
कार्यसम्पादन तथा सूत्रमा आधारित अनुदानका लागि गएको साउन १९ गतेदेखि भदौ २२ गतेसम्म देशभरका सामुदायिक क्याम्पसबाट आवेदन दिन आह्वान भएकोमा १ सय २० बढी क्याम्पसले आवेदन दिएका थिए । जसमा मेची अञ्चलका दुई वटा क्याम्पस सहित देशभरका  ४५ वटा क्याम्पसहरु राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट र १५ वटा क्याम्पसहरु क्षेत्रीयस्तरको प्रतिस्पर्धाबाट छानिएका कनकाई क्याम्पस युजीसी प्रोग्राम स्याट कोअर्डिनेटर विकासप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।  मेची अञ्चलबाट कनकाई र दमक बहुमुखी क्याम्पस राष्ट्रियस्तरबाट छानिएका हुन्् उहाँले भन्नुभयो ।

त्यस्तै कोशी अञ्चलमा राष्ट्रियस्तरबाट सुकुना बहुमुखी क्याम्पस, उर्लाबारी क्याम्पस र जनता क्याम्पस इटहरी तथा क्षेत्रीयस्तरबाट बरुण बहुमुखी क्याम्पस संखुवासभा, म्याङलुङ क्याम्पस ते¥हथुम र पथरी बहुमुखी क्याम्पस छनौट भएका छन् ।
यो परियोजनाका लागि विश्व वैंकबाट नेपाललाई ६५ मिलियन अमेरिकी डलर (लगभग ६ अरब ५० करोड नेपाली रुपैयाँ) बराबरको वित्तीय सहयोग सहुलियत दरको ऋण स्वरुप उपलब्ध हुन्छ उप्रेतीले भन्नुभयो  ।  उच्च शिक्षामा प्रणालीगत÷संस्थागत सुधार; उच्च शिक्षाको गुणस्तर तथा सान्दर्भिकतामा अभिबृद्धि; गरिब तथा पिछडिएका विद्यार्थीहरुको उच्च शिक्षामा समतामूलक पहुँचका लागि वित्तीय सहायताको व्यवस्था; एवं अनुसन्धान, प्रवत्र्तन तथा प्राज्ञिक उत्कृष्टताको विकास गर्नु सन् २०२० सम्म रहने यस परियोजनाको मुख्य उद्देश्यहरु रहेका छन् ।
परियोजना लागू भएपछि क्याम्पसमा सुधार कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट प्राज्ञिक संस्थाको रुपमा क्याम्पसलाई विकास गर्न सकिने कनकाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष डिल्लीराम पौडेलले बताउनुभयो  । परियोजना अन्तर्गत गुणस्तर सुनिश्चिता तथा प्रत्यायन प्रणालीको स्थापना, परीक्षा प्रणालीमा सुधार तथा शैक्षिक क्यालेण्डर तयार गरी सो को प्रभावकारी कार्यान्वयन;  प्राज्ञिक उत्कृष्टताका लागि अनुसन्धान, विकास र प्रवत्र्तनमा सहयोग हुने कार्यक्रम सञ्चालन गरिने कनकाई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकबहादुर कार्कीले बताउनुभयो ।

महामन्त्रीद्वयकै निर्वाचन क्षेत्रमा ‘माध्यमिक विद्यालय’ छैन


सुरुङ्गा(झापा) २० पुस ।   घेरावारी र पाठामारी झापाको क्षेत्र नम्वर ३ मा पर्ने गाविस हुन् । भारतसंग सिमाना जोडिएका यि गाविस नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनको  निर्वाचन क्षेत्र भित्रै पर्छन् ।
     उप प्रधान तथा गृहमन्त्रीको जिम्वेवारीसमेत वहन गरिसक्नु भएका  सिटौला दोस्रो संविधान सभाको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो ।  लिङ्देन पनि यही निर्वाचन क्षेत्रमा सिटौलासंग पराजित हुनुभयो ।  तर, सिटौला निर्वाचित भएकै क्षेत्रमा पर्ने घेरावारी र पाठामारीमा अहिलेसम्म पनि माध्यमिक विद्यालय सञ्चालनमा आउन सकेको छैन । जसका कारण यहाँका धेरै वालवालिका निम्न माध्यमिकसम्मको अध्ययन पुरा गरिसकेपछि पढाई छाड्न बाध्य छन् ।

 आदिवासी जनजाति समुदायको  वाहुल्यता रहेको यि गाविसमा रहेका केही वालवालिका निम्न माध्यमिकसम्मको पढाई पुरा गरेपछि छिमेकी गाविसमा रहेका विद्यालयमा पढ्न जाने गरेका छन् भने कोहीले बीचैमा पढाई छाड्ने गरेका छन् । केही टाठा वाठाका छोराछोरी भने नजिकै खुलेका निजी विद्यालय अनि केही भारत रहेका विद्यालयसम्म अध्ययनका लागि जाने गरेका छन् ।  विकासका दृष्टिकोणले समेतपछि परेका यि गाविसका वालवालिका आफ्नै ठाउँमा मावि र उच्च मावि नहुँदा साइकलमा एक घण्टासम्मको बाटो धाएर छिमेकी गाविसमा रहेका  विद्यालयमा अध्ययनका लागि जाने गरेको बताउनुहुन्छ घेरावारी निवासी लक्ष्मीनारायण यादव ।
पथरीया स्रोत केन्द्र अन्र्तगत पर्ने घेरावारीमा एउटामात्र निम्न माध्यमिक विद्यालय र चारवटा प्राथमिक विद्यालय छन् । घेरावारीको पथरियामा वुद्ध निवावि रहेको छ भने वाँकी चारवटा लक्ष्मी, शहिद गंगालाल , नवदुर्गा र वसन्त प्रावि  छन् । त्यस्तै पृथ्वीनगर स्रोत केन्द्र अन्र्तगत पर्ने पाठामारीमा पनि एक निमावि र चारवटा प्रावि छन् । जानकी निमावि हो भने पशुपति, श्री , वुद्ध र देवी पनि प्राथमिक विद्यालय हुन् । यिनै विद्यालयमा अध्ययनरत केही वालवालिका निम्न माध्यमिक तहको अध्ययन पुरा गरेपछि केहीले विद्यालय छड्छन् त केहीले  एक घण्टासम्म साइकलमा धाएर राजगढ तथा वगानमा रहेका माध्यमिक विद्यालयमा अध्ययनका लागि जाने गरेका छन्  स्थानीयवासी माधव खनालले भन्नुभयो ।
जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टका अनुसार चालू  आर्थिक वर्ष २०७२÷०७३ मा घेरावारीमा रहेका वुद्ध निमाविमा १६८,लक्ष्मी प्राविमा ११०, शहिद गंगालालमा १३९ , नवदुर्गामा ६५ र वसन्त प्राविमा १२९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यस्तै पाठामारीमा रहेका पशुपति प्राविमा १३६, श्रीप्राविमा १२९, वुद्ध प्राविमा १०८ देवी प्राविमा ३५ र जानकी निमावीमा २०७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

ब्लग सेयर गर्नुहोला।