सुरुङ्गा (झापा) २८ भदौ । रु १० करोड रुपैयाँको लागतमा झापाको कनकाई नगरपालिका अन्र्तगत पर्ने कोटीहोममा निर्माण सुरु भएको कर्मयोग भवन(काजक्रिया गर्ने थलो) को निर्माण कार्यले तीव्रता पाएको छ ।
एक दिनको समय र केही रकम समुदायका लागि भन्ने अवधारणा अनुरुप सञ्चालित समर्पण राष्ट्रिय अभियानबाट संकलन भएको रकमको लगानीमा कर्मयोग भवन निर्माण कार्य सुरु गरिएको र अहिले त्यसले तीव्रता पाएको भवन निर्माण समितिका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
कर्मयोग भवन निर्माण स्थलमा आज पत्रकार भेटघाटको आयोजना गरी भवन निर्माण सम्वन्धी जानकारी दिदै अध्यक्ष गिरीले झापाका ६८ वटा संघ संस्थाका प्रतिनिधिको प्रत्यक्ष सहभागीतामा भवनको निर्माण कार्य सुरु गरिएको र आज उक्त भवनको छत ढलाई समेत गरिएको बताउनुभयो । छत ढलान कार्यको उद्घाटन प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले गर्नुभयो ।
भवन निर्माणको छत ढलाई उद्घाटन गर्नुअघि भएको कार्यक्रममा बोल्दै निर्माण समिति संयोजक गिरीले भवनको पहिलो तला निर्माण सम्पन्न गर्न तीन करोड रुपैयाँ लाग्ने बताउनुभयो । उहाँले भवन आधुनिक र सुविधा सम्पन्न हुन्छ भन्नुभयो ।
गत बैशाख २६ गते कनकाई माई कोटीहोममा पहिलो पटक कनकाई संरक्षण अभियान स्वरुप समर्पण राष्ट्रिय अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमा जनही दुई हजार रुपैयाँ समर्पण गरेर पाँच हजार चार सय २१ जनाले सहभागिता जनाउदै कर्मयोग भवन बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।