Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Sunday, June 14, 2015

अर्नाको आक्रमणबाट एकको मृत्यु, चार घाइते



सुरुङ्गा (झापा), ३२ जेठ । जङ्गली अर्नाको आक्रमणबाट आज बिहान झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चारआलीको जङ्गलबाट निस्किएको अर्नाले आक्रमण गर्दा विर्तामोड नगरपालिका–९ निवासी १८ वर्षीय बोलु सतारको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।


अर्नाको आक्रमणबाट ५८ वर्षीय केरकेरु राजवंशी, ६० वर्षीया ललिता राजवंशी, उनकै छोरी ३० वर्षीया पूर्णिमा राजवंशी, सतार र गरामनी–७ निवासी दीपक चम्लगाईं घाइते भएको भएका छन् । घाइते चार जनाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना न्यूनीकरणका लागि बिर्तामोडमा ट्राफिक सचेतना


सुरुङ्गा (झापा) ३१ जेठ । पैदल यात्रीलाई जेब्रा क्रसिङबाट मात्र बाटो काट्न, सवारी चालकलाई सिट बेल्ट बाँध्न, मोटरसाईकल चालकलाई हेलमेटको क्लिप लगाउन,सवारी चलाउँदा आवश्यक कागजात बोक्न अनुरोध गर्दै झापाको बिर्तामोडमा ‘टिम रिभोलुशन’का पदाधिकारीले आज सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग सहकार्य गर्दै ‘टिम रिभोलुशन’का पदाधिकारीले आज विहान झण्डै ४ घण्टा सचेतना कार्यक्रम सञ्चालन गरे ।

झापामा ३९ करोड रुपैयाँको अदुवा उत्पादन



सुरुङ्गा (झापा)३१ जेठ । अदुवा बिक्रीबाट झापामा यस आर्थिक बर्षमा ३९ करोड ५६ लाख ७५ हजार रुपैयाँ भित्रिएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार ४ हजार ६ सय ५५ मेट्रिकटन अदुवा निर्यात भएसंगै उक्त रकम भित्रिएको हो ।
 जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा कृषकले उत्पादन गरेको अदुवा पूर्वी नाका काँकरभिट्टा हुँदै भारत निर्यात भएसंगै अदुवा बिक्रीबाट ३९ करोड रुपैयाँ नेपाल भित्रिएको जिल्ला कृषि बिकास कार्यालय झापाका सूचना अधिकारी शालीकराम भट्टराईले जानकारी दिनुभयो ।

Monday, June 1, 2015

झापामा बढ्दो यौन हिंसा



सुरुङ्गा(झापा) १८ जेठ ।  बालिका बलात्कारको आरोपमा पक्राउ परेका कृष्ण प्रणामी मन्दिर माइधारका सञ्चालक मोहनानन्द सुवेदीको घटना सेलाउन नपाउदै झापामा आफ्नै वावुले १२ वर्षीया छोरीलाई बलात्कार गर्ने गरेको  घटना आज सार्वजनिक भएको छ ।
श्रीमती वैदेसिक रोजगारीको सिलसिलामा तीन वर्ष अगाडि कुवेत गएसंगै गरामनी –९ निवासी राई थरका एक व्यक्तिले आफ्नै छोरीलाई जवरजस्ती करणी गर्ने गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा आज उजुरी परेसंगै घटना सार्वजनिक भएको हो ।
कुवेत गएकी आमा घर फर्किए लगत्तै घटनाका वारेमा पीडित बालिकाले आमालाई सुनाएपछि राईले तीन दिन अघि आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिने प्रयाससमेत गरेको प्रहरीले जनाएको छ । राई झुण्डिने क्रममा गाउँलेले देखेपछि डोरी काटेर उनको उद्धार गरिएको बताइएको छ । गाउँलेले उनलाई उद्धार गरेपनि आफ्नो कर्तुत छल्न उनी फरार भएको स्थानीयबासीको आरोप छ ।

अब न्यूरो सम्वन्धी सम्पूर्ण उपचार बिर्तामोडमा नै हुने


सुरुङ्गा (झापा) १८ जेठ ।  न्यूरो सम्वन्धी सम्पूर्ण उपचारका लागि अब मेची अञ्चलवासीले अन्यत्र जानु नपर्ने भएको छ ।
मेची अञ्चलमा नै पहिलो पटक पाँच अर्ब रुपैयाँको लागतमा गत फागुनबाट सञ्चालनमा आएको सात सय  शैयाको  ‘बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’बिर्तामोडले न्यूरो सर्जरी सेवा सुरु गरेसंगै अञ्चलवासीले उपचारका लागि अन्यत्र जानु नपर्ने भएको हो । निजीस्तरको नेपालकै ठूलो र सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालनमा आएको उक्त अस्पतालले पहिलो पटक झापा खुदुनाबारी–१ निवासी ८५ वर्षीय कृष्णप्रसाद ढुङ्गेलको टाउकोको जटिल शल्यक्रिया गर्दै न्यूरो सर्जरी सम्वन्धी सेवा आजबाट सुचारु गरेको अस्पतालका  कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।


अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूले ढुङ्गेलको टाउकाको सफल शल्यक्रिया गर्नुभएको आज अस्पताल प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । ८५ वर्षीय ढुङ्गेलको हड्डीमा प्वाल पारेर टाउकोभित्र जमेको रगत निकालिएको बताइएको छ ।

गौशाला निर्माणका लागि मन्दिरलाई गाई प्रदान

 
सुरुङ्गा(झापा) १८ जेठ । दक्षिणी झापाको राजगढ–३ मा रहेको दक्षिणेश्वर शिवालय मन्दिरमा गौशाला सञ्चालानर्थ एक दाताले गाई प्रदान गर्नुभएको छ ।
शिवालय मन्दिरमा आज आयोजित एक समारोहकाबीच विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकाटीले मन्दिरमा गौशाला सञ्चालानर्थ गाई प्रदान गर्नुभएको हो ।
  महर्शी वैदिक फाउण्डेशनका राष्ट्रिय कुलपति पुष्पलाल निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै दाता शिवाकोटीले हिन्दू संस्कारमा गाईको महत्व आमा समान भएकाले गौ संरक्षण गरिनुपर्छ भन्दै मन्दिरलाई आफूले गाई दिएको बताउनुभयो ।

ब्लग सेयर गर्नुहोला।