Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Tuesday, April 7, 2015

विद्युत विस्तारसंगै गाउँमा खुशीछायो


बिर्तामोड,चैत २४ । तीन वर्ष अगाडि किनेको सोलार विग्रिएर फेर्ने सोचमा थिएँ, घर अगाडि बिजुली बत्तीको तार टाँगिएपछि सोच परिवर्तन गरें’ राजगढ– ३ निवासी सुशीला घिमिरेले भनिन् – ‘२३ हजार खर्चिएर ल्याएको सोलर मधुरो बल्न थाल्यो । दुईपटक पानी फेरिसकेँ ,चर्को घाम लाग्दा मात्र उज्यालो दिन्छ, केटाकेटीलाई पढ्न समस्या भएपछि सोलार फेर्न पैसाको जोहो गर्दै थिएँ अब त्यो परेन’ हँसिली हुँदै सुशीलाले भनिन् । त्यसो त राजगढ – ३ तीलबारीका खड्ग बस्नेत पनि सोलार जोड्ने तरखरमा थिए । मेलापात गरेर जोडजाम गरको पैसाले उज्यालोमा बस्ने सोच उनमा पनि आयो ।

तर, ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत मनकामना सामुदायिक वन राजगढले सञ्चालन गरेको  विद्युत विस्तारको कार्यक्रम सुचारु गरिएसँगै बस्नेतमा आएको सोच परिवर्तन भयो । धेरै रकम खर्चेर सोलार किन्नुभन्दा घर अगाडि आएको विद्युत उपभोग गर्दा पैसासमेत बाच्ने भएपछि उनी अहिले घरमा वाइरिङ गराउन व्यस्त छन् ।  बस्नेत र घिमिरेमात्र होइनन् राजगढका  २, ३, ४, ५ र ६ नम्बर वडाका अधिकांश स्थानीय वासी सामुदायिक विद्युतीकरण कार्यक्रमप्रति औधि खुशी छन् यतिवेला । त्यस्तै राजगढ– ३ कै सृजना घिमिरेपनि विद्युत विस्तारसंगै खुशी छिन् ।

Monday, April 6, 2015

छत भिजाउदा ज्यान गयो


बिर्तामोड,चैत २३ । झापाको कनकाई नगरपालिकामा आज अपरान्ह करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका – १ निवासी ३७ वर्षीय देवीप्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरको छतमा मोटरबाट पानी लगाउने क्रममा अधिकारीलाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर  दुई तलामाथिबाट झरेका अधिकारीको उपचारार्थ  बीर्तासीटी अस्पताल बिर्तामोड ल्याउने क्रममा बाटामा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।

मौरी चरणमा समस्या भएको कृषकको गुनासो

  
सुरुङ्गा (झापा) २३ । झापाका मौरी पालक कृषकले मौरी चरणमा समस्या भएको बताएका छन् । भद्रपुरस्थित कलवलगुढीमा आज आयोजित ६ दिवसीय मौरी पालन तालिमको समापन समारोहमा सहभागी कृषकले यस्तो बताएका हुन् ।
व्यवसायिक कीट विकास निर्देशनालय हरिहरभवनले आयोजना गरेको तालिममा झापाका ३७ र उदयपुरका २० जना मौरी पलक कृषक सहभागी थिए । सहभागी मध्ये अधिकांशले मौरी चरणमा समस्या भएको बताएका थिए ।
तालिममा सहभागी मध्ये सतासी महिला मौरी पालक सहकारी संस्थाकी व्यवस्थापक देवीमाया दाहालले मौरी चराउन ठाउँको अभाव भएको र मौरी चराउन ढुवानीका लागि सरकारले सहुलियत दरमा ऋण उपलव्ध र सवारी साधनको व्यवस्था गर्न माग गर्नुभयो ।
त्यस्तै दाहालसंगै मोहन तिम्सिना र धनमाया थापाले समेत मौरी चरनमा समस्या भएकाले कृषकका लागि सरकारले सहयोग गर्नु पर्ने बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय झापाको संयोजनामा भएको कार्यक्रममा व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले सरकारको कृषि विकासका लागि नयाँ योजना भएको बताउनुभएको थियो ।


Sunday, April 5, 2015

एक सातादेखि राजगढमा विद्युतसेवा अवरुद्ध


सुरुङ्गा (झापां २२ चैत ।  ट्रान्सफर्मर बिग्रिएर समयमा मर्मत नगरिदा दक्षिणी झापाको राजगढ गाविसका स्थानीयबासी एक सातादेखि अन्धकारमा बस्न वाध्य छन् ।
राजगढ– ६ स्थित नयाँ वजारमा राखिएको ट्रान्सफर्मर गत आइतवार बिग्रिएको राजगढ वजार व्यवस्थापन समितिका सचिव प्रेमवहादुर घिमिरेले जानकारी दिनुभयो ।


 घिमिरेका अनुसार समयमा टान्सफर्मर मर्मतको माग गर्दै विद्युत प्राधिकरण अनारमनीलाई जानकारी गराएपनि एक सातासम्म ट्रान्र्फमर मर्मत नगर्दा राजगढवासी अन्धकारमा बस्न बाध्यछन् ।
विद्युत नहाँदा सवैभन्दा वढी विद्यार्थी मारमा परेको पशुपति उच्च मावि राजगढका पूर्व प्राचार्य नन्दकुमार कुवरले जानकारी दिनुभयो । वार्षिक परीक्षा दिइरहेका विद्यार्थी विुद्युत नहुँदा टुकी वालेर पढ्ने गरेको र आहिले हावा हुरीको समय भएकाले आगलागीको जोखिम समेत बढेर गएको कुवरको भनाई छ ।


रुद्र–गौरी,श्री–अम्बिका ओली पतिष्ठानद्वारा वस्नेत,कुँवर,शर्मा र श्रेष्ठ पुरस्कृत हुँदै



सुरुङ्गा (झापा) २२ चैत ।  रुद्र–गौरी,श्री–अम्बिका ओली प्रतिष्ठान झापाले विभिन्न विधामा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष वैशाक २५ गते झापाबाटै बितरण गर्ने भएको छ ।
ओली परिवारले आफ्ना पितृहरुको सम्झनामा २०६७ सालमा स्थापना गरेको उक्त पुरस्कार भिन्दा भिन्दै चारवटा विधामा हरेक वर्ष वितरण गरिने गरिएको छ । जस अन्र्तगत यसवर्षको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार काठमाडौं निवासी  भोलामान वस्नेतलाई प्रदान गरिने भएको छ । उहाँलाई नेपालमा धानबाली उत्पादन तथा वृद्धिमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गर्न लागिएको प्रतिष्ठानका कोषाध्यक्ष नारायणप्रसाद ओलीले जानकारी दिनुभयो ।

Saturday, April 4, 2015

सीके राउत झापाको राजगढबाट आज अपरान्ह पक्राउ


राजगढ,चैत २१ ।  राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिने सीके राउत आज झापाको राजगढबाट पक्राउ परेका छन् ।
राजगढमा आयोजित समारोहलाई सम्वोधन गर्न पुगेका उनी आज अपरान्ह ३ बजे राजगढबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिँदै हिडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो ।
राउतलाई नियन्त्रणमा लिने क्रममा सीके राउत वचाउ अभियानका कार्यकताले प्रहरीलाई ढुङ्गामुढा गरेका थिए । सीके राउतका कार्यकर्ताको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलसहित एक जना प्रहरी हवल्दार र एक जना प्रहरी जवान घाइते भएका छन् ।
यता पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी राउतका कार्यकर्ता बोक्ने मोरङ्को पथरीस्थित त्रिव तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एम्वुलेन्स सहित ६ जना कार्यकर्ता इलाका प्रहरी कार्यालय घैलाडुव्वाले नियत्रणमा लिएको छ ।



को १ च ५५२२ नम्वरको  एम्वुलेन्समा कार्यकर्ता लिएर राजगढ तर्फ जाँदै गरेको एम्वुलेन्स प्रहरीले घैलाडुव्वा बाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको एम्वुलेन्स र सबै कार्यकर्तालाई   इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । 

ब्लग सेयर गर्नुहोला।